खानेपानी तथा सरसफाइ सम्वन्धी सचेतना

दाङ, ३ असार । घोराही उपमहानगरपालिका वडा नं १८ मसिनामा खानेपानी तथा सरसफाई सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । समाज कल्याण केन्द्रको आयोजना तथा घोराही खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको सहयोगमा कार्यक्रम भएको हो ।

कार्यक्रम केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं १८ का वडाध्यक्ष भरतमणि अर्यालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वोल्ने बक्ताहरुले खानेपानी तथा सरसफाइका बारेमा नागरिकमा सचेतना दिनुपर्ने बताएका थिए ।

ग्रामीणस्तरमा यसको बारेमा वुझन नसक्दा दुषीत पानी पिउने तथा सरसफाइमा ध्यान नदिदा विरामी पर्ने गरेको उनीहरुको भनाइ रहेको थियो । यस प्रकारका सचेतना मुलम कार्यक्रमलाइ व्यापक वनाउन समेत आग्रह गरेका थिए । पानीको मुहान संरक्षण र सरफाइ हुन नसेको भन्दै त्यसतर्फ ध्यान दिन समेत आग्रह गरेका थिए । त्यसअवसरमा पार्वती योगी र जानका केसीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा घोराही खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका कोषाध्यक्ष धुर्व के सी, केशरवहादुर रावत, पूर्णवहादुर मल्ल, भरतमणि शर्मा, प्रदिप वेलवासे, वशन्ता खड्का लगाएतकाले भनाइ राखेका थिए । केन्द्रका सदस्य पुजा योगीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको कार्यक्रममा सहभागीलाइ धन्यवाद ज्ञापन सदस्य भगवती आचार्यले गरेकी थिइन । कार्यक्रमको सहजीकरण सदस्य मिना वलीले गरेकी थिइन् ।