भुवन पोख्रेल
नेपाली कांग्रेसको इतिहास गौरवशाली छ । अनेकौ क्रान्तिको मियो बनेर नेतृत्व सम्हालेको यो पार्टीले यो मूलुकमा आफूलाई सच्चा लोकतान्त्रिक र प्रजातान्त्रिकका रुपमा परिभाषित गरिसकेको छ । विपि कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्धी हुन् । उनको राजनीतिक व्यतित्व मात्र नभइ नेपाली भाषाका व्यक्ति प्राप्त साहित्यकार पनि हुन् ।
उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व (सन् १९५९ देखि १९६०) नेपालको प्रधानमन्त्री भए । नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि राजनैतिक नेतृत्व प्रदान गरेका थिए । विपिका अनुसार देश भन्नु होस वा राष्ट्र त्यो भूगोल होइन, त्यो यथार्थमा जनता हो । राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना र विचार हो । राष्ट्रियता र प्रजातन्त्र अविभाज्य छ । प्रजातन्त्र बिना देश रहँदैन ।
राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुनसक्छ र प्रजातन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुनसक्छ भन्ने विपिको भनाइ थियो । यदि हामीले राष्ट्रियताको चर्चा गर्छौ र प्रजातन्त्रका सम्बन्धमा मौन रहन्छौँ भने अधिनायकवादका पक्षघर हुनेछौँ र प्रजातन्त्रको चर्चा गरेर राष्ट्र रक्षाको कुरोलाई उपेक्षा गर्छौ भने हामी विदेशी तत्वको हतियार बन्न सक्छौँ । राष्ट्रिय सहमति प्रजातन्त्रबाट मात्रै स्थापित हुनसक्छ । दुईजना मिलेर राष्ट्रिय सहमति हुन सक्दैन ।
नेपाल अत्यन्त पछि परेको देश हो । यसको पछि परेको अवस्थाले गर्दा यसमा देखा परेका यात कमजोरीहरु र दूर्गूणहरु हुन आएका हुन् । एक त यसको कमजोरी राष्ट्रियताको बलियो जग बसिन नसकेकाले हो । यस कमजोरीलाई हामीले हटाउनु छ । तसर्थ देशमा राष्ट्रिय भावनालाई जगाउने, त्यसको अभिवृद्धि गर्दै लैजाने । हामी सङ्कीर्ण भावना, जातिगत, समुदायगत जस्ता छुट भावनाबाट माथि उठी राष्ट्रिय स्तरमा सोच्ने र विचार गर्ने गर्नुपर्छ । यसो गर्न सकेनौँ भने हामी र हाम्रो मूलुक पछि परेको प¥यै हुन्छौँ ।
यस्तो कमजोर अवस्था रह्यो भने विदेशीहरुको चलखेल सजिलै बढ्न सक्छ । राष्ट्रियताका लागि प्रजातन्त्र नभइ हुँदैन । आफ्नो राजनीतिक अधिकार खोसिएको जनता राष्ट्रियताकाप्रति जागरुक हुँदैन । प्रजातन्त्र त्यसै पनि वाञ्छनीय लक्ष्य हो । त्यसैले राष्ट्रियता र प्रजातन्त्र अन्योनश्रित छन् । राष्ट्रियता भनेको हामी सबै हो । हामी तपाईको अधिकार खोसिए पछि राष्ट्र बलियो हुन्छ भन्नु मूर्खतापूर्ण कुरो हो । मूलुकलाई प्रजातन्त्र चाहिन्छ हामी भन्छौँ यो केवल राजनीतिक र प्रजातान्त्रिक अधिकारको निम्ति मात्रै होइन ।
बरु जनशक्तिलाई सञ्चालित गर्नका निम्ति, जनतालाई विकासको प्रक्रियामा समावेश गर्नका साथै नीति निर्माण र व्यवस्थापनको प्रक्रियामा सहभागी बनाउनका निम्ति पनि समाजको कुनै वगृले अन्यायको अनुभव गरेसम्म राष्ट्रको जग बलियो हुँदैन । राजनैतिक हधिकारबाट बञ्चित भएको नागरिक राष्ट्रको नागरिक हुँदैन । त्यो शोषित, पीडित, रैति हुन्छ । नागरिक र रैतिमा धेरै फरक छ ।
यद्यपिदुवै एउटै देशका बासी भए पनि । नागरिक देशका समस्यालाई बुझ्ने, खोज्ने, चनाखो, आफ्नो अधिकार, जिम्मेवारीर कर्तव्य बुझेको व्यक्ति हो । रैति निमूर्खा हुन्छ । त्यो अर्कोको खटनमा हिड्छ । उसलाई देशकाप्रति न चाख हुन्छ नत अधिकारप्रति जागरुकता । त्यो कुनै जिम्मेवारी लिँदैन किनभने आज्ञापालन गर्ने स्वभाव उसमा निर्मित हुन्छ । नागरिकबाट राष्ट्र निर्माण हुन्छ रैतिबाट बन्न सक्दैन ।
नेपाल भनेको नेपालका त्यी गरिब जनता हुन् । जसको आङमा फाटेको र मैलो लुगा छ । टाउकोमा घेरा मात्र भएको टोपी छ । बिरामी परे ओखती–मूलो पाउँदैनन् । आफ्ना छोराछोरीलाई शिक्षादीक्षाको प्रवन्ध गर्न सक्तैनन् । जसलाई बिहान के खाउँ भन्ने समस्या छ । तीनै गरिब किसाननको देश हो नेपाल । ठुला–ठुला महलमा बस्ने र मोटरमा हिड्ने त यहाँ दश प्रतिशत पनि छैनन् । तिनीहरु नेपाल होइनन् ।
जनताको अधिकारको अपहरणले राजनीतिमा दमनको रुप लिन्छ र त्यसले शोषण रुप लिन्छ अर्थात् आर्थिक क्षेत्रमा भइरहेको शोषणको अन्त्य गर्न राजनैतिक अधिकार नभएको ठाउँमा सकिँदैन किनभने कसैले पनि शोषणका विरुद्ध आवाज उठाउन राजनैतिक अधिकार हुनुपर्छ । जबसम्म अन्यायका विरुद्ध लड्ने अधिकार कुण्हित् रहन्छ तबसम्म दमन कार्य रहिरहन्छ । मानिसलाई मानव अधिकारले नै मानिस हो भनेर स्थापना गर्छ । बाँचेर मात्र मानिस होइँदैन । आफ्नो मानव अधिकारका साथ उसले बाँच्नुपर्छ । त्यसैले मौलिक प्रजातान्त्रिक अधिकारलाई मानिसको जन्मसिद्ध अधिकार भन्दछन् ।
विपिका विचारमा राजनीति गर्ने व्यक्ति सरल, सहज र खुला किताब अर्थात् जोगी सरह जनतामा समर्पित हुनुपर्छ तर अहिले राजनीति जोगी हुन गरिँदैन भन्ने बढिरहेका छन् । विपिद्वारा प्रादूर्भाव नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादले समाजका सबै वर्गको समान हक अधिकार र विकासलाई सँगसँगै लगेको स्पष्ट देखिन्छ । नेपालमा गाउँ नै गाउँ भएको र विभिन्न जातजाति बस्ने भएकाले ग्रामीण जनताका लागि लक्षित गरिएको विकास साँचो अर्थमा विकास हुन्छ । सहरको विकासमा मात्र जोड दिँदा वास्तविक समाजबाट अपनाएको मानिँदैन र त्यसलाई विकास पनि मानिँदैन ।
विपि कोइराला भन्नुहुन्थ्यो बामपन्थीहरु र हाम्रो कुनै अवधारणा र नीति तथा कार्यक्रम मेल खाँदैन । अहिले कांग्रेस र बामपन्थीहरुका लागि सबै बामपन्थी दलहरुसँग पालैपालो सहकार्य भएको पनि देखियो । अहिले बनेको देउवा सरकारका चारवटा खम्बामध्ये दुईवटा खम्बा बामपन्तीका छन् । जननायक विपि कोइरालाले स्थापना गर्नु भएको नेपाली कांग्रेसको आदर्श र सिद्धान्त वर्तमान समयसम्म आइपुग्दा केही विचलित पक्कै भएको छ ।
सत्तामा रहँदा होस् या प्रतिपक्षमा आफ्नो नीति, सिद्धान्त र आदर्शलाई नेपाली कांग्रेसले कहिल्यै बिर्सनु हुँदैन । विगतमा गरेका गल्तीलाई पुनः दो¥याउनु हुँदैन । सत्तामा जने वित्तिकै विगतमा गरिएका गल्ती फेरि दो¥याउने सङ्केत देखिन्छ । नेपाली कांग्रेसले विगतमा गरेको गल्तकिो समीक्षा गर्न ढिला भइसकेको छ । कांग्रेसलाई कोइरलाकै सिद्धान्त र आदर्शको बाटोमा डो¥याएर जीवन्तता दिन सक्नुपर्छ भन्ने मान्यता आम नेपाली कांग्रेसमा आवद्ध बुद्धिजीविहरुको धारणा छ ।
फेरि पनि शुभेच्छुक कार्यकर्ता एवम् बुद्धिजीविहरुले अन्य कुनै पार्टीको चुनाव चिन्हमा मत खसाल्नु नपरोस् । नेपाली कांग्रेसमा परिपक्क पुस्ताले पार्टी डो¥याउन भएको छ । मानिस परिपक्क हुने उमेरले मात्र होइन आफ्नै जिन्दगीले दिएका चोटहरु, सङ्घर्ष र भोगाइ पढाइ सिकाइले पनि हो । युवा पुस्ताले दुनिया पढेको छ । विश्व नियालेको छ । पाको उमेरकाले पनि आफ्नै अनुभव सङ्गालेका छन् । यिनीहरु बच्चै छन् अहिले नै यिनीहरुलाई ठुला जिम्मेवारी दिने होइन पार्टीमा यिनीहरुलाई आसेपासे मात्र गराउनुपर्छ भन्ने नेपाली कांग्रेसका शीर्ष नेतृत्वको अहम छ ।
पुस्ताअन्तरको इगोले कांग्रेसभित्र आन्तरिक द्वन्द्व छ । जसका कारण पार्टीभित्र सुदिृकरण हुन सकेको छैन । युवा पुस्ताले विपिका सिद्धान्त पढेको छ बुझेको छ । पार्टीमा नविन जोश र जाँगर सहित आएको छ । उ भित्रको उत्साहलाई मलजल गर्ने अघिल्लो पुस्ता भइदिएको भए कांग्रेसमा युवा लहर बढेर जान्थयो । अरु नयाँ पार्टीहरुमा सिद्धान्त र वैचारिक पक्ष कांग्रेसको भन्दा भलै कमजोर होला तर नयाँ युवाहरुको पार्टी भित्रको जुन उत्साह र हुँकार देखिन्छ ।त्यसले अन्य युवालाई पनि त्यो नयाँ उदायिमान पार्टीतर्फ आकर्षण थपिएको छ ।
नेपाली कांग्रेसको वैचारिक र सैद्धान्तिक धरातल बलियो हुँदाहुँदै खम्बाहरु जो पार्टीका शीर्ष नेतृत्व वर्ग हुनुहुन्छ त्यी पुरानो र मक्किएका हुनाले नयाँ पुस्ताले आकर्षण नदेखेको हुनसक्छ । हुनत नेपाली कांग्रेसमा मात्र नभएर एमाले र माओवादी आदि पार्टीमा पनि बाचुन्जेल एउटै व्यक्ति पार्टी अध्यक्ष हुने परम्परा नभएको होइन तर नेपाली कांग्रेस प्रजातान्त्रिक सिद्धान्त र विश्वासमा आवद्ध पार्टी भएकाले प्रजातान्त्रिक अभ्यासमा जोड दिनुपर्ने र नयाँ पुस्ताका युवा नेतालाई पार्टी सभापति बनाएर उदाहरणीय काम गर्न सक्नुपर्दथ्यो ।
अहिले भुटानी शरणार्थी र ललिता निवास काण्डको गहिरो छाँया परेको कांग्रेसको पुरै सङ्गठन सङ्कटापन्न छ । कांग्रेसको विधान अनुसार कार्यसमितिको बैठक दुई–दुई बोलाउने छ । पुरै एक वर्षपछि देशको अग्रणी राजनीतिक संस्था नेपाली कांग्रेसको कार्यसमिति बैठक पक्कै पनि राजनैतिक हिसाबले महत्वपूर्ण होला ।
कांग्रेसको मात्रै होइन, संवैधानिक हिसावले देशका सबै पार्टीहरुको अवस्था एकै प्रकारको छ । आफूलाई लोकतन्त्रका अग्रदुत बताउने पार्टीहरुको जरो धर्तीमा गाडिएको छैन । सत्ता र शक्तिको आडमा संविधान, नीति नियम र आचार मिच्ने बानी परेको छ । नेताहरुको अहिलेको विडम्बना र दूभाग्य पनि यही हो । राजनीतिमा शक्ति प्रधान भयो । सत्तालक्ष्य भयो । शक्ति र सत्ताको भीडमा मानिस र उसको विश्वास हराउन थाल्यो ।
कुनै पनि अविकसित समाजमा क्रान्तिको श्रृङ्खला कुनै न कुनै रुपमा निरन्तर रहनुपर्छ । सरकारबाट आशा गर्नेको सङख्या धेरै र आशा गरेअनुसार सरकारबाट पाउनेको सङ्ख्या थोरै भएको हाम्रो जस्तो देशमा जनताले नेताबाट पाउने भनेको उपेक्षा नै हो । देश सङ्घीय संस्बनामा पुगेको छ । जनतालाई त्यो संरचनाको महत्व थाहा छैन । हाम्रो सङ्घीयतालाई नेताहरुले स्थानीय सरकारबाट टिकट लिने, प्रदेश सरकारबाट टोकन लिने र केन्द्रीय सरकारको ढोका कुनै नियतिमा परिणत गर्न चाहेका छन् । यो नै मूलुकको दूभाग्य हो ।
कांग्रेस चिर निद्राबाट ब्युझिनु जरुरी छ । बारम्बार सत्ताच्युत हुँदा पनि कांग्रेस पार्टी सत्ताकै निम्ति ¥याल चुहाएर बसेको देखिन्छ । पार्टीको प्रभा विस्तार, समाजवादको चर्चा र आदर्शको स्मरणमा उसको कुनै चाँसो र अभिरुचि छैन । सत्ताको चरित्र फेरिनुपर्छ भन्ने अनुभूतिसम्म पनि छैन कांग्रेसमा । अहिलेको राजनीतिक अवस्था निकै अप्ठेरो छ । कांग्रेस कार्य समितिको बैस्कलयो अप्ठेरो अवस्थाबाट देशलाई पार लगाउन दूरगामी निर्णय गर्न सक्ला भन्नेमा भरोसाभन्दा बढी आशङ्का नै देखिन्छ । आफ्नो स्थापना कालदेखि नै गुटमा विभाजित देशको जेठो पार्टीमा त्यसबेला पनि वीपी र मातृकाको गुट थियो ।
वि.स. २०१६ सालमा वीपी कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद भट्टराई संसद्का सभामुख बन्नुभयो । संसदीय इतिहासमा कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री र भट्टराई प्रथम सभामुख बनेका राजनेता हुन् । समाजवादी चिन्तक र दक्षिण एशियाली मूलुकमा अग्लो राजनैतिक उचाइका कारण वीपीका अगाडि अरु नेताहरु प्रायः होचा देखिन्थे । वीपीको देहावसान पछि २०४१ सालमा पनि तत्कालीन कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराई र तत्कालन महामन्त्री गिरिजाप्रसाद कोइराला बिच दुईवटा फरकधार कांग्रेसमा प्रष्ट देखिन्थे ।
२०६३÷०६३ को जनआन्दोलनको पनि नेतृत्व गरेको कांग्रेसले आफ्नो पुरानो सिद्धान्तमा हेरफेर ग¥यो । राष्ट्रियता प्रजातन्त्र र समाजवाद यसका मूलभूत सिद्धान्त हुन्् भन्ने वीपीका विचारलाई आत्मसात गर्दै आएको पार्टी राष्ट्रियता, लोकतान्त्रिक, गणतन्त्र र समाजवादमा मुखारित भयो । लोकतन्त्र भनेको मनपरितन्त्र होइन लोकतन्त्रमा वैचारिक बहस र विर्मश गर्न पाइन्छ । पार्टी सभापति देउवामा पक्कै केही कमजोरी हुन सक्छन् ।
नेपाली कांग्रेस जस्तो राष्ट्रको जिम्मेवारी बोकेको संसद्मा सबैभन्दा ठुलो पार्टी भएका नेताले पनि अब देउवाले आशलाग्दा युवा नेता गगन, विश्वप्रकाशलगायतका काँधमा पार्टीको अभिभारा सुम्पनुपर्छ । आन्तरिक कलहले पार्टीभित्र धमिराको काम गर्छ यसले सिङ्गो पार्टीलाई नै तहसनहस तुल्याउँछ ।