दंगीशरणमा विपदको अवस्था सम्बोधनकालागि समन्वय बैठक

प्रमोद आचार्य

दंगीशरण,११ साउन । दंगीशरण गाउँपालिकामा विपदको अवस्था सम्वोधन गर्नका लागि समन्वय बैठक सम्पन्न भएको छ । महिला एकता सामुदायिक सस्थाको आयोजना तथा ओरेक नेपाल र दंगीशरण गाउँपालिका बिपत शाखाको सहकार्यमा ‘मेरो अवस्था, मेरो नेतृत्व’ भन्ने नाराका साथ विपदको अवस्था सम्बोधनका लागी समन्वय बैठक भएको हो ।

समन्वय बैठक महिला एकता सामुदायिक सस्थाकी अध्यक्ष बिजया चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सम्भु गिरीको प्रमुख आथित्यता एवं गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको बिशिस्ट आथित्यतामा भएको हो । बैठकमा बोल्दै पालिका अध्यक्ष शम्भु गिरीले बिपत ब्यबस्थापन उद्दार र राहात प्रक्रियालाइ ब्यबस्थित तवरले लैजान सोहीस् खालको सयन्त्र तयारी अवस्थामा राख्न बिपत शाखालार्इ निर्देशन दिएका थिए ।

बिपत कुनै जानकारी र सूचना दिदै नआउने भएकाले बिपत पछीको क्षति कम गर्न सबै खालको सयन्त्र तयारी अवस्थामा राख्नुपर्ने बताए । बैठकको उद्देश्य तथा बिषयबस्तुमाथि प्रकाश पार्दै सस्थाकी कल्पना चौधरीले बिपत ब्यबस्थापन समिति र स्थानीय सरोकारवालाहरु संघ समन्वय तथा सहकार्य गर्ने र नितीगत ब्यबस्थापन कार्यान्वयनको अबस्था बारे जानकारी लिन पनि बिपत समन्वय बैठकको आयोजना गरिएको थियो । बैठकमा कार्यपालिक सदस्य, वडा अध्यक्ष विभिन्न राजनैतिक दलका प्रतिनिधि कर्मचारीलगायतको सहभागीता रहेको थियो ।