घोराही, ५ साउन । दाङ तुलसीपुरस्थीत बसपार्कमा ७३ बर्षीया महिलामाथि सामुहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा बृद्ध महिलामाथि बलात्कार भएको हो ।
बृद्ध महिलामाथि बलात्कार गरिरहेकै अवस्थामा प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी ३० बर्षीय पुष्कर रोका र सल्यान जिल्लाको कुमाख गाउँपालिका–७ निवासी २० बर्षीय रेशम बिकलाई बिहीबार राति १२ बजेतिर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरिक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘नियमित गस्तीमा हिडेको प्रहरी टोलीले बलात्कार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । अहिले उनीहरुमाथि थप अनुसन्धान भैइरहेको छ ।’ प्यूठान स्वर्गद्धारी नगरपालिका निवासी ७३ बर्षीया बृुद्ध महिला राति अबेर मात्रै तुलसीपुर बसपार्क आइपुग्नु भएको थियो ।
वृद्धलाई सहयोग गर्ने वाहानामा ललाइ फकाइ तुलसीपुर – ५ स्थित बसपार्कभित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र पुर्याएर पालैपालो बलात्कार गरिरहेकै अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।