दाङ, ७ साउन । रोटरी क्लब अफ दाङ र पन्त ग्लोबल कन्सल्ट्यान्सीको संयुक्त आयोजना, नेपाली सेना रणसिंहदल गण घोराहीको संरक्षणत्व रहने गरि आइतबार घोराहीको बिभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र वृक्षारोपण पार्टनर तथा रिलायबल लाईफ ईन्स्यूरेन्स कम्पनी लिको सहयोगमा घोराहीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो । नेपाली सेना रणसिंहदल गण भरतपुर घोराहीमा करिब १०० बढी बिभिन्न जातका फलफुल बिरुवा रोपण गरि सुरु गरिएको कार्यक्रम लगतै घोराही क्रिकेट रंगशालामा जालीसहितको १० र अन्य १० वटा फुलहरुको बिरुवा रोपिएको थियो ।
त्यसैगरी अन्तमा सिद्नाथ मठ चौघेरा दांङमा धार्मिक प्रजातिका बिशेस गरि २० वटा बेल, तेजपत्तालगायत करिब ५० वटा फुलहरु रोपेर वृक्षारोपण कार्यक्रम भब्य र सब्य रुपमा रोपिएको छ ।नेपाली सेना रणसिंह दल गण भरतपुरमा औपचारिक कार्यक्रमको आयोजना गरि कार्यक्रम सुरु गरिएको थियो, रोटरी क्लब अफ दाङका अध्यक्ष प्रदीप मजगैयाँको अध्यक्षता तथा रणसिंह दल गणका प्रमुख सेनानी रविन्द्र महर्जनको प्रमुख आतिथ्यस्तामा भएको कार्यक्रमको स्वागत र कार्यक्रम बारे पन्त ग्लोबल कन्सल्ट्यान्सीका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र पन्तले गर्नु भएको थियो।
कार्यक्रममा रणसिंह दल गणका प्रमुख सेनानी रविन्द्र महर्जन, पन्त ग्लोबल कन्सल्ट्यान्सी का प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र पन्त, रोटरी क्लब अफ दांङका अध्यक्ष प्रदीप मजगैयाँ, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष निर्माला गौतम, लुम्बिनी प्रदेश छनोट समिति संयोजक कैलास रोका, रिलायबल लाईफ ईन्स्यूरेन्स लि दांङ शाखाका प्रमुख सन्तोष गौतम,रोटरी क्लब अफ दाङका पुर्ब अध्यक्ष सनत श्रेष्ठ, गजेन्द्र बर्मा, रोशन दाहाल, श्रीधरपोख्रेल, रामप्रसाद पोख्रेल, इश्वर बस्नेत, संजु केसी, रणसिंहदल गणका सेनानी डम्बर लामिछाने, लुकबहादुर केसी, बलदेव योगी, नेपाली सेनाका अन्य अधिकृत तथा जवानहरु, रोटरियन, सिद्नाथ मन्दिरका पदाधिकारी तथा पुजारीहरुको व्यापक सहभागिता रहेको थियो।