राहत वितरण पारदर्शी छ, कृषि मल विउको समस्या हुन नदिन सचेत छौं : प्रमुख प्रशासकीय अधिकृत मल्ल
कोरोना भाइरस (कोभिड–१९)को नेपालमा पनि संक्रमित बढदै गएका छन् । स्वास्थ्य मन्त्रालयले मगलवारसम्म १६ जनामा संक्रमित भेटिएको पुष्टि गरेको छ । सरकारले चैत ११ गतेदेखि शुरु गरको लकडाउन चौथो पटक थप गरेर २०७७ बैशाख १५ सम्म कायम गरेको छ । यो अवस्थामा सरकारको कुरालाई मानेर घरबाहिर ननिस्कनु बुद्धिमानी नै हो । कार्यालयहरुमा अति आवश्यक कामबाहेक सम्पूर्ण काम स्थगित नै छन् । स्थानीय सरकारहरुले कोरोना विरुद्धको सचेतना, क्वारोन्नाटाइन निर्माण, राहत वितरणका काम गरेका छन् । यो परिस्थितिमा बबइ गाउँपालिकाले कसरी काम गरिहेको छ । पालिका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्लसँग गोरक्षकर्मी इन्द्र डिसीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित बढदै गएका छन् । यो अवस्थामा गाउँपालिकाले कसरी काम गरिराखेको छ ?
नेपाल कोरोना भाइरसको उच्च जोखिमा छ । नेपालमा पनि संक्रमितको संख्या बढदै गएको छ । कोरानाको कारण विश्व नै आक्रान्त छ । त्यसकारण हामी सचेत र सजक बन्न जरुरी छ । हामीले पनि सरकारले भने जस्तै अतिआवश्यक सेवा दिने गरेका छौ । आवश्यक कर्मचारी (बिशेष गरेर स्वास्थ्यकर्मी) परिचालन गरेका छौ । त्यसैगरेर पालिकाभित्र के आवश्यक छ त्यसको पहिचान गर्दै त्यसको आधारमा कामहरु अघि बढाउँदै आएका छौ ।
यो संक्रमणबाट जोगिन पालिकामा के के काम भैराखेको छ ?
यो संक्रमणबाट जोगिनको लागि पालिकाले विभिन्न काम गरिराखेको छ । पालिकाका सवै नागरिकलाई संक्रमणबाट जोगिन सामाजिक दूरी कायम राख्दै सरसफाईमा विशेष ध्यान दिन अपिल गरेका छौ । जनप्रतिनिधिहरुले जनताको घरमा पुगेर स्वास्थ्य अवस्था बारेमा जानकारी लिने काम भेरहेको छ । त्यसैगरेर पालिका भित्र ३० वेडको क्वाराइन्टाइन निर्माण भएको छ । यो सयममा विदेश र भारतबाट आएको मानिसको लगत लिने, क्वाराइन्टाइनमा राख्ने र राहत वितरणको काम गरेका छौ । विपन्न र मजदुरीगरी खाने वर्गको लागि लकडाउनले समस्या श्रृजना गरेकोले त्यसको संवोधनको लागि खाद्य बैंक स्थापना गरेर मंगलवारसम्म ७ सय ६१ परिवारलाई राहत वितरणको काम भएको र बुधवारसम्म सवै वडामा पहिलो चरणको राहत वितरणको काम सकिने छ ।
राहत वितरणलाई कतिको पारदर्शी बनाउनु भएको छ ?
राहत वितरणको कामलाई पारदर्शी बनाएका छौ । वडास्तरमा वडाध्यक्षको संयोजकत्वमा सर्वदलीय समिति निर्माण गरेका छौ । उहाँहरुले नै पहिचान गरेका परिवारलाई नै राहत दिने काम भएको छ । प्रतिपरिवार २५ किलो चामल, नुन, दाल, तेल लगायतको वस्तु वितरण गरेका छौ ।
चालु आव २०७६÷०७७ का विकास निर्माणको कामको अवस्था कस्तो छ ?
लकडाउनसँगै विकास निर्माणका काम सवै रोकिएका छन् । चालु आव २०७६÷०७७ मा विनियोजन गरेका ६० प्रतिशत योजना सम्झौता भएको अवस्था छ । सम्झौता भएका योजना अधिकांस पुरा भएका छन् । तर भुक्तानी भने कम भएको छ । अव यो लकडाउन खुलेसँगै विकास निर्माणको कामले गति लिने विश्वास दिलाउन चाहन्छु ।
खेतीपाती शुरु हुने समय भै सकेको छ । कृषकलाई मल विउको समस्या कसरी संवोधन गर्नु भएको छ ?
कृषकलाई मल विउको समस्या हुन नदिनको लागि पालिका सजक र सचेत नै छ । त्यो अनुसारको व्यवस्था समेत मिलाउने तयारीमा छौ । कृषकहरुलाई सहकारी मार्फत नै मल विउ वितरणको काम हुने गरेको छ । त्यसकारण अव छिट्टै नै सहकारीका प्रतिनिधिसँग छलफल गरेर यो कार्यलाई अघि बढाउने छौ ।
