तुलसीपुर, २९ जेठ । दाङको तुलसीपुरस्थित सल्यान रोडमा ॐ श्रीदी कस्मेटिक पसल सञ्चालनमा आएको छ । पसलको उद्घाटन गर्दै तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले व्यापारीहरू पलायन हुँदै गएको समयमा युवा पुस्ताले स्वदेशमै लगानी गरेर व्यवसाय गर्नु अहिलेको आवश्यता भएको बताएका छन् ।
साथै घर्तीले व्यवसाय प्रवद्र्धनको लागी राज्य र सम्बन्धित निकाएहरु समेत जिम्मेवार बन्न आवश्यक रहेको बताए । अहिलेको समयमा युवा पुस्ताहरु स्वदेशमा भन्दा विदेश रोजगारमा जाने लहर चले पनी स्वदेशमै केही गरौं भन्ने उद्देश्यले आफूले व्यवसाय शुरु गरेको कस्मेटिक पसलका प्रोप्राइटर खमबहादुर बुढाले जानकारी दिए ।