दाङ, १२ जेठ । नयाँ बजेटको पूर्व सन्ध्यामा सरोकारवाला निकाय तथा संघसंस्थाको विकास योजना तर्जुमा गर्दै विकास माग्ने क्रम चलेको छ ।
बजेट विनियोजनका दिन नजिकिरहँदा सरोकालवाला संघ संस्थाले पनि विकासे योजना माग गर्न थालेका हुन् । यतिबेला लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय तथा विभिन्न मन्त्रालयमा विकास माग्नेको भीडभाड बढेको छ ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई विकासे फाइलका बारेमा योजना सुन्न र ब्रिफिङ गर्न भ्याइनभ्याई छ ।
त्यसो त संसद भवन बाहिर पनि विभिन्न क्षेत्रबाट आएका संघसंस्था तथा सरोकालवाला निकायको भीडभाड त्यतिकै बाक्लो देखिन्छ । आआफ्ना क्षेत्रका सांसदलाई समेत विकास योजनाका माग फाइल बुझाइरहेका दृश्य पनि त्यतिकै सघन देखिन्छन् । यसैबीच दाङको नारायणपुर विकास सरोकार समिति पनि विभिन्न विकासे योजनाको फाइल बोकी आज लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालयमै पुग्यो । समग्र नारायणपुर क्षेत्रको विकासमा सरोकार राख्ने उद्देश्यका साथ गठन भएको समितिले विकासका मुद्दामा बलियो उपस्थिति जनाउँदै आएको छ ।
ञसरकारले विकासका योजना तर्जुमा गर्दै विकास प्रक्रियालाई अगाडि बढाउने एउटा प्रवृत्ति त छँदैछ तर सरकारले गम्भीर नमानेको आवश्यक नठानेका कतिपय विकासका कार्य स्थानीय स्तरमा रहेका छन् । हामी त्यस्ता मुद्दालाई प्राथमिकतामा राखी सरकार तथा सम्बन्धित निकायलाई झकझकाउने गर्दै आएका छौँ । त्यसैको प्रारूपस्वरूप आज हामी मुख्यमन्त्री कार्यालयमा आइपुगेका हौँ ।झ समितिका संयोजक अभियान बस्नेतले बताए ।
ञइलाका प्रहरी कार्यालय नारायणपुरको प्रहरी पोस्ट भवन निर्माणलाई अहिले हामीले प्राथमिकतामा राखेका छौँ । भग्नावशेष अवस्थामा रहेको भवन वा पानी चुहिनुका साथै जीर्ण अवस्थामा रहेको थियो । बसोबास गर्न र कार्यालयीय गतिविधि सञ्चालन गर्न समेत मुस्किल भएपछि भवन भत्काइएको हो ।
भवन भत्काएको झण्डै तीन वर्ष पुगिसकेको छ तर अझै निर्माण हुन नसक्दा कार्य सञ्चालनमा अप्ठ्यारो परेको छ । प्रहरी भवन निर्माण तथा प्रहरी पोस्ट भवन निर्माण , होलेरी( नारायणपुर( रिहार जोड्ने बाटो निर्माण तथा नारायणपुर क्षेत्रमा १५ शैयाको अस्पताल निर्माण लगायतका मागलाई समितिले प्राथमिकतामा राखेको छ ।झ संयोजक बस्नेतले बताए ।
त्यस्तै विकासे फाइल बोकेर घोराही उपमहानगरपालिका वडा नम्वर ९ बाट लरैना मन्दिरको बृहत्तर विकास, मछाहीमा पक्की नाला, एकल घरूवादेखि कर्मटुवासम्म पक्की सिचाइ नाला, कर्मटियादेखि भगवार हुँदै कोठरी जोड्ने सडकको स्तरोन्नति माग लिएर महेन्द्र दाहालको नेतृवमा एक समूह पनि विकास माग्न मुख्यमन्त्री कार्यालय पुगेको थियो ।
त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर ९ मकुनडाँडाबाट पनि डिप बोरिङ, प्रावि मकुनडाँडाको ५ कोठे भवन निर्माण, हापुर खोलादेखि अस्परीसम्म ३ किलोमिटर सडक पिचका माग लिएर गेहेन्द्र बस्नेतको नेतृत्वमा एक समूह मुख्यमन्त्री कार्यालयमा पुगेको थियो ।
त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष तारा डाँगी पनि समग्र वडाको विकासको माग गर्न मुख्यमन्त्री कार्यालय पुगेका थिए ।विकासे योजना मागका फाइल बुझ्दै मुख्यमन्त्री चौधरीले सकारात्मक आश्वासन दिंदै रचनात्मक भूमिका निर्वाह गर्ने आश्वस्त पारे ।
त्यस्तै मुख्यमन्त्री कार्यालयमै भेटिएका लुम्बिनी प्रदेशका सांसद प्रचण्ड विक्रम न्यौपाने गुन्टुले मुख्यमन्त्री चौधरीलाई विकासे योजनामा रचनात्मक भूमिका निभाउन अनुरोध गरे । सांसद न्यौपानेले विकासका लागि आफूले पनि पहल गर्ने बताए ।
नारायणपुर विकास सरोकार समिति विकास माग्न आज शुक्रबार लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीलाई पनि भेट्यो । मन्त्री मास्कीलाई पनि विकासे योजनाको फाइल पेस गरेको छ । मन्त्री मास्केले सरोकार समितिले पेस गरेको फाइलमा रहेका विकासका योजनालाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरे ।