के.पी. सुवेदी
लामो खडेरीले तरकारीहरु र अन्नबाली समेत पनि सुकेर काम नलाग्ने अवस्थामा पुगिसकेको भए पनि तत्कालै केही गरेर त्यसको व्यवस्थित गर्ने मानिससँग कुनै उपाय नभएकोले यति बेला देवी देवताका नाममा भाकल गर्ने र प्रार्थना गर्ने क्रम निरन्तर चल्न थालेको छ।
पूर्वी नेपाललगायत मध्यपहाडी भागका केही स्थानमा हल्का बर्षा भइरहेको सुनिन्छ तर तराई, भित्रिमधेश र पश्चिम नेपालमा निकै लामो समयदेखि पानी पर्न नसकेकोले सुख्खा हुँदै इनार, कुवाँ र पुराना साना–साना मुहान सुकेका छन् । तराई र भित्रिमधेशसहित मध्यपहाडी भागमा समेत खडेरीको असर दैनिकिमा समेत पर्न थालेको छ । पानीका स्रोत चाहे जहाँसुकैको पनि सञ्चय भण्डार जमिनमुनि रहेको हुन्छ । त्यसको समयमा बर्सात हँुंदा जमिनमुनि स्वःतह भण्डारण हुन्छ ।
त्यसलाई मानिसले गरेको नभइ प्रकृतिले भण्डारण गरिदिँदा मानिसले प्रकृतिबाट स्वतह प्राप्त गर्छ । त्यसरी पाउनु एउटा वरदान हो जसलाई मानिसले घटाउन सक्छ, सकिराखेको छ । मानिसकै प्रकृतिक सन्तुलन विगार्ने लागि परेको छ । पछिल्लो समयमा प्राकृतिक सन्तुलनमा मानिसको हस्तक्षेप धेरै मात्रामा हुन थालेपछि, जलवायु परिवर्तन हुँदै गएको छ र त्यसैको असर विभिन्न अवस्थामा अहिलेसम्म हामी झेल्दै आएका छौँ ।
जलवायु तथा मौसमविदहरुको भनाइअनुसार, मानिसको चाप पृथ्वीमा बढिरहेको छ । परिणामस्वरूप पृथ्वीको तापमान बढिरहेको छ । हिमालमा हिउँ पग्लेर चट्टान मात्र हुने र वनजङ्गल मासिने क्रम बढेपछि पानी पर्न कम भएको हुन सक्छ । यति बेला बर्षातले खेतमा धानको विउ हरियै भइसक्नुपर्ने तर विउ उमार्न समेत पानी छैन । खेती अन्न यवम् तरकारी उत्पादनका लागि समयमा रासायनिक मल नपाएर किसानहरु छटपटाइरहेको बेला पानीका मुहानहरु सुकेर अर्को अभावका सामना गर्न किसानलाई बाध्य पारिएको छ ।
संयोग पनि हुनसक्छ, पानी नपरेर खेती गर्न नपाइरहेको बेला किसानले खडेरी विरुद्ध सङ्घर्ष गर्न एक्यवद्ध्ता जनाउनुपर्ने भएछ । हरेक वर्ष जुन महिनाको १७ तारिकमा अन्तर्राष्ट्रिय खडेरी विरुद्धको सङ्घर्ष दिवस हिजो नै परेको छ । सन १९९५ देखि यो दिवस मनाउँदै मानिसले प्रकृतिमैत्री व्यवहारको एक्यवद्धता जनाएको हो । सबैले बुझेको र व्यहोरेको कुरालाई आधार मान्दै प्रकृतिका सिर्जनात्मक अवयवहरुलाई संरक्षण गर्दै, मानिसले वरदानका रुपमा प्राप्त गरेका सम्पदाहरुको सम्बद्र्धन साझा सरोकारको विषय बनाउने सङ्कल्प गरेको दिन हो विश्व खडेरी विरुद्धको सङ्घर्ष दिवस ।
सङ्घर्ष त गर्ने तर कसरी, के मानिसले चाहेर प्रकृति केही गर्न सक्छ ? अहँ सक्तैन यो कुरा मानिसको वसमा छैन तर यसलाई यसरी बुझ्नुपर्न हुन्छ कि, मानिसको कस्तो गल्तिले खडेरीको सामना गर्ने बाध्यता आइलाग्यो यही कुराको अध्ययन गरी विश्व समुदायमा चेतना प्रवाह गर्ने र खडेरीको मारमा परि भोकमरीको अवस्थाबाट आहत भएका मानिसहरुलाई थोरै भएपनि सहयोग गर्ने उद्देश्यले यो दिनको सम्झना गरिएको बुझिन्छ ।
लामो खडेरी परेर पिउने पानिसम्म नपाउने अवस्था भयो भने त्यहाँ जीवनको गुञ्जाएस हँुंदैन, त्यसकारण पानीका मुहानमा असर पर्ने गरी जमिन र जङ्गल नस्ट नगर्ने, पानीका तालतलैया र सिमसार जस्ता भू–बनावटको सुरक्षा गर्ने, ठूला बाँधहरु निर्माण गरेर कृत्रिम तलाउहरु बनाउँदै पानी संरक्षणका विविध उपाएहरु अपनाउने ।
लामो खडेरीले अन्न, तरकारी, फलफूल सबै उत्पादन घटेर आर्थिक अवस्था जर्जर भएका अफ्रिका र दक्षिण एसियाका मुलुकहरु बढी हुन्छन् । यस्ता मुलुकले व्यहोरेको सङ्कटलाई आत्मानुभूत गर्दै विश्वका अन्य मुलुकले पनि शिक्षा लिन जरुरी हुन्छ । सबै ठाउँमा एकैपटक यस्तो हाहाकारको अवस्था नआउन सक्छ तर प्रकृतिले कसैलाई चिन्दैन, जहाँ प्रतिकूल व्यवहार गरेर प्राकृतिक सन्तुलन खलबल्याउने काम हुन्छ । त्यहाँ यस्तो स्थिति जहिले पनि आउन सक्छ । कृषिप्रधान अर्थ व्यवस्था भनेर भन्ने गरिएको हाम्रो देशमा कृषि प्राथमिकता नपरेको कति भयो कति, अहिले त नेपालको परिचय नै फेरिसक्यो ।
किनभने कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने प्रयास लोकतांन्त्रक, गणतान्त्रिक सरकारहरुले गर्न सकेको छैनन् । अहिले देशको अर्थ व्यवस्थाको झण्डै आधाभाग विप्रेषणले ओगटेको छ । किसानले समयमा मल, बिउ तथा अवस्थाअनुसार औजार तथा ऋण अनुदान, उत्पादित वस्तुको बजार व्यवस्थामा सरकारको भूमिका शून्य हुन्छ । त्यस्तो उपेक्षित व्यवसायबाट भविष्य कसरी उज्ज्वल देख्ने एउटा युवा तथा उध्योमशील व्यक्तिले ? त्यसैले विश्वका कुन मुलुकमा श्रम बेच्दा महँगोमा बेच्न सकिन्छ र मनग्य धन कमाएर परिवारको भविष्य उज्यालो बनाउन सकिन्छ भन्ने चिन्तन हावी हुँदै गएकोछ ।
द्वन्दकालमा युवाहरुलाई बन्दुक समाउन लगाउने माओवादीको कार्यको विपक्षमा रहने युवाहरु यो भन्दा बरु विदेशीनु उपयुक्त उपाए सम्झेर कामको बहानामा विदेशिने क्रम सुरु भयो । यहाँसम्म आइपुग्दा कृषि सबैबाट उपेक्षित हुन सुरु भयो र विदेशमा जाने र त्यसैमा रमाउने आम गरिखाने व्यक्तिको बुझाइ बन्यो । विदेशमा कमाउने विदेशी सामान किन्ने जसरी पनि पर निर्भर हुनपुग्यो ।
सरकार न वेरोजगारीको चिन्ता न किसानको चिन्ता एक किसिमले ज्म्मिेवारी लिनै नपर्ने आफ्नै बन्दोबस्त मिलाउन जे गर्न सकिन्छ त्यही गरे पुग्ने यही नियमित अनियमितता हिजो र आज पनि । त्यसैले खडेरी त पानीको मात्रै कहाँ होर रासायनिक मल विउबिजन उपकरण र सबैभन्दा बढी विचार कै खडेरीले दूरदिन निम्तिने खतरा बढ्दै छ ।