युवराज शर्मा
धर्म, परम्परा, संस्कार र पद्धतिका अनुयायी महिलाहरु हुन् । जसको जीवनमा जन्मघर र कर्मघरको बोझ उठाउनु पर्छ । बुवाआमा भाइबहिनीलाई जन्मघरमा छोडेर पराई घरमा कर्मथलो बनाउनुपर्ने पितृसत्तात्मक देशहरुमा छ । नेपाल पनि पितृसत्तात्मक देशमा पर्छ । त्यसैले होला नेपाली महिलाहरुले जीवनमा जन्मघर र कर्मघरका बोझहरु उठाउँदै आएका छन् । कतिपयले दाइजोको समस्याहरु भोग्नुपरेको छ ।
कतै तिलक प्रथाको बोझिलो भार थाम्न नसकेर आत्महत्या गर्नुपरेको तीतो सम्झना गर्छन् । एउटा समाजमा हुर्केकी, पढेकी र जवान भएकी चेलीलाई पराई घरमा पठाउँदा गहभरि आँसु आँखामा देखिने आमाको मार्मिक वेदना देखिन्छ । गर्भावस्थादेखि प्रसववेदना भोग्दासम्म छोरीको जन्मले आमाको प्रसववेदना शान्त भएर आमा बन्न पाएकोमा हर्ष व्यक्त गर्छिन् तर बाबुमा मानसिक बोझ बढेको झलक पाइन्छ । यदि छोराको जन्म भएमा बुवाआमा हर्षित हुन्छन् । उनीहरुले भन्छन्– वंशले संस्कारको वृद्धि भयो । यसले के देखाउँछ भने पितृसत्तात्मक परम्पराको सांस्कारिक पद्धति बढ्दै गयो ।
युवतीको विवाहपछि जीवनले कर्मघर हेर्छ । विवाह पद्धति धेरै प्रकारका छन् तर नेपालमा आठ प्रकारका पद्धतिहरुमध्ये चलनचल्तीमा ३ प्रकारका धेरैले अपनाउँछन् । जसमा मागी विवाह, भागी विवाह, बलजफताकार विवाह पद्धति धेरै चल्तीमा छन् । मागी विवाहमा केटा र केटी पक्षको व्यक्तिले विवाहको कुरा चलाउँछन् । त्यस्तो व्यक्तिलाई लमी भन्छन् । यसमा जातभात, नाता, कुटुम्ब र सामाजिक वातावरणलाई ध्यान दिन्छन् ।
वर्तमान समयमा केटीको चारित्रिक गुण, शिक्षा र स्वास्थ्यमा ध्यान दिने चलन छ भने केटाको घरको आर्थिक र सामाजिक अवस्था, शिक्षा, स्वास्थ्य र चारित्रिक गुणहरुको ज्ञान गर्ने काम बावुआमाका छोरी पक्षले गर्छन् । यसरी मागी विवाहको अन्तिम निर्णय हुन्छ । मागी विवाहलाई अङ्ग्रेजीमा लभ म्यारिज भन्छन् । केटाकेटीको मन मिलेर जोडिने आत्मा हो । यस्तो विवाहलाई दुई आत्माको एउटै मुटु पनि भन्छन् । प्रेम सम्बन्ध गहिरो बन्दै गएमा कर्मघर सप्रन्छ ।
यदि केटा वा केटीबाट अस्मिताको प्रश्न उठेमा वा केटाबाट आचरण बिग्रेमा अन्तरसम्बन्ध टुट्छ । कर्मघर भारिमतान्तरले भत्किन्छ । बलजफताकार विवाहमा केही मानिस लिएर केटाले केटीका घर नजिकै जाने र केटोले केटीलाई पकडेर लछारपछार गर्दै साथीहरुको सहयोगमा केटाले आफ्नो घरमा केटीलाई भिœयाउने पद्धतिको विवाह हो । केटीलाई विवाह गरी उनको सिउँदोमा सिन्दुरले रङ्गाएपछि चामलको भात पाक्यो भन्ने चलन छ । यसले महिलाको कर्मघर बन्छ । केटाकेटी बीचमा मायाजाल बस्छ र कर्मघर सप्रन्छ भनाइ बुढापाकाहरुको छ ।
मागी विवाहमा वैवाहिक कर्मकाण्डहरु हुन्छ । ब्राह्मण विवाह प्रायः ब्राह्मण र क्षेत्री समाजमा चल्ती छ । यस्तो विवाह परम्पराका नाममा खर्चिलो, भड्किलो र आडम्बरवादी शैलीमा भइरहेको पाउँछाँै । यस्तै विवाहमा सरिक हुँदा नयाँ तरिका अपनाएको देखियो । यस पद्धतिमा कलश र शिवको स्थापना हुन्छ । जुन शिवलाई शिवशङ्कर पण्डितहरुले भन्छन् । त्यो भनाइ गलत हो । शिव भनेको आत्मा हो । आत्माको मिलन विन्दु नै शिव हो । कर्मकाण्डी पण्डितहरुले नबुझेर व्यक्त गर्ने शब्दले आत्मानुशासन हराउँदै छ ।
सामाजिक व्यवहारमा विखण्डकारी नीति प्रयोग हुँदैछ । कर्मघर आएकी चेलीले माइतीघरकै हुन्छ । त्यस्तै उनकी सासुमाको पनि हुन्छ । आत्मानुशासन र सामाजिक व्यवहार बुहारी र सासुका बीचमा मेल आएन भने कर्मघर सप्रन्न, विखाण्डकारी बन्छ । पढेलेखेका शिक्षित चेलीहरुले आडम्बर, महत्वाकांक्षा, रिसाहा प्रवृत्ति त्याग्नुपर्छ । ममता, सहनशीलता, संयमता र सुव्यवहार अपनाउनु पर्छ । आत्मानुशासन पालन गर्नु, उत्तम बानी व्यवहार अपनाउनु हो । माइतीघरको सम्झना गर्नु राम्रो पक्ष हो भने कर्मघरको व्यवहार र चालचलनको ज्ञान गर्नु सवल पक्ष हो ।
पढेकी चेलीले कर्मघर गएपछि त्यहाँको सामाजिक वातावरण र आफ्नो लगनगाँठो बलियो बनाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ । घरको गृहलक्ष्मी बन्न सक्नु उनका लागि सफलता हासिल गर्नु हो । केटामा वंशाणुगत ज्ञान र सीपको विकास गरेर बुद्धि विकास गर्नुपर्छ । केटीले गुणवती बनेर गृहलक्ष्मी बन्नुपर्छ । तब मात्र सफल कर्मघर बन्छ । घरलाई सफल र विफल पार्ने कार्यशैली गृहलक्ष्मीको हो । तसर्थ कर्मघरलाई आर्थिक, सामाजिक, शैक्षिक, शारीरिक र मानसिक रुपले प्रगतिमा लग्नु महिलाले कर्मघर बनाउनु हो । चेली सफल बन्नु हो ।
मागी विवाहको ब्रह्म पद्धति वैवाहिक कार्यक्रममा भाग लिने अवसर पाएको थिएँ । दाङको सम्पन्नता झल्किने विवाह थियो । तीनवटा कार, एउटा जीप, हाइस र दुईवटा डिलक्स बसको जन्तिमा म पनि डिलक्सको यात्रा ५०किलोमिटरको दुरी पार गर्दा उकालो, ओरालो र समथर भू–भागको रमाइलो जन्तियात्रा भयो । एउटा एम्बुलेन्स अगाडि आयो र गाडी रोकियो । चालकले चालकलाई भन्यो– दुईजना यात्री लिएर घोराही जा तर डिलक्स चालकले रिजर्व गाडी हो । ठाउँ छैन, जन्तीहरु छन् ।
गन्तव्यमा पु¥याउने शर्तमा एम्बुलेन्सले यात्रुहरु बोकेर बुटवलबाट आएको रहेछ । अन्य कुनै पेसेन्जर गाडीमा पठाउनु पर्ने थियो । एम्बुलेन्स दाङ जाने भनेर चढेका यात्रुहरुलाई बीचमा अलपत्र पार्ने एम्बुलेन्स चालकलाई सम्बन्धित अफिसले कारबाही गर्न सक्दैनन् । छाडा प्रवृत्ति सरकारी चालकहरुमा भएको पाइयो । यहाँ पनि सांस्कारिक गुण र सामाजिक व्यवहारको छाडापन देखियो । यो नै कर्म क्षेत्रको अवगुण थियो ।
पढेलेखेको चेली र पढेको केटीले गरेको वैवाहिक सम्बन्धले चेलीको कर्मघर र केटाको घरको सामाजिक वातावरणले शान्ति, सुव्यवस्था, समाजमा आपसी ममता बढाउनु पर्नेछ । दाइभाइ बन्धुहरुमा मित्रता सदासयता, धीरता जस्ता आपसी ममता बढाउनु पर्ने समस्या छ । समस्याको समाधानका उपायहरु दुलाहा र दुलहीको बौद्धिक प्रयास आवश्यक छ । समस्या देखिन्छ, समाधानको उपाय पनि वरबधुमा निर्भर छ । पिढीगत अनुभवले अनुभूति हुन्छ ।
बाह्य शक्तिको आडमा पनि समस्या बढ्छ । संयमता, धीरता र सहनशीलता अपनाएर ममता जगाउन सकियो भने हृदय सफा हुनेछ । आत्मसम्मान बढ्ने छ । ममताको गाँठो कसिने छ । समाजमा प्रतिष्ठा बढ्ने छ । युवावर्गको कदम पनि बढ्ने छ । महिलाको जीवनले कर्मघर बलियो बन्ने छ । त्यसले समाजमा परिवारको इज्जत सधै उच्च स्थानमा रहनेछ । यसले घरपरिवार सुखी बनाउने छ ।