हाइ–हाइ लोकतन्त्र

मधुसुदन सुवेदी
नेपाल बुढा पुरानाको उखानअनुसार सतीले सरापेको देश हो भन्छन् तर सती को हुन् र किन सरापिन् सबैलाई थाहा छैन । थाहा के छ भने, नेपालमा लोकतन्त्र आइसकेपछि महिला अधिकारका कुरा निकै उठेर नेपालमा महिला राष्ट्रपतिसम्म भए । महिला सर्वोच्च पदमा रहँदा, बस्दा नेपालभरिकै महिलाको जीवन शैलीमा सुधार, फेरबदल आएन तर केही हुनेखाने महिलाको भने भाग्य नै चम्कियो ।

त्यसैले कुरा के हो भने अधिकारको । हिजो बोल्नका लागि मात्र अधिकार खोजे आज बोल्न पाएपछि देश नै सुरुङ पारेर खोल्ने अधिकार खोज्दैछन् । बोल्ने अधिकार पाएपछि नेपालका नाम चलेकासम्म बलेका नेता, मन्त्री, कलाकार, शिक्षक, वकिल, व्यापारी, कर्मचारी सबै तह र तप्काका पुरुषहरु महिलाकै कारण अपहेलित र अपमानितसम्म हुनुप¥यो । चाहे त्यो सभ्य घरमा आधारित होस् चाहे त्यो नाटक र अभिनय होस् महिलाकै कारण पुरुषले नाम र सम्मान गरिएको देखियो ।

त्यसैले पनि महिलाको अधिकारलाई सम्बोधन गर्ने हो र महिलाबाट पुरुष बच्ने हो भने लोकतन्त्र महिलालाई जिम्मा दिँदा निकै राम्रो हुने कुरा प्रमाणित भयो । यो किन हो भने यतिबेला पुरुष बाहिरी पदमा बसे पनि पर्दाभित्र महिलाको निकै ठूलो भूमिका देखियो । पटक–पटकका घटनामा समीक्षा ग¥यौँ भने पनि पुरुष जति समातिए महिला जतिले आरक्षण पाए किन भने नेपालको राजनीतिक पोष्टमा महिलाको दोष देखिएन र नेपालको प्रशासनले पनि फलानी महिला दोषी साबित भनेर भन्न सकेन ?

त्यसैले नेपालमा भ्रष्टाचार अन्त्य गर्ने कुरा उठिरहँदा र भ्रष्टाचारको मामलामा महिला निर्दोष साबित भइरहँदा लोग्ने मानिसको दाउँमा महिला नै अब्बल देखिए । त्यसैले नेपालको लोकतन्त्र हाइ–हाइ बनाउने सपना सबैले देखेकै छन् । यतिबेला पनि नेपालका लोग्ने मानिसहरुले महिलालाई इसारामा काम गरेको कुरा पुष्टि नै भयो । यसरी लुकाइ–छिपाइ, ढाकी–छोपी काम लगाएर पुरुष अगुवा देखिनुभन्दा महिलालाई अग्र भागमा राख्ने र पछाडिबाट पुरुषले वाँचको काम गर्ने गर्दा निकै राम्रो होला ।

किनभने देश सबैको लागि खाँचो छ, देशमा शान्ति नभएसम्म विकास सम्भव छैन । यो शान्तिका लागि महिला नै देशको सर्वोच्च पदमा बस्न जरुरी छ होइन भने यो देशका पुरुष जति महिलाको आरोपमा मुछिनेछन् र महिलाकै कारण पद र प्रतिष्ठा गुमाउनु पर्नेछ । लोकतन्त्रले नेपालका पुरुष शक्तिलाई बिगा¥यो । अब त समीक्षा गरौँ, अब त निर्णय गरौँ, अब त सल्लाह गरौँ कि देशका लागि महिलाको खाँचो प¥यो भनेर कतिसम्म देशमा रडाको मच्चाउने ? नेपालका प्रतिष्ठित पुरुषका नै कुनै दोषले मुछिएका छन् ।

महिलाको शक्तिमाथि कसैले पनि औला देखाउन सक्ने अवस्था छैन र हुने पनि देखिएन । किनभने पर्दाभित्रका शक्ति नै उनै भएपछि दोषी देखाउने कसरी ? यो देशमा एकपछि अर्को अप्रिय घटनाका रहस्य पनि महिला अधिकारकै कुरा रहेछ । महिला अधिकार नपाउँदा वा महिलालाई पर्दाभित्र सीमित गर्दा आज त्यो अवस्था आएको रहेछ भन्ने यो मनले सोच्न थाल्यो । महिलाको शक्तिलाई हिजो देवताले पनि मान्दै आएको हो ।

पौराणिक कालखण्डदेखि नै महिला कठिन घडीमा प्रयोग हुँदै आएको प्रमाण भेटिन्छ र पाइन्छ । अब यो देशका लागि महिलाको अधिकार खोज्ने बेला होइन राज्य सत्ता नै कब्जा गर्ने बेला हो । महिलाको शक्ति यतिबेला आउँदा छर्लङ्ग भयो । महिला दोषी हुन सकेनन्, पुरुष बच्न सकेनन् । महिलाले बिगार्न चाहेकोलाई बिगारेरै छाडे भने महिलाले बनाउन चाहेकोलाई बनाएरै छाडे । शक्ति त महिलामा निहित रहेछ नि ! हामीले नेपालका महिलाले के गर्न सक्छन् ? भन्ने प्रश्न मात्र गथ्र्यौँ ।

आज पुष्टि भयो कि महिलाले चाह्यो भने जे पनि हुँदोरहेछ । आकाशको मान्छेलाई पाताल धसाउने पनि महिला, पातालको मान्छेलाई आकाश चढाउने पनि महिला । महिलाको शक्ति कति छ, नाप्न सक्छौ ? तौल्न सक्छौ, भर्न सक्छौ ? महिलालाई अधिकारमा सीमित नगर, महिलालाई बोल्न पाउनेमा मात्र सीमित नगर ? यो देशको तालाचाबी महिलाले नपाउँदासम्म नेपालमा लोकतन्त्र चल्नेवाला छैन ।

यसरी नै महिलालाई पर्दाभित्रको हिरोे बनाएर राख्ने हो भने नेपालमा लोग्ने मानिसले आफ्नो स्थान, मान, हैसियत सबैले गुमाउनु पर्नेछ । शक्तिको स्रोत, शक्तिको पुञ्ज, शक्तिको पात्र यदि हो भने महिला हो । लोग्ने मानिस महिलाको इसारामा चल्ने हिउँको ढिका हो । यो देशमा लोकतन्त्र ल्याएकोमा गर्व गर्नेहरुले ध्यान दिन जरुरी छ कि महिलालाई देशको तालाचाबी सुम्पिने कि आफू धरापमा पर्ने ? बोल्न पाएको भरमा वर्षौँवर्ष कोही पर्खिन सक्छ ? अस्ति पनि लोकतन्त्रले बोल्न दियो भने हिजो पनि लोकतन्त्रले बोल्न दियो ।

आज पनि लोकतन्त्रले बोल्न दियो भने भोलि पनि त्यसै भन्दै जाने हो भने बोलेको भरमा खानै नपर्ने, लाउनै नपर्ने । विकास गर्नै नपर्ने ? सबै छाडा शैलीमा बोलेर के गर्ने ? भद्रगोल सिर्जना गर्ने, आजसम्म पनि बोल्न पाएको नाममा सबैलाई बिर्सिनु पर्ने ? त्यसो हुँदैन । अब लोकतन्त्रले बोल्न दियो, होइन ? विकास दियो, न्याय दियो, शान्ति दियो, समृद्धि दियो, अमनचयन दियो, सुशासन दियो, जनतालाई सुख सुविधा दियो भन्नु परेन ।

यसका लागि नेपालको लोकतन्त्र हाइ–हाइ हुनु परेन ? नेपालको लोकतन्त्र हााइ–हाइ हुनको लागि पर्दाभित्रबाट हात्ती, भूमिका खेलिरहेका महिलालाई सत्ता सुम्पनु परेन ? एक कार्यकाल नेपालका शीर्ष लोग्ने मानिस जति पर्दाभित्र बसेर महिलालाई शासन गर्न दिएर हेर त, के हुन्छ ? पर्दाभित्र, पर्दाबाहिर देशभरि शक्ति पुग्छ र विकासले अग्रगति लिन्छ । महिला चोखा हुन् भने लोग्ने मानिस जुठा हुन् ।