नेपालले तहल्का मच्चाएको ग्रेटर

भुपेन्द्र सुवेदी
नेपालको न्यालयको अवस्था, नेपालको सुरक्षा क्षेत्रको अवस्था ,नेपालको स्वास्थ्य क्षेत्रको अवस्था नेपालको शिक्षा क्षेत्रको अवस्था र नेपालको राजनीति दलहरुको अकर मण्डियता र जवरजस्तको मुढेबलको भरमा जसको अध्ययन नभएको विषयको जिम्मेवारी बोकाउँदा नेपालमा भइरहेको बिउरो क्रेसीको अवस्था र व्यवहारको कारण र राजनीतिको अन्दाधुन्दा व्यवहारको कारण आज विश्व सामु नेपालको न्याय क्षेत्र र सुरक्षा क्षेत्रलगायतका सार्वजनिक महत्वको बारेमा नेपाल अन्तराष्ट्रिय सामु हुन्छ ।

यसै सन्दर्भमा नेपालका युवा राष्ट्रिय अभियान्ता काठ्माडौं महानगर प्रमुख बालेन शाहको राष्ट्रिय सम्पदा राष्ट्रको भौगोलिक अखण्डताको संरक्षणको लागि बरु म आफ्नो ज्यान दिन तयार छु तर नेपालको ऐतिहासिक भूमिको संरक्षण गर्न पछि पर्ने छैन भन्ने एउटा आफ्नो राष्ट्रको राष्ट्रियताको लागि देखाएको शाहसी लाग्दो आट लिएर आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर भारतसँग आफू नझुक्ने प्रतिबद्धताका साथ अघि बढेको अवस्थालाई अब हामी आम नेपाली सबैले साथ र सहयोग दिनुको बिकल्प छैन । भारतीय फिलिम समेत नेपालको चलचित्रहलहरुमा चल्न नदिने आँट समेतलाई हामीहरुले साथ र समर्थन दिनु आवश्यक छ ।

यसैको अवसर छोपी भारतीय सरकारले नेपालको कालापानी र लिपुलेख, लिम्पीया धुराको क्षेत्र आजदेखि होइन विगतदेखि नै आफ्नो हैकम जमाउँदै आएको थियो । आजको समयमा झनै नेपाल सरकारलाई कत्तिपनि नपत्यार नेपालको भूमि अरु पूर्व सर्दै कब्जा गर्ने नियतले आफ्नो नक्साभित्र पारिसकेको अवस्थामा अब पनि नेपाल सरकार हिजैको आनीबानी, हिजोको भारतीयसँगको लम्पसारवादी सोच गरिरहने हो भने अब भारतले सिधै नेपाली भूमिमा आफ्नो झण्डा गाड्ने छ ।

नेपाली नेताको चरित्रको पहिचान उसले पाइसकेको कारण दिन प्रतिदिन नेपालप्रति भारतले गर्दै आएको हेपाहा प्रवृत्तिको विकास हुँंदै आएको छ । किन भने नेपालका राजनेताहरु खाली आफ्नो कुर्सिको लागि मात्र आ–आफनो पार्टी–पार्टी बिचको द्वोन्द सिर्जना गरी आ–आफै मारामार काटाकाट गरेको र सरकारमा पुगेको हाम्रो देशको इतिहास भारतले बुझिसकेको कारण नेपाली एक हुन सक्दैनन्, यही मौकामा आफ्नो स्वार्थ पूरा गर्नुपर्छ भन्नेमा उसको उद्देश्य रहेको छ ।

यसै कार्यको नालीबेली बुझेर नै बालेन शाहाले उठाएको यो शाहासिक कदमको लागि हामी नेपाली नागरिक हौँ हामी नेपाली हौँ भन्नेहरुले यो शाहासको लागि आफ्नो जिउज्यानको बाजी राखेर बालेन शाहलाई साथ दिनुपर्दछ । भनिएको छ । द्वोन्द निरोपण एवम् शान्ति प्रक्रियामा सफलता हासिल गरेको नेपालले सङ्क्रमणकालीन न्यायलाई निचोडमा पु¥याउन अझ थप सुरुवात गर्नुपर्ने आवश्यकता रहेको संयुक्त राष्ट्र सङघीय उच्चतहका अधिकारीले बताउँदै आएको अवस्था छ ।

न्युवर्कमा ७४औँ महासभा बैठकमा राष्ट्र सङ्घ महासचिवका प्रवक्ताले शान्ति प्रक्रियालाई दिगो एवम् परिणाममुखी बनाउन सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्नैे पर्ने धारणा राखेको हाम्रा नेपालका राज्य सञ्चालकहरुले नबुझेका पनि होइनन् तर न्यायको पक्रियालाई सफलतामा पुराउन विभिन्न सङ्घसस्थाहरुले शान्ति स्थापनाको वास्तविक सर्त हो । सङ्क्रमणकालीन न्यायको निरुपण गरेको उल्लेख गरेको छ तर यहाँ आफ्नै देशको भूमि छिमेकीमित्र राष्ट्र ठहरिएको भारत सरकारले कब्जा गर्दा समेत आजको नेपाल सरकारले कस्तो योजनाका साथ कदम चाल्ने हो यो तत्काल आमनागरिकले बुझ्ने भाषामा कारबाही अघि बढाएको हेर्न चाहेका छन् ।

आमनागरिकहरुले अब सिमामा वास्तवमा नेपाल सरकारले नेपाली सुरक्षा निकाय, त्यसमध्यको अबल मानिएको नेपाली सेनाको पूर्ण अधिकार रहने गरी नेपाली सेनालाई सीमासुरक्षाको प्रमुख जिम्मेवारी दिएर परिचालन गरिएन भने भविष्यमा भारतले महाकालीको कालापनी मात्र होइन लुम्बिनीको सुस्ता क्षेत्र बराबर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कब्जा गर्नेछ भन्ने वास्तविकतालाई बुझेर नै आज बालेन शाहले यो ग्रेटर नेपालको नक्साको गहिरो अध्ययन सहित आफ्नो कदम अघि बढाएका छन् ।

नेपालमा हुँदै आएका विभिन्न राजनीतिक घटनाक्रमको विष्लेषण गर्छु भन्नेहरु नेपालमा कमी छैनन् तर नेपालको सिमाना भारतले रातारात सार्दासम्म हामी आफै सर्धै निदाएर बसेका छौँ किन वास्ता गरोस् अन्य राष्ट्रहरुले । कहिले हो नेपाल सरकारले विश्व सामु विश्वलाई विश्वस्त पार्न सक्ने आफ्नो देशका नागरिक मात्र नभएर नेपालमा आउने अन्य देशका नागरिकले समेत हामी अब नेपालमा सुरक्षित छौँ भन्ने आधार तयार पर्ने ? नेपालमा अब के हुँदै छ किन न्यायलयको अधिकार खोसिँदै छ ?

किन सुरक्षा निकायको जिम्मेवारी बोकेको डिउटीमा खटिएका पक्षलाई, आफ्नो सङ्गठनको नीति र विधिबाट आफ्नै हैसियत लिएर विवेक प्रयोग गर्दा स्वयम् नेपालका नेता नै तगारो बनेका छन् ? प्रहरी सामु सावित बयान दिएको अभियुक्तहरुलाई किन मुद्दा चलाउन दिइँदैन र उल्टो प्रहरीले कारबाही गरेन भन्ने आमनागरिकको सामु खाली प्रहरीको मात्र कमजोरी देखाइन्छ ? विश्वले शान्ति सुरक्षा र अनुसन्धानमा अब्बल मानिएको नेपाल प्रहरीलाई आफ्नै देशको व्यवस्थाले किन कमजोर बनाइँदै छ ?

यस्ता प्रश्नको उत्तरकोसँग माग्ने नेपाली नागरिकले नेपालको बिउरोक्रेसी, सुरक्षा निकाय, न्यालय सबैलाई अपाङ्गो बनाएको अवस्थामा अब किन पत्याओस भारत सरकारले र किन नमिचोस् नेपालको भूमि ? सिमानामा खटाएका सुरक्षा निकायको अधिकार खोसेर संसद् सदस्यको हातमा पारिएको छ । यही परिणाम आजको भारतको हेपाहा प्रवृत्ति हावी हुनुको कारण ।

नेपालको न्यायक्षेत्र र सुरक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र स्वतन्त्र रुपमा आ–आफनो जिम्मेवारी पाएका बिउरोक्रेसीहरुलाई स्वतन्त्र रुपमा कार्यसञ्चालन गर्न दिउ गलत गर्ने कर्मचारी वा जिम्मेवारी पक्षलाई सिधै सेवाबाट बर्खास्त गर्ने नियमको पालना गरौँ सबै मेरै हातमा लिन्छु भन्ने भावना नेपाल सरकारका राज्य सञ्चालक राजनेताहरुले आज सर्वर्बाेच्च अदालतको प्रधान न्याधिसको अधिकार, प्रहरी प्रमुखको अधिकार, स्वास्थ्य प्रमुखको अधिकार, शिक्षा प्रमुखको अधिकार, कृषि प्रमुखको अधिकार र अन्य सार्वजनिक सुरक्षाको सबै अधिकार सरकारका प्रधानमन्त्रीहरुले कब्जा गरेको परिणाम आज निर्मला पन्तको हत्या, अहिले हुँदै आएको श्रृङ्खला बद्ध अपराध, सुनकाण्ड आफ्नै देशका नागरिकहरुलाई भुटानी शरणार्थीको दर्जा दिएर अकुटने जस्ता धेरै जघन्य अपराध स्वयम् सरकार कै कारण बन्धकमा पारिँदै आएको छ ।

हुँदाहुँंदा त नेपालका गृहमन्त्रीहरु गृहसचिव, गृहमन्त्रीका पत्नी, पूर्वप्रधानमन्त्रीका पत्नी समेत मिलेर आफ्नै देशका नागरिकहरुलाई अनागरिक प्रमाणित गर्दै भुटानी शरणार्थीको झुठो प्रमाण भिडाएर बिसौँ करोड उनीहरुबाट लिएर बाडीचुडी खाएको र आज केही अदालतले थुनुवामार खाने आदेश गरेको छ तर यो खाली जनता ढाट्ने काम मात्र हुने त होइन ? किनभने सुरक्षाको जिम्मेवारीमा बसेको सुरक्षा क्षेत्रले बोक्ने हतियार ।

उसको हातको लाठ्ठी, उसले पालना गर्नुपर्ने नीति र उसको हैसियत सबै खोसिएको छ । दाँत निकालिदिएको सापले टोक्न सक्दैन, खुट्टा भाचिदिएको मृग दगुर्न सक्दैन, नेत्र हिन, अधिकार हिन बनाएको अवस्था छ । सुरक्षा कर्मीहरुलाई कसरी कसको आधारमा भोलीको काम कारबाहीको तालिका तयार पर्ने हो आफ्नो सिद्यान्त लागु गर्न नसकेको आरोप आफ्नै सहकर्मीहरुले भोग्दै आएका छन् भने नेतृत्वले अलोचना खेप्न बाध्य छन् ।

नेपालमा हुँदै आएको कानुनी व्यवस्थाको बारेमा अन्तराष्ट्रिय अदालतको धारणा बाहिरिएको नेपालका कानुन बिद न्यामुर्ति भनिनेहरु किन मौन रहन बाध्य छन् ? किन प्रश्न उठाउन सकेका छैनन् ? त्यो हो निमक खाएपछि निमकको सोझो हुनैपर्दछ । त्यो हो आफ्नै बलबुताबाट आ–आफ्नो विभागको प्रशासन क्षेत्रबाट दक्षता हासिल गरेरसम्बन्धीत क्षेत्रको जिम्मेवारीमा पुगेका छन् भने दक्षता र कार्य कुसलतामा सफल हुन्छन् र सबै पक्षमा जानकार हुन्छन् तर आज सबै नेताको झोले सबै विभागमा यस्तै रोग पसेको छ । न्याधिसहरुले पार्टीको झण्डामुनी बसेर कस्तो न्याय दिन्छन् ?

सुरक्षा प्रमुख त्यस्तै राजनीति भक्त हुँदा कस्तो र कस्को मन जितलान् र सुरक्षामा सफलता हासिल गर्ला र आमजनमानसको विस्वास लिन सक्लान् ? आज बाहिरबाट देख्नेले प्रहरी प्रशासन असफल भयो भन्नु हाम्रो मुर्खता हो किन भने आज प्रहरी प्रमुखहरुले आफ्नो क्षमता र योग्यताको आफै कदर गर्न सकेको अवस्था छैन आफ्नो क्षमता हुँदाहुँदै पनि प्रमोसनको लागि प्रधानमन्त्रीहरुलाई बृफकेस बुझाउन नसक्नेको कारण पदो उन्नती भएको छैन, भन्नेहरुको एउटा तप्काको जमातले भन्ने गरेको छ जसले रिस्पत बुझायो उसैको मात्र उन्नती हुन्छ तर त्यसको नैतिकता र दक्षता, इमानदारीताको कदर हुँदैन मुल्याङ्कन हुँदैन पैसा भए पुगेको हुन्छ र आफूले बढुवा दिएको जुनैपनि विभागको प्रमुखले आफूले भनेको मान्नै पर्ने बाध्यता परेको हुन्छ ।

त्यही बाध्यताको परिणाम हो आज सुरक्षा र न्याक्षेत्रले र अन्य सबै क्षेत्रले आलोचना खेप्नु परेको परिणाम आज सम्बन्धीत विभागीय प्रमुखहरुले भोग्न बाध्य छन् र बदनामको परी हात लागेको छ र नेपाल सरकारको काम कारबाहीको बारेमा विश्वको जुन कुनामा रहेको नेपालीले नेपालले गरेको कमी कमजोरीको बफवाई सुन्न परेको छ ।

आजको नेपालको समसामायिक विषयवस्तुको तुलना गर्नुपर्दा नेपालको आफ्नो धरातलाई स्वयम् हामी नेपालीले छाडेको परिणाम नेपालको संस्कार, संस्कृति, धार्मिक, शैक्षिक, आर्थिक, हाम्रो रितिरिवाज, खानपान, फेसन सबै पक्षमा धावा बोल्दै छ । पश्चिमाहरुले यसबेला असरफल बनाउने यहाँको युवा जनशक्ति सबै नेपालबाट विदेशीन बाध्य पारेर नेपालमा खाली आफ्नो अधिकार स्थापित गराउने उद्देश्य छ लिएको छ भने छिमेकी भनाउँदाहरुले नेपालको सिमाना क्षेत्रमा आफूले कब्जा गर्ने निहेत दैनिक रुपमा आफ्नो निरन्तरता दिँदै आएको छ । नेपालमा भारतले गर्दा सिमानाको अवस्था कहाली लाग्दो छ ।

सिमानामा बसोबास गर्ने नेपाली नागरिक आफै सीमा स्तम्भ भएर खडा हुँदाको परिणाम भारतीय सरकारको सुरक्षा फौजको गोली खाने र सीमाविद्ध बोलेकोमा आफ्नो ज्यानको बलिदान दिएका छन् तापनि आफ्नो नागरिक आफ्नो देशको भूमि अर्कोले कब्जा गर्दा त्यसको विरुद्धमा बोल्ने नागरिकको नेपाल सरकारले कस्तो मुल्याङ्कन गर्नुपर्ने हो उसैलाई पत्तो छैन । यही क्रियाकलापको बाबजुत आज सम्पूर्ण प्रमाणको आधारमा बालेन शाहले उठाएको कदमप्रति केही नबुझेका लठुवाहरुले आफ्नो भाग खोसिदिए जस्तो भाषा बोलेको सुनिन्छ तर यो नहोस् भविष्यमा नेपाल बचाउने एउटा सपुत निस्कँदै छ सबैले सहयोग गरौँ ।

सायद नेपाल सरकारका प्रमुख र प्रतिपक्षहरुको बल्ल घैटोमा घामले भेटाएछकी ? भारतीय सरकारले नेपालको भूमि अतिक्रमणको विरोध गरेको त सुनिएको छ तर डराइ–डराइ आवाज उठाएको मात्र हो वा वास्तविक आँट भएको हो यो तत्काल आमनागरिकले रिजल्ट हेर्न चाहेका छन् सरकारले आँट गरोस् हामी तयार छौँ भन्ने जस्ता जोसिला हिम्मत देखाएका छन् आमनागरिकलाई बधाई दिनै पर्दछ ।