वीपीको सिद्धान्त कार्यान्वयन भएन

गोरक्ष समाचारदाता
दाङ, ६ साउन । वीपीको सिद्धान्त व्यावहारिक रूपमा कार्यान्वयन हुन नसकेको कार्यक्रमका वक्ताहरूले बताएका छन् । प्रजातान्त्रिक विचार समाज दाङले ४१औँ वीपी स्मृति दिवसमा शुक्रवार घोराहीमा गरेको ‘समाजवाद र वर्तमान अवस्था विषयक विचार गोष्ठीका सहभागीले यस्तो बताएका हुन् ।

उनीहरूले वीपीलेको सिद्धान्त कार्यान्वय गर्न आफैबाट सुरु गर्नुपर्ने जोड समेत दिए । वीपी नेपाली कांग्रेसका मात्र नभई सबैका साझा नेता रहेको सहभागीले बताए । कार्यक्रममा प्रमुख वक्ता प्राडा विनबहादुर सिंह वलीले वीपी कोइरालाको सिद्धान्तका बारेमा नागरिकलाई बुझाउन नसकिएको बताए । वीपी राष्ट्रवादी नेता रहेको समेत उनले बताए । ‘नेपाली कांग्रेसले मात्र नभई अन्य पार्टीले पनि वीपीका विचार मान्ने गर्नुभएको छ’, उनले भने, ‘गरिबलाई माथि उठाउने, देशमा उत्पादन बढाउने र आर्थिक स्थिति सुधार गर्ने नै वीपीको प्राथमिकता थियो ।’

उनले देशमा सुशासन कायम हुन सकेको अवस्था भएको बताए । नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले वीपीको सिद्धान्त देश, जनता, गरिबप्रति लक्षित रहेको बताए । वीपीको बारेमा बुझ्न चिन्तन र बुभ्mने प्रयास गर्नु पर्ने उनले बताए । वीपीको बारेमा बुझ्न नसक्दा समस्या भएको उनको बताए । ‘कांग्रेसलाई बुभ्mन वीपीलाई बुभ्mन जरुरी छ’, उनले भने । पार्टीभन्दा मार्थि कोही हुन नसक्ने भन्दै पार्टीको विधि प्रक्रियाअनुसार अगाडि बढ्नु पर्ने उनले बताए । पार्टीभन्दा माथि व्यक्ति हुन खोज्दा केही समस्या हुने गरेको उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्का, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पुष्पा श्रेष्ठ, महिला सङ्घ दाङका अध्यक्ष गोमा रावत, महिला नेतृ बिमला योगी, नेपाली कांग्रेस दाङ क्षेत्र २ (१) का सभापति प्रकाश श्रेष्ठ, नेपाली काग्रेस घोराही उपमहानगरपालिका सभापति तिलक रावत, प्रजातान्त्रिक विचार समाज दाङका संस्थापक अध्यक्ष किशोर पोख्रेल, समाजका निवर्तमान अध्यक्ष गोविन्दप्रसाद न्यौपाने, समाजका सल्लाहकार केशव पोख्रेल, अधिवक्ता किरण पौडेल, इन्जिनियर प्रज्ज्वल आचार्य, नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष कुलराज पोख्रेल, नवराज श्रेष्ठ, सहप्राध्यापक रामप्रसाद भट्टराई, सुबोध रेग्मी, गोविन्द पौडेल, डा हिमलाल पन्थीलगायतले विचार राखेका थिए । कार्यक्रम समाजका अध्यक्ष प्रेम शाहको अध्यक्षतामा भएको थियो ।

समाजका उपाध्यक्ष रेशमराज गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव केदार पाठकले गरेका थिए ।

कोहुन वीपी ?

वीपी कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन् । सन् १९४९ देखि सन् १९६० सम्म । उनले नेपालमा प्रजातन्त्र स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । नेपाली भाषा साहित्य र मनोवैज्ञानिक कथामा उनको राम्रो दख्खल थियो । बुवाको नाम कृष्णप्रसाद कोइराला हो । कोइराला परिवार नेपालमा प्रजातान्त्रिक एवम् गणतान्त्रिक व्यवस्थाको स्थापनाका लागि चर्चित राजनीतिक परिवार हो ।

वीपी कोइरालाको विवाह सुशीला कोइरालासँग भएको थियो । भारतको स्वतन्त्रता आन्दोलनबाट वीपी कोइरालाको राजनीतिक यात्रा सुरु भएको थियो । आन्दोलनमा लागेकै कारण विसं १९८६ मा तत्कालीन बेलायती सरकारले तीन महिना जेल हालेको थियो । दोस्रो विश्वयुद्धको समयमा उनलाई बेलायती सरकारले जबर्जस्त रूपमा सैनिकमा भर्ना गराएको थियो । त्यहाबाट छुटेपछि उनले विसं २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेका थिए । जुन पछि गएर नेपाली कांग्रेसमा रूपान्तरित भयो ।

विसं २००३ सालमै उनलाई बिराटनगर जुट मिलमा आन्दोलनको नेतृत्व गरेको अभियोगमा नेपाल सरकारले उनलाई जेल हालेको थियो । विसं २००७ सालमा भने उनले सैनिक शासनको अन्त्यका लागि सैनिक सङ्घर्ष सुरु गरेका थिए । सोही वर्ष राणा शासनको अन्त भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो । त्यसपछि मोहन शमशेरको नेतृत्वमा नयाँ सरकार बन्यो । त्यो सरकारमा कोइराला गृहमन्त्री बनेका थिए ।

नेपाली राष्ट्रिय कांग्रेस विसं २००६ सालमा नेपाली कांग्रेस बनेको थियो । राजा महेन्द्रले विसं २०१५ सालमा स्वतन्त्र संसदीय निर्वाचन बनाउन सक्षम बनाउने संविधान विसं २०१२ साल फागुन १ मा घोषणा गरेका थिए । विसं २०१५ सालमा भएको आम निर्वाचनमा उनले नेतृत्व गरेको नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो । जम्मा १०९ सिटमा कांग्रेसले ७४ सिट ल्याएपछि वीपी कोइराला प्रधानमन्त्री बनेका थिए । उनको नेतृत्वको सरकार १८ महिनामात्र चलेको थियो । उनी नेपालको २२औँ प्रधानमन्त्री हुन् ।

प्रधानमन्त्रीकालमा उनले संयुक्त राष्ट्रसङ्घ, भारत र चीनको मैत्रीपूर्ण भ्रमण गरेका थिए । विसं २०१७ साल पुस १ मा राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरी नेपालको तत्कालीन संविधान, सरकार र कोइराला नेतृत्वको सरकार भङ्ग गरेका थिए । त्यसपछि उनलाई कैद गरिएको थियो र कुनै मुद्दाबिना नै ८ वर्ष कैदमा राखिएको थियो । विसं २०२४ मा उनलाई वनारस निर्वासमा जान दिइएको थियो । विसं २०३२ सालमा उनी नेपाल फर्के तर तत्कालीन नेपाल सरकारले देशद्रोहको अभियोगमा कैद गरेको थियो ।

विसं २०३६ सालको आन्दोलनमा उनलाई आफ्नै निवासमा नजरबन्द गरेर राखिएको थियो । वीपी कोइरालाका थुप्रै साहित्यिक योगदानहरू छन् । उनले तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदी आइन, हिटलर र यहुदी तथा बावु आमा र छोरा उपन्यास लेखेका थिए । उनले दोषी चस्मा र स्वेत भैरवी कथा लेखे अनि आफ्नो कथा र जेल जर्नल जीवनी पनि लेखेर नेपाली साहित्यमा आफ्नो नाम स्थापित गरेका छन् । कोइरालाको निधन २०३९ साउन ६ गते भएको थियो