कथा : स्वदेशमा मौलाएको विवशता

  •   
  •  

गोपाल भुसाल ‘अभिलाषि’
आत्माराम र हुमाको कान्छो छोरो प्रज्ञाराम पढाइ सकेर कुनै काम धन्दाको खोजीमा भौँतारिरहेको छ । खेतीपाती र पशुपालनमै अल्झिरहने उसको मन छैन । यी दैनिक जीविका आधारभूत जरुरी व्यवसाय भए पनि ऊ आफ्नो शैक्षिक योग्यता, सीप, प्रतिभा प्रयोग गरेर माथि उठ्न चाहन्छ । यसको लागि केही ठाउँमा फाराम भर्छ ।

मरिमेटी अध्ययन गर्छ । लिखितमा दोस्रो, तेस्रो योग्यताक्रममा नाम निक्लिन्छ तर अन्तर्वार्तामा फालिन्छ । आफूभन्दा तल्लो योग्यताक्रमका प्रशिक्षार्थीले जागिरमा प्रवेश पाउँछन् । यस्तो कसरी भयो ? यसले यहाँ कुनै अपवित्र चलखेल छ भन्ने बुझ्छौँ । तैपनि यसले प्रयत्न गर्न छोडेन । सरकारी आयोगमा प्रवेश गर्छ । बुझ्दै जाँदा यहाँ त झन् भागबण्डा पो रहेछ ।

२० प्रतिशत दलित, २० प्रतिशत मधेसी, २० प्रतिशत जनजाति, २० प्रतिशत महिला, २० प्रतिशत खुल्ला । उसको भागमा बण्डा नै छैन, मात्र विकराल निराशा । उसले आफ्नो प्रतिभा र युवाको उत्साह नाकाबन्दीको चपेटामा परेको महसुस गर्छ ।

बङ्गलादेश सरकारबाट केही कोटा छात्रवृत्तिमा अध्ययन गर्न जाने प्रयोजनको लागि निवेदन आह्वान गरी परीक्षा लिइएकोमा निम्न व्यक्ति उत्कृष्टमा छनोट भएकोले १० दिनभित्र यस दूतावासमा सम्पर्क राख्ने भनेर सूचना प्रकाशित गरिएको छ ।

‘बुवा ! मेरो बङ्गलादेशमा पढ्न जाने नाम निक्लिएको छ ।’ एक महिनाभित्र पुग्नुपर्ने सूचना आएको छ । हँ ! यो के गरिस् तैँले बावु ! यहीँ जागिर खोज्ने भनेको … पढ्न त्यति टाढा ?
खर्च लाग्दैन सरकारले पढाउने छात्रवृत्ति हो ।

जाँदा भने केही खर्च चाहिएला, त्यहाँ पुगेपछि एक समय पढ्ने र अर्को समयमा अरु काम गर्न पनि पाइन्छ । उतैको कामले खर्च चलाउन सकिन्छ ।
त्यसो भए त राम्रै रहेछ ।

‘सुन्नुस् ! करिब दुई सय जनाले दिएको परीक्षामा मेरो नाम २ नम्बरमा परेको हो ।’ कति किताब अध्ययन गर्नुप¥यो । धेरै मिहिनेतको फल हो, यो । भाग्यले दिएको होइन ।

आत्माराम र हुमाको लागि यो विशेष खुसीको क्षण हो, यो । अर्कोतर्फ कान्छो पनि विदेश जाने भयो भन्ने पिर पनि हो । यो उनीहरूको सोच, क्षमताभन्दा कल्पनातीत धेरै टाढाको विषय थियो ।
आमा ! यो पिलेनको टिकट हो (सुन्दर कागजको बुक देखाउँदै) यी हेर्नोस् । काठमाडौँबाट बङ्गलादेशको लागि उड्ने, पर्सि ।

हो छोरा ! हात जोडेर नमस्कार गर्दै राष्ट्रदेव पशुपतिनाथको जय होस् । कूलदुर्गाको जय होस् ! आज मेरो छोरो पनि पेलेन चढ्न पाउने भयो । विदेश पढ्न पाउने भयो भन्ने हर्षले हुमाको आँखाबाट आँसु झर्छन् ।

दुई वर्षपछि

हेलो ! हेलो ! म बङ्गलादेशबाट प्रज्ञाराम बोलेको हुँ । मेरो बुवासँग सम्पर्क गराइदिनु । एकघण्टा पछि पुनः फोन गर्छु । घरको छिमेकी पिसिओमा फोन आउँछ ।
एक घण्टापछि

टि–नि–नि–टि–नि–नि–

ल ! उठाउनुस्, तपार्इँको छोराको कल हो ।
हो म आत्माराम
ढोग गरे बुवा ! सबै सन्चै हुनुहुन्छ !
राम्रै छौँ ।

अरु नयाँ खबर के छ ?
सबै यथावत् छ ।

मेरो छात्रवृत्तिको पढाइ सकियो । स्वदेशमै काम गर्ने मन थियो तर त्यहाँ सीप, प्रतिभा, योग्यता, श्रम र समयको मूल्य र काम राज्यले दिन सकेको छैन । तसर्थ यहीँ मेरो पढाइ बमोजिमको काम पाइयो । त्यसैमा लागेको छु । अर्को साल घर आउने प्रयास गरौँला । भर्खर काममा लागेको छु । केही महिनापछि सक्दो सहयोग गरौँला ।

छ महिनापछि

आदरणीय बुवाआमा ! दण्डवत ढोग । दाजु, भाउजु, दिदीलाई दर्शन, छरछिमेक, आफन्तलाई सम्झना । म पढाइ सकेर काममा लागेको छु । नेपालबाट सँगै पढ्न आएकी क्लास–फ्रेण्ड केटी थिइ । दुवै जनाको मन मिल्यो ।

यहाँको प्रचलनअनुसार जीवनसाथी बनाइयो । उनको पनि जागिर छ । हामीलाई जानकारी नदिएर काम ग¥यो भनी दुःख, पिर नगर्नु होला । तपाईकँो कान्छो छोरो प्रज्ञाराम ।

उक्त व्यहोराको हुलाक चिठी आइपुग्छ ।
ल ! कान्छो छोराका सबैभन्दा बढी आशा थियो । ऊ पनि विदेशमै रहने भयो ।

हुमा ! कता छौ ? बङ्गलादेशबाट छोराको चिठी आएको छ । हुमा काम चटक्कै छोडेर दौड्दै आइन् । आत्मारामले पुनः चिठी पढेर सुनाउँछन् । हुमाले जिब्रो रोक्छिन् । के दिन आयो यस्तो, केही बुझ्न सकिँदैन । धिक्कार रहेछ । बावुआमाले सोच्नु र सपना बुन्नु पनि आफू ताक्छ मुडो, बन्चरो ताक्छ घँुडो भनेको यही हो । केहीबेर लामो सुस्केरा हाल्दै घोरिन्छिन् ।

ठिक छ, छोराको भविष्य राम्रो होस् । हामी त दिन उमेर ढल्केका न प¥यौँ । बृद्धावस्थाको सहारा छोराछोरी, सन्तान आफ्नै सेरोफेरोमा रहून् भन्ने चाहना हो तर … जीवनभर यिनीहरूकै लागि सङ्घर्ष, दुःख गर्दागदै खिइसकेँ । अब त सुखसुविधाका दिन आउलान् भनेको त … ।
–०००–
आत्मारामको घर यही हो ? एकजना युवाले सोध्छन् ।
हो ! छिमेकी युवा सरासर घरभित्र प्रवेश गर्छन् । आमा ! को हुनुहुन्छ ?
आमाबुवा कोही हुनुहुन्छ, यहाँ ?

म छु बाबु को हौ ? हुमा भित्रबाट बोल्छिन् ।
दर्शन गर्छु आमा ! हुमाले दुई हातका दश औला दिँदै असल मानिस भए भन्ने आर्शिवाद दिन्छिन् ।
म तपार्इँको छोराको साथी हुँ । बङ्गलादेशबाट घर आएको थिएँ, भेट्न आएको ।
ओहो ! राम्रै ग¥यौ बाबु ! यता बस (पलङको गद्दामा बसाल्छिन्)

हाम्रो छोरा सँगसँगै छौ, बाबु !
अलि टाढा–टाढा छौँ तर सम्पर्क भइराख्छ ।
यो लिनोस्, तपाईँको छोराले पठाइदिएको यो स्मार्ट मोबाइल फोन हो ।
यसबाट तपाइँले सजिलैसँग छोरासँग कुरा गर्न सक्नु हुन्छ ।

ए हो बाबु ! यो पठाएर अति राम्रो काम ग¥यो, छोराले । हामीले चलाउन जान्छौँ त बाबु ।
सकिहाल्नुहुन्छ । यो पनि लिनोस् (विदेशी खानेकुराको प्याकेट) यो नगद रूपैयाँ ! व्यागबाट निकाल्दै क्रमशः दिन्छन् ।
खुसीले हुमाको खुट्टा भूइँमा रहेन ।

म चिया पकाउन जान्छु । यही बसिराख्नु है बावु ! बुवा पनि आउने बेला भाछ । भेट गरेर जाउला । केहीबेर पछि हुमाले चिया, अचार, पुरी ल्याउँछिन् ।
छोराले अरु केही भन्थ्यो कि बाबु !
सबै राम्रै छ भन्दिनु ।

आमा ! मलाई हतार छ । बुवालाई भेट्न अर्को दिन आउँला भन्दै युवा हिंडे ।