तरुण दलको केन्द्रीय कार्यसमिति बिस्तार, दाङका १० जना मनोनित

दाङ, १४ असार । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको कार्यसमिति विस्तार भएको छ ।

लामो समयदेखि विस्तार हुन नसकेको तरुण दलको कांग्रेस सभापति शेरबहादुर देउवाले विद्धान गुरुङको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ समितिलाई विस्तार गरेका हुन् । देउवाले एकैपटक चार सय जना जनालाई तरुण दलको केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।

मनोनितहरुलाई प्रदेश र जिल्लाबाट छनोट गरिएको छ । तरुण दलको कार्यसमिति विस्तार गर्दा दाङबाट १० जना केन्द्रीय सदस्यमा मनोनित भएका छन ।

जसमा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष पवन यादवसहित पवन आचार्य, हरिचन्द्र भण्डारी, सरोज शाह, सानुवावु खड्का, चेतन राना, मीनबहादुर शाही, इन्द्रमणि न्यौपाने (अनिल), श्रीधर न्यौपाने (सनत) र सधीर भण्डारी रहेका छन ।