दाङ,२५ असार । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र र रोटरी क्लब अफ दाङको संयुक्त आयोजनामा सोमबार किसान जागृति महिला सामुदायिक बन क्षेत्र र ढिकपुर ड्याममा बृहत बृक्षारोपन कार्यक्रम गरिएको छ ।
किसान जागृति महिला सामुदायिक बन घोराहीको समन्वयमा भएको बृहत बृक्षारोपन कार्यक्रमा फलफुल प्रजाति र सौन्दर्यवर्दक प्रजातिका करिव ५०० बिरुवाहरु रोपिएको थियो । बृहत बृक्षारोपन कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र, रोटरी क्लब अफ दाङ, रोटर्याक क्लबका, किसान जागृति महिला सामुदायिक बनका पदाधिकारीलगायत स्थानीय ६० भन्दा बढी व्यक्तिहरुको सहभागितामा वृक्षारोपन गरिएको थियो ।
मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा घोराही उपमहानागर–१७ का अध्यक्ष लौटन चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा रोटरी क्लबका पूर्ब अध्यक्ष ओबिन्द्र महारा, तिर्थ सन्तोषी, मानव कल्याणका पूर्व अध्यक्ष किरण रेग्मी, किसान जागृति महिला सामुदायिक बनका अध्यक्ष शान्ता रेग्मी, ड्याम संरक्षण समितिका अध्यक्ष किरण चौधरी, रोटर्याक क्लबका समिर ओली लगायतले मन्तब्य व्यक्त गरेका थिउ । रोटरी क्लब अफ दाङको अध्यक्ष प्रदीप मजगैयाँको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सरस्वती सुबेदीले गरेकी थिइन ।
५ वर्षमा दश हजार बिरुवा रोपिने
मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र र रोटरी क्लब अफ दाङको संयुक्त आयोजनामा ५ वर्षमा घोराहीमा १० हजार बिरुवा रोपिने रोटरी क्लब अफ दाङको अध्यक्ष एव मानव कल्याणको कार्यकारी निर्देशक प्रदीप मजगैयाँको जानकारी दिएका छन् । जलवायु परिवर्तनको नकरात्मक असरलाई न्यूनीकरण गर्न बहृत् रूपमा वृक्षारोपणको अभियान थालिएको हो ।