बाबुआमाको योगदान (कथा)
गोपाल भुसाल‘अभिलाषी’÷
हेर जेठा तेरा बालबच्चा धेरै छन् । भाइबुहारीले इष्र्या गरे जस्तो लाग्छ । देउरानी–जेठानी बिच खटपट सुन्नमा आएको छ । घर भाडिनुभन्दा आ–आफ्नो गरी खानेतिर सोच्नुपर्छ कि ? फर्सारामले आत्मारामसँग सुटुक्क कुरो राखे ।
यी भाइबुहारीले पनि मेरै छोराछोरीको खेदो खन्दा रहेछन् । यो गृहस्थीमा कसले कति मेहेनत दुःखकष्ट गरेको छ । कसरी इमान, जमान, इज्जतका साथ यो धनजमिन स्थिर र वृद्धि भएको हो ? पछि आउनेलाई के थाहा ? बडो ! मिलेर बसेको परिवारलाई भाड्न खोज्ने ? एकछिन त आत्मारामको कम्पारो तातेर आयो । भाइबुहारीलाई सामुन्य राखेर घरको इतिहास सुनाउँदै हपारु जस्तो लाग्यो तर आफूभन्दा साना परे । घोरिएर धैर्य गरे ।
छ महिना पछि जेठा र कान्छाको गुड छुट्टै बन्यो । बाबुआमाले कान्छासँग बस्ने इच्छा जाहिर गरे । भएको नगदी–निमी । खेत खोरिया, लालाबाला बाँडियो । बाबुआमाको हातबाट तितमी हुनमुनेको मानो चामल छुट्याएर आफ्नो गुँडमा लगियो ।
जेठाको परिवारमा आर्थिक सङ्कट छायो । गुरु ! पैसाको धेरै अभाव भयो । छोराछोरी पढाउन कठिन भयो, फिसमाफ गरिदिनु हुन्थ्यो कि ? विन्ति गर्न आएकी छु । हुमाले विद्यालयका प्रधानाध्यापकको दैलो चहारिन । आर्थिक स्थिति कमजोर भएका र राम्रो पढाइ भएका जेहेन्दार, प्रतिभाशाली विद्यार्थीको लागि मात्र केही कोटा हुन्छ । तिम्रो छोरो बुद्धिराम मेहेनती छ । शीलस्वभावको छ । एकजनाको लागि प्रयत्न गरौला । प्रधानाध्यापकले आस्वासन दिइ हुमालाई पठाए ।
चिन्ता नगर हुमा ! सत्कर्म गर्नेलाई ईश्वरले पु¥याउछन् भन्छन् । केही जुगार(उपाय) लागि हाल्ला । आत्मरामले आर्थिक सङ्कटसँग युद्ध गर्नैपर्ने भएपनि हार खाएनन् । भोली छोराछोरीले पढ्छन् । ठूला हुन्छन्, जागिर खान्छन्, कमाउछन् । अनि हाम्रो पनि त सुखको दिन आउला भन्ने सुन्दर भविष्यको आशा–सपना लिएर हुमालाई सम्झाए । दुहुनो गाई, भैँसी, बाख्रापालनमा जोड दिएर आर्थिक सङ्कट टार्ने सोच अघि बढाए ।
जेठो छोरो बुद्धिरामले ढ।क्।ऋ पूरा भई । त्यो भन्दा उच्चशिक्षा पढ्न सहरमै पस्नु पर्ने तत्कालीन बाध्यता थियो । सहरको आर्थिक भार खोज्न पनि अध्ययन वर्गीय परिवारको लागि कम चुनौती थिएन । हेर बाबु ! अब जागिर खोज्नतिर लाग्नुपर्छ । जागिर खाँदै पढ्दै गरौला । बाबुले छोरासँग प्रस्ताव राखे ।
साना बुवा ! जागिर खानलाई के–के गर्नुपर्छ । बुद्धिरामले जागिर खाने गाउँकै काकालाई सोध्छ ।
जागिर खाने बुद्धिराम ?
बुवाले जागिर खाँदै पढ्दै गर्ने भन्नुहुन्छ ।
हो ! सहरमा बतै खुल्यो भने म तिमीलाई थाहा दिउला है त ।
सूचना ! वा कार्यालयको लागि १५ जना वन निरीक्षकको आवश्यकता परेकोले यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र ढ।क्।ऋ गरेका व्यक्तिले नागरिकता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र राखि निवेदन दिनुहोला । अन्तर्वाता निवेदन दिने म्याद नाघेको ३ दिन पछि लिइने छ ।
रेडियो नेपालको सूचना बुद्धिरामको कानमा पर्छ । अर्को दिन सम्बन्धित कार्यालयमा गई निवेदन दर्ता गराउछ । अन्तर्वाता पछि उसको नाम तेस्रो नम्बरमा निक्लन्छ । बुद्धिराम दङ्ग पर्छ । अर्को एक हप्तापछि नियुक्तिपत्र, सामान्य तालिम निर्देशन र सफत ग्रहण पछि बुद्धिराम आफ्नो कार्य क्षेत्रतर्फ प्रस्थान गर्छ । बुद्धिरामले जागिर पाएको सुनेपछि आत्माराम र हुमाले पनि आफ्ना सजिला दिन आउन थालेको छलक पाउँछन् ।
यता बसौ सर ! (घुम्ने कुर्सीतिर सङ्केत गर्दै) कार्यालयको मुखियाले बुद्धिरामलाई फुलको गुच्छा सहित स्वागत गर्दै कार्यालयको रजिष्टरमा हाजिर गराउछन् । उहाँ हाम्रो वन निरीक्षक हुनुहुन्छ (रेन्जर) नयाँ नियुक्ति लिएर आउनुभएको सबै स्टाफले नमस्कार गर्छन् । आपसमा सबैको परिचय हुन्छ । कार्यालयको कामको गतिविधि, अब कुन मोडमा जान्छ नयाँ हाकिमको निर्देशन सुन्न सबै लालालित देखिन्छन् ।
यस कार्यालयका सहकर्मी साथीहरू– सरकारले देश र समाजको इमान्दारी पूर्वक सेवा गर्न निश्चित कर्तव्य र जिम्मेवारी तोकी हामीलाई यस अफिसमा पठाएको छ । हाम्रो कर्तव्य पालनामा यहाँहरू सबैको सहयोग र सल्लाहबाट राष्ट्रले हामीबाट अपेक्षा गरेको गेमप्लान सफल हुने छ भन्ने आशा लिएको छु । आज यत्तिनै धन्यवाद ।
सबैले थपडी बजाउँछन्, त्यसपछि सबै आ–आफ्नो काममा जान्छन् ।
–०००–
जागिरे जीवन प्रवेश गरेपछि बुद्धिरामको लवाइ, खुवाइको जीवनस्तर विस्तारै परिवर्तन हुँदै गएको र फुर्माइस बढेको देख्दा आत्माराम र हुमा पनि सन्तुष्ट देखिन्थे ।
बावु ! पढाइ पनि भयो ।
जागिर पनि पाइयो । अब बुहारी ल्याउनुप¥यो । कति हामी मात्रै गृहस्थीमा घोट्टिरहने । हुमाले भोजन गर्ने बेला छोरोसँग कुरो राख्छन् ।
केटी खोज्दै गर्नु हवस न त !
हामीले पनि खोज्दै गरौला । ठाउँ–ठाउँमा तै हिड्छस् । आफूलाई मन परेको केटी खोज्दै गर्नु ।
–०००–
गाला फुक्क उस्किएका २०÷२२ वर्ष झै लक्काजवान ठिटो । सरकारी जागिरको रौनक फुर्तीफार्ती छुट्टै भएको देखेपछि ठिटीहरूसँग आँखा जुधिनै हाल्थे ।
कतिले कुरा गर्न अग्रसर हुन्थ्ये । सम्बन्ध कायम गर्नु लालायित हुन्थ्यो । चुमा नानी ! सरहरू आउनुभएको छ । कागती पानी बनाएर ल्याउनु न चुमाको बावु धनप्रसादले केही सरकारी सल्लाह लिने बहानामा छोरीसँग पनि भेटघाट होस् भनेर बुद्धिरामलाई घरमा बोलाएका थिए ।
अनि सर ! नयाँ घर बनाउनु थियो । अलिकति दारकाठ चाहिएको छ । कताको जङ्गलबाट पूर्जी ल्याउने होला ?
धेरै टाढाको किन रोज्ने । रुख पनि पुराना छन् । संलक्क परेका दक्षिणतिरबाट ल्याए भइहाल्यो नी बुवा ! हजुरलाई कुनै आपत्ति नपर्ने गरी कसो हो ?
ल पानी पिउँ सर !
पानीको गिलास स्पर्शका साथ अपरिचितसँगको लज्जास्पद भावमा दुवैका मौन आँखाहरू जुध्छन् ।
बसी बियालो गफगाफको क्रममा चुमाका बावुले बुद्धिरामको पारिवारिक परिचयतिर प्रसङ्ग मोड्छन् ।
सरको घर कतातिर हो ?
पूर्वतर्फ हो सदरमुकामको नजिकै पर्छ ।
घरमा को–को हुनुहुन्छ ?
बावुआमा, भाइ र एक बहिनी छौँ ।
बाावुआमाले के व्यवसाय गर्नुहुन्छ ?
खेतीपाती, गाई, भैँसी पालन यहि नै हो ।
चुमाले काँसकै थाल, काँसकै अम्खोरामा विभिन्न परिकारले भरिएको व्यञ्जन ल्याएर बावुको सामुन्य राखिदिन्छे ।
ल लिउ सर ! यसो चमेना(दही, पुरी, अचार, तरकारी) त्यसपछि चिया, हवस् त बुवा अब हामी बिदा हुन्छौँ । आज हजुरको घर आइयो । परिचय भयो । मिठो नास्ता खुवाउनु भयो । यसको लागि हजुरलाई धेरै–धेरै धन्यवाद ।
बुद्धिराम र चुमाबिच झ्यालबाट पुनः आँखा जुध्छन् । यो भेटघाटको यताका रातमा बुद्धिरामको मानसपटलमा चुमाको आकृति नाचिरह्यो । उता चुमाको नजरमा पनि बुद्धिरामको प्रतिबिम्व भाग्न सकेन ।
दुवैमा पुनः भेट गर्नेको तुहलको अग्नि बल्न सुरु भयो । गोरो, मोटो कदकी, चम्किला आँखा पोटिला ओठ, गाला, सहरी रहनसहनको छाया आवरणले छोएको, आकर्षक जिउडालकी हुमाको आकृति देखिन्थ्यो । पहिलो नजरमा आँखा जुधेको प्रियसी ! मेरी आमाले खोजेकी जस्तो बुहारीको छनोटमा छु ।
तिम्रो विचारको प्रतिक्षारत– बुद्धिराम पाहुनाको रूपमा घरमा स्वागत गर्दा दिलमा बस्न पुगेका मित्र । म तपाईकी आमाले खोजेको जस्तो बन्न तयार छु तर स्त्री जातिको लागि मेरो एक्लो निर्णय स्वीकार्य हुँदैन । मेरा बावुआमाको मन्जुरी चाहिन्छ ।
प्रतिक्षा गरौँ– चुमा
बुद्धिरामको अफिस क्षेत्र चुमाको गाउँको स्थानीय व्यापारिक बजार हो । मानिसहरू आतेजाते गरिरहन्थे । चिठीपत्र हालखबर आदानप्रदान गर्न समस्या थिएन । अझै नेट, मोबाइल आइपुगेको थिएन , पि.सी. यो फोनहरू थिए तर गोप्यता भङ्ग नहुने त पत्राचार नै हो ।
२,४ जना घरेलु कामदार राखेर गृहस्थीको डुङ्गा चलाएका, अहिलेको जस्तो बाटो, जीप, बस नचल्दै घोडामा चडेर अड्डा अदालत पुग्ने गरेका धनप्रसाद जमिनदारी प्रथा उत्मुलन भएको बिसाँै वर्ष बितिसक्दा पनि आफूलाई जमिनदार नै हु ठान्थे ।
‘हिङ सकिए पनि हिङ बाँधेको कपडा पो हो त भन्ने अहम उनीमा थियो ।’ ‘आफ्नै हातले मेहेनत परिश्रम गरी खानेलाई उनले’ ‘टुपीबाट पलाएका’ भनेर हेपाहा दृष्टिले हेर्थे । अरुलाई कजाएर खाने समय उल्टिसकेको सामाजिक परिवेशलाई पनि उनले आफ्नो जमिनदार सोचको अनुकूल नहुँदा खराब जमाना आयो, अप्ठेरो दिन आयो भन्थे ।
विश्व, प्रकृति, समाज परिवर्तनशील छ । उत्पादन र उपभोग्य साधनहरू फेरबदल भइरहन्छन् । समयअनुसार आफ्ना व्यवहार परिवर्तन गर्न सके मात्र जीवन सहजरूपले पौडी खेल्न सकिन्छ भन्ने कुरा उनले बुझ्नै सक्दैनथे ।
चुमाले केटो मन पराएकी छ । चिठी आदानप्रदान भइरहेछ भन्ने सङ्केत धनप्रसादले पाइसकेका थिए । सरकारी जागिरमा घुसेको कुनै दुव्र्यसन नभएको केटो छोरी दिँदा ठिकै होला भन्ने सोच उनमा पलाएको थियो तर केटाको आर्थिक, सामाजिक र सास्कृतिक पक्ष बुझ्न दुत पठाइसकेका थिए । दुईतले घर, गोठ, गाई, भैँसी दुहुना भएका थोरै जमिन भएपनि ट्याकटुक मिलेको गृहस्थी, मेहेनती परिवार भएको खबर पाएका थिए ।
आफू जमिनदार भएकोले जग्गा भनेको अनेकौ सम्भावना भएको आधारभूत जग हो । जागिर व्यापार भनेको बिना भरोसाका पराधिन व्यवसाय हुन् भन्ने परम्परागत मान्यताले गर्दा उनलाई अलि चित्त बुझेको थिएन तर पनि छोरीले स्वीकार्छ भन्ने … ।
छोरी चुमा तिमीलाई हेर्न धेरै घरहरू आए तर यो सरकारी कर्मचारी तिमीलाई कस्तो लाग्यो ? घरतिर बुझ्दा एक मानो बन्दबस्त राम्रै छ भन्ने बुझियो– आमाले एकान्तमा छोरीसँग सोधिन ।
तपाईहरूले उचित ठहराएकोलाई मैले कसरी इन्कार गरु ? चुमाले अप्रत्येक्ष स्वीकारोक्ति दिइँ ।
–०००–
आमा मैले तपाईँको लागि बुहारी रोजेको छु । हेर्नोस् फोटो यही हो । अ ! केटी त राम्रै लाग्यो तर हामीलाई हेर बावु ! गरिखाने, घर धान्ने, मुख नलाग्ने बुहारी चाहियो । अर्काकी छोरीको बानी व्यहोरा सबै के थाहा हुन्छ र ।
छरछिमेकिलाई सोध्दा राम्रै छ भन्छन् । बुहारी भएपछि घरको परिस्थितिअनुसार सिक्ने न हो । पढेलेखेको जान्ने आफै छस् । तलाई मन परेको छ भने ठिक छ । विवाहको लागि तपाईहरूले केही चिन्ता लिनु पर्दैन । सबै व्यवस्था म मिलाउछु ।
–०००–
आत्माराम भाइ ! मैले त बुद्धिरामको बिहे हुने कुरो सुन्छु । दलाने माइलाले जिज्ञासाको स्वरमा सोधे ।
छोराले केटी रोजेको छु भन्छ क्यारे दाइ !
के भो त छोरो जागिरे छ । आफ्नो बिहेको बन्दोबस्त (कमाई) गरेकै होला आमाबावुले स्वीकृति दिने न हो । लौ त अब राम्रै बिहे खाइने भयो गाठे जेठो छोरो रहरको बिहे चानचुने हुने कुरै भएन । बिहेको सोच रहेछ र पो बुढाले २, ३ वटा लामकाने खसी विक्री नगरेर राखेका रहेछन् । करासे माइलाले हाँसो ठठ्ठा मै कुरो थपे ।
तपाईहरू गाउँ, टोल, छिमेकि, इष्टमित्र सबैको सल्लाह र सहयोगले सम्पन्न हुने हो ।
खै हेरौ छोराले कस्तो योजना बनाउँछ ?
–०००–
धनप्रसादको घरमा आज धेरै चेलीबेटीहरू जुटेका छन् । टोलछिमेकमा समेत घिउ, मह, कपुर, मरमसलाको मगमग बासना आइरहेको छ । वटुवाले समेत यो घरमा कुनै पूजा वा बिहेको तयारी भइरहेको छ भन्ने अनुमान हुन्थ्यो । अर्कोतर्फ के–के जुटाउने कसलाई के–के दिने, कति दिने छलफल चलिरहेको थियो ।
समाजमा आ–आफ्नो औकात, क्षमता, रहर, शोखे, प्रचलनमा फेरान, प्रतिस्पर्धा, इज्जत देखाउनको लागि पनि धेरै थरिका विवाह हुने गर्दछन् । एकप्रकारका नातेदारहरू उच्चाउने, मच्याउने, फुर्काउने पनि भेटिन्छन् । विवाह केटाकेटीको हो । लेनदेन छोराछोरीको हो तर जन्ती, छरछिमेक इष्ट कुटुम्बलाई भोजभतेर र के–के पाइन्छ ? चासो र हर्क खुल्दुली हुन्छ । मामाको धन फुपुको श्राद्ध कसको के पो जान्छ र तर धनप्रसाद पनि पुराना जमिनदार नै परे आफ्नो पुर्खौली इज्जत, मान, प्रतिष्ठा समर्प सान्दर्भिम कायम राख्ने फेशन थप्न किन पछि पर्थे ।
–०००–
बुवा ! अब हामी विवाहको तयारीमा लागौँ । मामा, भाइ, म तपाई भएर बजार जाऊ । गरगहना, कपडालत्ता, पार्टीको सामग्री, टेन्ट, भाडा, वर्त, निमन्त्रणा कार्ड, पूजा समाग्री, पञ्चेबाजा (सनाई, दमा, नरसिंह, झ्याल, ट्यामकर) को बन्दोबस्त आज बुद्धिरामको बिहेको दिन । उनका दौतरी तथा कर्मचारी साथीहरू घर आँगन श्रृङ्गार–पटार सजावटमा जुटेका छन् । महिला दिदिबहिनी, फुपु, आमाहरूलाई तोकिएको विभागको जिम्मेवारीको काममा तछाडमछाड छ ।
विवाह भनेपछि सबैमा जोश, जाँगर, उत्साह भरिएको छ । भएको दुःख, कुन्ठा, रिसे, राग सबै किसिमको छ । पण्डितले दुलाहालाई स्नान, विवाह पहिरण, श्रृङ्गार गर्न लगाएर वैदिक धार्मिक परम्पराअनुसार शुद्ध शान्ति, होम, दीप, कलश, गणेशको पूजा सम्पन्न गराउन तिर लागेका छन् । अर्कोतर्फ पञ्चबाजा, चमारे वैण्डबाजाको झनझनाहट घनघनाहटले बुद्धिरामको घरआँगनको वायुमण्डल नै शुद्ध भएको छ । छुट्टै उमङ्ग थपेको छ । यही क्रम यता धनप्रसादको घरमा पनि चलिरहेको छ ।
सांस्कृतिक र ज्योषीय परम्पराअनुसार एउटै लगन गाँठो (समय) मा यी काम सम्पन्न गर्नुपर्ने हुन्छ । मायाखानी, घरकीरानी, बुद्धिरामकी अर्धाङ्गिनी, सौर्दयकी धनी, प्रकृतिकी सुहानी चुमालाई गरगहना सहित विशेष रूपले सजाइएको छ । सहनाहट नरसिङ्गाको स्वरले त झन चुमाको हृदयलाई भावुक बनाएको छ । यो के नाटक भइरहेको छ ? जन्मदेखिको स्थान, संस्कार, नाता सबै चटक्क छोडेर बिरानो घर देश, समाजमा जानुपर्ने ? यो प्रकृतिको कस्तो नियम हो ? जीवन के हो ? किन यस्तो छ । चुमामा केही जिज्ञासामा भाव सहित आँसु झर्छन् तर अनन्तरित केही छिनपछि उत्तर आफै आउँछ । यो सृष्टि कायम राख्न दुवैको मिलन स्वाभाविक ।
घु… । घुडरी घुँ.. । अलि टाढाको आवाज झ्वाट्ट चुमाको कानमा पर्छ । लौ जन्ती नजिकै आइपुगेछन् । स्वागतको सरसाय तयार गर । सामान ल्याउ भन्ने कोलाहल बढ्छ । केहीबेर पछि धनप्रसादले प्ररेतको निर्देशनअनुसार आत्माराम, दुलाहा र जन्तीलाई फूल, अक्षता, तिलानी जल छर्के । पूजाको कर्मले स्वागत गरिन्छ । आवाज तिर लगिन्छ । केहीबेरको जलपान पश्चात सबैलाई भोजनको लागि पार्टी प्यालेसतर्फ निम्तो दिइन्छ ।
पण्डितजीले वैवाहिक यज्ञकर्मको आहन गर्छन् । दुलाहादुलहीलाई साथै राखेर स्वयम्बर त्यसपछि कन्यादानको लागि धनप्रसाद र उनको श्रीमतीले तामाको ताउलामा बुद्धिराम र चुमाको पैतला, गोडा साथै राखी तामाकै गाग्रीको शुद्ध जलले दुवैको गोडा धोइदिन्छन् । अनि जे–जे दिनको लागि तयारी थियो सबै टिका लगाइ छोरी सहित बुद्धिरामको हातमा पारिदिन्छन् । चुमाकी आमा छोरीलाई टिका लगाइदिँदै भक्कानो छाडेर आँसु झार्छिन् ।
आमा रोएको देख्दा छोरीले पनि मन थाम्न सकिनन् हु ! हु ! हु ! आमाको कोमल दिल अहिलेसम्म हुर्काएकी छोरीसँग बिछोड हुनुपर्दाको पिर र छोरीको भविष्य कस्तो होला भन्ने चिन्ताले उनी भावुक भएकी हुन् । नयाँ घर, नयाँ समान, नयाँ परिवार, नयाँ नातासम्बन्ध, नयाँ चालमलन, रितिरिवाजअनुसार चुमाले अब छुट्टै पात्रका जिम्मेवारी निभाउनु पर्नेछ । यस अर्थमा उनले आफूलाई अलि गरुङ्गो महसुस गरेकी छन् ।
बुद्धिराको आमाबुहारी सुमन पाएकोमा ज्याँदै खुसी छन् । उनको अनुहारमा छुट्टै चमक र पसन्तता छाएको देखिन्छ । घरको काम आधाभारी बुहारीमा बिसाउन पाउँदा हलुङ्गो भएर गजम्म परेकी देखिन्छिन् । घाटीमा मङ्गलसुत्र, कानमा पार्लिङ्, हातमा जोडा वजनदार चुरी, बहुमूल्य साडीसेट, आयनिक श्रृङ्गार सेट पाएकोले मख्ख छिन् ।
एकवर्षको लागि नुन, तेल, दाल, अचार, रोटीपोली ओड्ने ओछ्याउने कपडा मिठामिठा परिकार बनाउने मरमसला सामग्री पाउँदा उनले छोरा जन्माउँदाको प्रशव बेदनादेखि हुर्काउँदा, पढाउँदासम्मका सबै दुःख पीडा बिर्सिएकी छन् ।
फुपु ! अब त तपाईले पहिलेको सबै दुःखको मिठोफल भोग्ने दिन आए । छोराले जागिरबाट कमाएर ल्याउने । बुहारीले घरको कामधन्दा समाल्ने आहा ! कति राम्रो दिन । करासे काइलिले प्ररम्साको स्वर सुनाइन् । अहिले त ठिकै छ के र भदै । पछि कस्तो हुने हो । मुस्कुराउँदै हुमाले प्रसन्ता व्यक्त गरिन ।