गणतन्त्र दिवसका अवसरमा ब्याडमिन्टन प्रतियोगिता

सिसहनिया, १४ जेठ । गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते भोली देउखुरीको सिसहनियामा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

युग सिसहनियाको आयोजना र मुक्तिनाथ विकास बैकको सहयोगमा प्रतियोगिता हुन थालेको हो । ब्याडमिन्टन प्रतियोगितामा शुभदपर्ण ब्याडमिन्टन क्लवका १० खेलाडीले सहभागिता जनाउने युग सिसहनियाका सचिव विक्रान्त ज्ञवालीले जानकारी दिएका छन् ।

‘लागुपदार्थ त्यागौ, खेलकुदमा लागौ, स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ १६ औं गणतन्त्र दिवसको अवसर पारेर प्रतियोगिता गर्न थालिएको हो ।

स्थानीय खेलाडीहरुको खेलप्रतिको सक्रियतालाई बढावा दिन सामाजिक उत्तरदायित्वको आधारमा प्रतियोगिता सञ्चालनमा सहयोग गरिएको मुक्तिनाथ विकास बैक सिसहनिया शाखाका प्रमुख दिपककुमार पाण्डेले जानकारी दिएका छन् ।

शुभ दपर्ण एकेडेमीको खेल मैदानमा सञ्चालन गरिने भएको छ । ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई नगद, शिल्ड, प्रमाणपत्र तथा ड्रेससेटको पुरस्कारको व्यवस्था गरिएको युग सिसहनियाका कोषाध्यक्ष भागवत ज्ञवालीले जानकारी दिएका छन् ।

व्याटमिन्टन प्रतियोगिताको सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकीले उद्घाटन गर्ने कार्यक्रम रहेको युग सिसहनिया क्लवका अध्यक्ष किशोरकुमार शर्मा रेग्मीले जानकारी दिएका छन् ।