दाङ,१७ जेठ । ‘गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौ, संघीयता खारेज गरौ’ भन्ने मूल नारासहित राजमो केन्द्रिय समितिको निर्णय अनुसार घोराहीमा विरोध सभा सम्पन्न भएको छ।
राजमो दाङका अध्यक्ष गणेश आचार्यले सम्वोधन गर्दै भारतले नेपालको प्रसिद्ध ठाउँ लुम्बिनी र कपिलवस्तु नेपाली भूमिलाई भारतको नक्सा जारी गरेको र प्रधानमन्त्री प्रचन्ड भारत भ्रमण जानु दुर्इ घण्टा अगाडी राष्ट्रपति रामचन्द्र पौडेल प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल फिर्ता गर्न माग गरेका हुन ।
नागरिकता विधेयकका कारण देश फिजीकरण र सिक्किमीकरण हुने झन खतरा बढेको बताए । त्यसकारण संघीयता खारेजी र गणतन्त्र, धर्म निरपेक्षता जोगाउन सिंगो देशका जनता सङ्घर्षमा उतरिनुको विकल्प नभएको बताए ।
प्रमुख दलहरु अखण्ड भारत र नागरिकता विधेयकका विषयमा मौन रहेका बेला राष्ट्रिय जनमोर्चा भने आन्दोललनमा उत्रिएको छ । त्यसैगरी अखिल नेपाल किसान सङ्घका मनिराम खनालले विरोध सभालाई सम्बोधन गर्दै भारतीय साम्राज्यवाद द्धारा लुम्बिनी र कपिलवस्तुसहितका नेपाली भुमि भारतीय नक्सामा राख्ने कार्यका विरूद्ध नेपाली किसान मजदुर सबै जनता एकताबद्ध भएर लाग्न आह्वान गरेका थिए । विरोधसभालाई सञ्चालन राजमोका जिल्ला सदस्य सुशील पोख्रेलले गरेका थिए ।