Goraksha

National Daily

दाङ उवासंघको व्यानर दूरुपयोगगरी दुवानी गर्नेलाई कारबाही होस् : महासचिव कार्की

दाङ, बैशाख ३ । दाङ उद्योग बाणिज्य संघको व्यानर राखेर भारतवाट तुलसीपुर स्थित तरकारी बजारमा तरकारी तथा फलपूmल ल्याइएको घटनाप्रति दाङ उवासंगले गंभिर आपत्ति जनाएको छ । त्यसरी संस्थाको व्यानारको दूरुपयोग गर्नेलाई उवासंघले कारबाहीको माग समेत गरेको छ ।

‘यो संस्थाको व्यानरको दूरुपयोग हो’ उवासंघका महासचिव नरेश कार्कीले गोरक्षसंग कुरा गर्दै भने, ‘यो काममा संलग्नलाई कारबाही गर्न हामीले जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि गरिसकेका छौं ।’ कार्कीले उवासंघ उपभोक्ताको स्वास्थ्य र कोरोना बिरुद्धको लडाई प्रति गंभिर रहेको स्पष्ट पनि पारेका छन् । ‘कोरोनाको बिरुद्धमा सिंगो संसार लड्दै गर्दा हामीले पनि यो लडाईका अनुसाशित सिपाहीका रुपमा आफुलाई प्रस्तुत गर्दै आएका छौं’ उनले भने, ‘हामी आफैले गरेका प्रतिबद्धता, मिलाएका व्यवस्थापकीय पक्षहरु तथा आम उपभोक्ताहरुको चाहनालाई सक्दो सहयोग गर्ने कुरामा कसैले शंका नगर्दा हुन्छ ।’ उनले प्रतिष्ठित संस्थाको नाम दूरुपयोग गरेर समाजमा अस्वीकार्य हर्कत देखाउन उपर हदैसम्मको कारबाही गरिनु पर्नेमा दाङ उवासंघको जोड रहेको पनि जानकारी गराएका छन् ।

मंगलबार एका बिहानै दाङ उवासंघको व्यानर सहितको एउटा गाडीबाट फलफुल र तरकारी तुलसीपुरको सब्जीमण्डीमा भित्राउने प्रयास भएको थियो । त्यो कुरा थाहा हुनासाथ गाडी र संलग्न व्यक्तिलाई नियन्त्रामा लिइ मण्डीमा शील गरिएको थियो ।