तुलसीपुरको तरकारी मण्डी शील गरियो
तुलसीपुर, वैशाख २ ।
भारतबाट तरकारी आयत भएपछि तुलसीपुर स्थित तरकारीमण्डी नै शील गरिएको छ । केहि दिन अगाडि उपमहानगरपालिकाले दाङमै प्रयाप्त तरकारी उत्पादन भएकाले भारतबाट तरकारी आयत नगर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयको अबज्ञा गर्दै अबैध रुपमा तरकारी भित्र्याएपछि मंगलवार तरकारी तथा फलफुल बजार शील गरिएको हो । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता तथा हित संरक्षण शाखा र तुलसीपुर उद्योग बाणिज्य संघको टोलिले मन्डी शील गरेको हो ।
यस कार्यले कोरोना संक्रमणको जोखिम बढन सक्ने भन्दै शील गरेको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरु रावतले जानकारी दिए ।
यस्तै भारतीय तरकारी र फलफुल विक्री गरेको भन्दै सापकोटा तरकारी पसल र मनोज फ्रुट हाउसका सञ्चालकलाई कारवाही गरिने भएको छ ।
सञ्चालक दुवैलाई संक्रमणको आशंकामा तुलसीपुरको क्वारेन्टाइनमा लगिएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए । यस्तै भारतीय गाडिमा आएका चालकसहित चारजनालाई उपमहानगरपालिकाले क्वारेन्टाइनमा राखेको बताइएको छ ।
