घरमा राखेको मोटरसाइकल चोरी

घोराही,२ साउन । घरमा राखेको मोटरसाइकल चोरी भएको छ । घोराही उपमहानगरपालिका–१८ फुर्सेखाली–गिठेपानी मिलीजुली टोलबाट रा ६ प ६६७८ नम्वरको पल्सर मोटरसाइकल साउनको १ गते राती करिव १२ बजेको समयमा चोरी भएको हो ।

मिजीजुली टोल निवासी बासुुदेव पाण्डेयको नाममा रहेको २२० सिसिको पल्सर मोटरसाइकल चोरी भएको हो । हराएको मोटरसाइकल खोजी गरिदिन पाण्डेयले सम्पूर्णमा आग्रह समेत गरेका छन् ।

मोटरसाइकल हराएको जानकारी प्रहरीमा समेत गराएको जानकारी दिदै पाण्डेयले खोजी गरिदिन सवैमा आग्रह गरेका हुन ।यसअघि पनि फुर्सेखालीबाट पटक पटक मोटरसाइकलहरु हराउने गरेको स्थानीय बताउँछन् ।