घोराही,१२ असार । आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेड घोराही दाङले एक कार्यक्रमको आयोजना गरी ४ जना ब्यक्तिहरुलाई राहत तथा खाद्यान्न सामाग्री बितरण गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सौगतबीर चौधरीका अनुसार संस्थाले बर्षेनी सामाजिक उत्तरदायित्तव कोष अन्र्तगत संस्थाको कार्यक्षेत्रभित्र रहेका अत्ति बिपन्न तथा बिभिन्न समस्याहरुबाट ग्रसीत ब्यक्तिहलाई राहत तथा खाद्यान्न सामाग्री र शैक्षिक सामाग्रीहरु बितरण गर्दै आएको बताए ।
संस्थाले राहत कोष अन्र्तगत नै आज घोराही १८ नवलपुर निवासी मृगौला पीडित प्रतिमा चौधरीलाई नगद १० हजार, घोराही १७ गुलरिया निबासी प्यारालाईसिस पीडित सिर्जना चौधरीलाई नगद १० हजार, तुलसीपुर–१५चौधरी निबासी आगलागी पीडित सिता खड्का र घोराही १५ काठेकोहल निबासी शारिरिक अपाङता भएका महाबिर रोकालाई ५हजार बराबरको खाद्यान्न सामाग्री चामल, दाल, तेल, नुन, लुगाधुने साबुन, सलाईलगायतको राहत सामाग्री हस्तान्तरण गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत सोगतबीर चौधरीले बताए । आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेडलाई ग्रामीण महिला उत्थान केन्द्र दाङले प्रर्बद्धन गरेको हो ।