साथीभाइ कल्याण समूह गठन

दाङ, १ साउन । घोराहीमा भएको निजी सवारी साधनका धनीहरुको भेलाले साथीभाइ कल्याण समुह गठन गरेको छ । भेलाले गुरुप्रसाद आचार्यको अध्यक्षमा समिति गठन गरेको हो ।

समुहको उपाध्यक्षमा गोविन्द्र गोराथोरी, सचिवमा श्रीधर भुसाल, कोषाध्यक्षमा दिनेश चौधरी रहेका छन् । समूहका सदस्यमा पुकार डि सी, सुमन अधिकारी, कपिल सुवेदी, तेजजङ थापा, माधव खनाल, भिमबहादुर वस्नेत, शक्ति चौधरी रहेका छन् । समुहका सल्लाहाकारमा वशन्तकुमार खनाल, मानवहादुर खड्का, ऋषिकेश पोख्रेल रहेका छन् ।

समूहले निजी गाडी धनीहरुलाई आइ पर्ने समस्याको समाधान तथा अन्य समस्यामा परेका व्यक्तिहरुलाइ समेत सहयोग गर्ने उदेश्यका साथ समुह गठन गरिएको बताइएको छ । त्यसै गरेर विभिन्न सामाजिक कार्यहरुमा समेत काम गर्ने समुहले जनाएको छ ।