मानव समाज र सामाजिक व्यवहार

युवराज शर्मा
मानव एउटा चेतनशील प्राणी हो । यो समाजविहीन भएर बस्न सक्दैन । मानव समाजको साथमा पशुपन्छी, बनस्पतिजस्ता प्राणीहरुसँग जोडिएको छ । मानव–मानव सँगको सम्बन्ध, प्राणी–प्राणी बीचको सम्बन्धजस्ता विषयले मानव समाज अग्रणी भूमिकामा हुन्छ । त्यसैले मानवलाई सामाजिक प्राणी हो भन्छन् । यो समाज झुण्डमा बस्छ । झुण्डमा रहँदा चेतना, सहनशील, दया, माया, संवेदनशीलका विषयमा निष्कर्षमा पुग्छन् ।

राज्यको महत्वपूर्ण क्षेत्र पनि समाजबाट जन्मिन्छ । शिक्षण संस्थाहरु र स्वास्थ्य संस्थाहरु पनि समाज निर्माण र स्वास्थ्योपचारका आधारहरु हुन् । कस्तो समाजको निर्माण गर्ने ? यस विषयको निराकरण गर्ने क्षेत्र पनि समाज नै हो । आपराधिक कार्यहरु पनि समाजमा घट्छ । त्यसको छानबिन गर्ने निकाय पनि समाज नै हो । समाजलाई कस्तो स्वरुप दिने भन्ने पनि समाज नै हो । त्यस कारण समाज पनि सामाजिक बन्धनमा हुन्छ । समाजबाट बन्ने अगुवा पनि समाजबाट बन्छ तर उसमा निर्णयात्मक क्षमता हुनुपर्छ । त्यसैले होला समाज निर्माण गर्न शिक्षाको महत्व छ ।

नेपालमा दुई थरिका शिक्षण संस्थाहरु छन् । पहिलो सामुदायिक शिक्षण संस्था र दास्रो संस्थागत निजी बोर्डिङ शिक्षण संस्थाहरु यस्ता संस्थाहरु कक्षा १ देखि +२ सम्मका सामुदायिक स्कुलहरु छन् भने त्रिविविलगायत अन्य विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु छन् । त्यस्तै संस्थागत शिक्षण संस्थाहरु पनि त्रिविविलगायत अन्य विश्वविद्यालयका क्यापसहरु छन् ।

सबै शिक्षण संस्थाहरुको एउटै उद्देश्य हो, विद्यार्थीहरुमा आत्मानुशासन र सामाजिक व्यवहारको ज्ञान र सीपको विकास विभिन्न विषयहरुमा गराउने हो तर सामुदायिक शिक्षण संस्थाहरुमा राजनीतिक प्रभाव छ भने संस्थागत शिक्षण संस्थाहरुल पनि व्यापारिक रुपले काम गर्ने नीति संस्थागत व्यक्तिहरुको देखिएको अवस्था छ ।

समाज निर्माणका लागि शिक्षण संस्थाहरुको भूमिका महत्वपूर्ण छ । जब शिक्षण संस्थाको उत्पादन नै असल र स्तरीय तहको व्यक्ति बन्नु हो । अहिलेका अधिकांश विद्यार्थीहरु गलत बाटोतर्फ लागेर दुई बाटो अपनाएका छन् । प्रथम कक्षा १२ को जाँच दिएर विदेशिन्छन् । पराई मुलुकमा गएर रोजगारका नाममा गएका छन् ।

दोस्रो पार्टीका नेताहरुका झोले बनेर रोजगारका लागि पछि–पछि लाग्छन् । जसमा सामाजिक भावना छैन । उनीहरु घमण्डी, अहकारी र आडम्बर बनिरहेका छन् । यस्तो वातावरणको राज्य भएपछि शान्ति र सुरक्षा बलियो अवस्था राज्यमा हँुदैन । अहिले नेपालको अवस्था दर्दनाक बनेको छ । कतै परतन्त्र बन्ने त होइन? नागरिकको मन–मनमा चर्चा चलेको छ ।

मानव समाजमा स्वास्थ्य ज्ञानको महत्व छ । शरीर स्वस्थ भएन भने विभिन्न रोगहरुले सताउँछ । स्वस्थ हुन आहार र विहारमा निर्भर हुन्छ । मानव समाज परिस्कृत बन्न स्वास्थ शरीर हुनुपर्छ तर नेपालमा खाद्य समस्या बढिरहेको छ । शरीरका लागि नभइ नहुने पानी पनि चाहिन्छ तर विदेशबाट २८ अर्बको खाद्य आयात गर्नुपर्छ ।

पानीको धनी देश नेपाल हुँदाहुँदै पनि खेतीयोग्य जमिनहरु बाँझै छन् । युवाशक्ति विदेशिएको छ । पानीबाट बिजुली बन्छ र बल्छ पनि । तैपनि देश बनाउने नेतृत्ववर्ग स्वार्थी बनेका कारण खाद्य आयात गर्ने देश बनेको छ । त्यसकारण नेपाली मानव समाज सिर्जनात्मक ज्ञान र सीपमा पछि परेको छ ।

२०४६ सालदेखि समाजमा स्वार्थी भावना र संकीर्णताको भावना समाजमा छ । यस्तो परिस्थितिमा समाज र सामाजिक भावना हट्दै गएको समाज बढ्दैछ । प्राकृतिक स्रोत र साधनहरु पर्याप्त हुँदाहुँदै पनि खाद्यमा आत्मनिर्भर बन्न नसक्नु लजास्पद अवस्था छ । नेपालमा शिक्षा, स्वास्थ्य, रोजगार र खानेपानी कृषि कार्यको कमजोरी बन्यो । यसमा शिक्षालाई रोजगार बनाउन सकिएन । बजारीकरण गरियो ।

स्वास्थ्यमा पनि सरकारी ध्यान पुगेन । स्वास्थ्य र शिक्षालाई निजी वर्गलाई दिइयो । समाजमा गरिब र धनीवर्गमा बाँडियो । समाजमा पनि धनी र गरिबको भेदभाव बढाइयो । यसले समाजमा भएका व्यक्तिहरुमा भेदभावको भावना राज्यबाट भयो । यसले समाजमा द्वन्द्वात्मक वातावरण बन्यो । हाम्रो समाजमा सामाजिक भावना हरायो ।

गाउँले नागरिमा आत्मज्ञान र आत्मानुशासन थियो । उनीहरुले आफूले पालना गर्नुपर्ने संस्कृति संस्कारिक गुण र सामाजिक मर्यादा थियो । कृषि कर्ममा रमाएका थिए । अब युवाहरु गाउँबाट हराउँदै गए । वैदेशिक रोजगारमा पलायन भए । विदेशको कमाइ स्वदेशमा रेमिटेन्स पठाउने भएका छन् ।

गणतन्त्रबाट राज्य सञ्चालक नेताहरुले तलबभत्तामा अवसर जुटाएर रमाउने वातावरण बनेको छ । यस्तो अवस्थामा नागरिकले पाउने उपलब्धिभन्दा नेता र झोले कार्यकर्ताहरु रमाउने दिनचर्या चएको छ । नागरिले के पाए ? के गुमाए ? सम्बन्धमा खोजी गर्ने देखियो । आपसी मनमुटाव र द्वन्द्वको भावना बढ्यो । यसले समाजमा सामाजिक भावना भएन । यस्तो हुनु सामाजिक व्यवहारमा देखिएको दूरभाव हो । जसलाई नेतृत्ववर्गले आत्मसात गर्न सकेको छैन ।

पदासिन व्यक्तिहरुमा जिम्मेवारी, जवाफदेही र पारदर्शीमा कमी भइरहेको छ । यसले सामाजिक क्षेत्रमा व्यक्तिको चरित्र उदाङ्गिएको छ । नैतिकता देखिन्न । पदीय दुरुपयोग गरेको देखियो । मानव समाजमा मान्छे सामाजिक बन्नुपथ्र्यो तर नसक्नु राज्य सञ्चालकको धीरता, सम्यमता र सेवा भाव हराएर शोषक, सामन्त र विश्वासघाती स्वरुप समाजमा भयो ।

सुसंस्कृत समाज बन्नुपर्ने समयमा कुकृत्यका व्यक्तिहरु बढ्दै गए । कतै मानव समाज अवराधि वातावरणको बन्ने त होइन ? यस्तो सोचाइ गाउँघरमा बढ्दो छ । सामाजिक व्यवहार रुखो र प्रतिशोधी बन्दै छ । शान्त वातावरण पाइन्न ।