calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

मार्शल आर्ट्स हाप्किडो संघ लुम्विनी प्रदेशमा नयाँ कार्यसमिति चयन

देउखुरी, १० जेठ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ लुम्बिनी प्रदेशको अध्यक्षमा टेकराज केसी निर्वाचित भएका छन् । बुधवार राप्ती गाउपालिकाको सभाहलमा भएको लुम्बिनी प्रदेशस्तरीय भेलाले केसी अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा दुर्गाबहादुर खड्का, सचिवमा मोहसिन समिर हल्वाई, कोषाध्यक्षमा बिकाशकुमार बाठामगर रहेका छन् । त्यसैगरी सदस्यहरुमा महेश गुरुङ, सिर्जना बुढामगर, इशान पाठक, निक्कु विश्वकर्मा, रामकृष्ण डाँगी, रवि सुनार र माधव भण्डारी चयन भएका छन् । बाँकी दुई सदस्यपछि थप गरिने भएको छ ।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरको अध्यक्षतामा तथा प्रदेश खेलकुद परिषद, लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईको प्रमुख आतिथ्यता र राप्ती गाउपालिकाका उपाध्यक्ष कमलापति चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । १२ जिल्लाको प्रतिनिधि, परिवेक्षक र प्रशिक्षकहरुको उपस्थिती रहेको थियो ।