घोराही–१८ महदेवामा योग शिविर

घोराही,२३ असार । घोराही उपमहानगरपालिका–१८ महदेवामा योग सेवा शिविर सुरू भएको छ । अम्बिकेश्वरी मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष कुमुद पोख्रेलको अध्यक्षता एंव वडा अध्यक्ष भरत अर्यालको प्रमुख आतिथ्यतामा भएको योग शिविरको उद्घाटनसत्रमा बोल्ने स्वास्थ्यका लागि योग अत्यन्त आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरूले शरिरमा भएका बिकारका बस्तुलाई बाहिर फाल्नका लागी शरिर स्वस्थ रहनकालागी जीवनमा योग साधनाको अति आवश्यक रहेको बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भरत अर्यालले योग जीवनको अभिन्न अङ्ग भएकाले योग साधना गर्न जरूरी रहेको भन्दै हामीले आफ्नो दैनिक जिवनमा बिषादीरहित खानपानको पनि आवश्यकता रहेको बताए ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका सदस्य किरण पोख्रेल, जिल्ला प्रवाहारी उदयबहादुर डाँगी, जिल्ला महासचिब माधब सुवेदी, जिल्ला युवा प्रवाहारी केतनारायण आचार्य, नगर प्रवाहारी तोयानाथ योगी, जिल्ला महिला कोषाध्यक्ष कोमा रावत, जिल्ला सदस्य मिना बिष्ट, राप्ती योग हल साधना केन्द्रका सचिव ज्ञानेन्द्र गौतमलगायतका प्रशिक्षकहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वडा सदस्य किरण रेग्मी, गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक सुलोचना गौतम, महदेवा टोल बिकास सस्थाका अध्यक्ष गोबिन्द पौडेल, सहजकर्ता निरन्जना घिमिरेलगायतका बक्ताहरूले योग साधनाका बिषयमा बिचार ब्यक्त गरेका थिए । सात दिने योग शिबिरमा उल्लेख्य सहभागीता रहेको छ ।