दाङ, २५ असार । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ ले ७ दिनभित्र सडकपेटी खाली गर्न अल्टिमेटम दिएको छ । सोमवार एक सूचना जारी गर्दै वडा कार्यालयले ७ दिनभित्र सडकपेटी खाली गर्न अल्टिमेटम दिएको हो ।
‘घोराही उप(महानगरपालिका वडा नं.१५ क्षेत्रमा पर्ने सडक पेटीमा भएका निर्माण सामग्रीरविक्री वितरण गर्न राखिएका सामग्रीर तथा अन्य सामग्रीहरुले नागरिकहरुको आवागमनमा बाधा पुग्न गएको देखिएको हुँदा ७ दिनभित्र उक्त सामग्री उठाउन र व्यवस्थापन गरी सडकपेटी खाली गरी नागरिकहरुको आवागमनमा सहयोग पुर्याउनु हुन यो सूचना प्रकाशित गरिएको व्योहोरा अनुरोध छ’ वडा अध्यक्ष रमेशकुमार पाण्डेद्वारा हस्ताक्षेरित सूचनामा उल्लेख छ ।
त्यस्तै वडा कार्यालयले सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थालाई आफ्नो कार्यालय परिसरमा सरसफाइ गर्न अनुरोध गरेको छ । एक सुचना जारी गरी वडा कार्यालयले कार्यालय परिसरमा सरसफाइ गर्न अनुरोध गरेको हो ।
‘वर्षायाममा विभिन्न झारपात (घाँस) उम्री फोहोरा हुने र किरा सर्पवाट तथा सरुवा रोगबाट वच्न तथा कार्यालय परिसर सफासुघ्घर राख्नुपर्ने आवश्यक भएको हुदा यस घोराही उपमहानगरपालिका वडा न १५ भित्र रहेका सबै सरकारी तथा गैर सरकारी कार्यालयहरुले आ–आफ्नो कार्यालय परिसरभित्र तथा बाहिरा अनिवार्य सरसफाइ गरी फोहोर व्यवस्थापनमा सहयोग गरिदिनुहुन यो सुचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ’ उल्लेख छ ।
