रामलाल राप्ती नदीमा दुई दिनदेखि बेपत्ता

लमही,४ साउन । लमही नगरपालिका–९ कोल्तरा निवासी ५२ बर्षीय रामलाल कुमाल राप्ती नदीमा बगेर दुई दिनेखि बेपत्ता भएका छन ।

बुधवार राजपुर गाउँपालिका–७ सिक्टाबाट काम सकेर घर फर्किने क्रममा कुमाल नदीमा बगेर बेपत्ता भएको स्थानीय ओमप्रकाश बस्नेतले जानकारी दिएका छन् । स्थानीय बस्नेतका अनुसार कुमाल राजपुर गाउँपालिका–७ सिक्टामा कुवा खन्ने काम गर्दै आएका थिए ।

कुवा खन्ने काम सकेर घर फर्किंने क्रममा झोलुंगे पुलबाट नगएर सिधै राजपुरको रेउबाट कोल्तरा निस्किने क्रममा बुधवार चार बजेतिर राप्ती नदीमा बगेर बेपत्ता भएका हुन ।

नदीमा बगेर बेपत्ता भएका कुमालको खोजी कार्य भैइरहेपनि अहिलेसम्म नभेटिएको बस्नेतले बताए । बेपत्ता कुमालको प्रहरीलगायत स्थानीयले खोजी गरिरहेका छन् ।