स्वास्थ्य मन्त्रीमा राजु खनाल नियुक्त

दाङ, ८ जेठ । नेपाली कांग्रेसका नेता राजु खनाल लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री बनेका छन् । लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपभापति खनाल लुम्बिनी प्रदेश सरकारको स्वास्थ्यमन्त्री बनेका हुन ।

लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङ निर्वाचन क्षेत्र नम्बर २ (१) बाट बिजयी खनाललाई आज सोमवार स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन ।

खनालसँगै चौधरीले सन्तोषकुमार पाण्डेयलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री, भण्डारीलाल अहिरलाई कृषी तथा भूमी व्यवस्था मन्त्री, चन्द्रकेश गुप्तालाई सामाजिक मन्त्री र धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।