प्लाष्ट्रिक व्यवसायी समितिमा नयाँ नेतृत्व

दाङ, ६ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगत प्लाष्ट्रिक व्यवसायी समिती घोराहीमा नया नया नेतृत्व चयन गरिएको छ । समितीको शनिवार भएको दोस्रो साधारण सभा तथा पहिलो अधिवेसनले सर्व सहमतीमा खेमराज भण्डारीको नेतृत्वमा नया कार्य समिती चयन गरेको हो ।

समितीको निबर्तमान अध्यक्षता ओम प्रकाश पोखे्रल, उपाध्यक्षमा प्रकाश रेग्मी, सचिवमा द्रोणराज घिमिरे, सचिब सहसचिब बावुदेव गुप्ता, कोषाध्यक्षमा मधुसदन आचार्य रहेका छन् । समितीका सदस्यहरुमा ऋषिराम खरेल र विक्की गुप्ता रहेका छन् । अधिवेसन उद्घाटन कार्यक्रम समितीका अध्यक्ष ओमप्रकास पोख्रेलको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा वोल्ने बक्ताहरुले राज्यले प्लाष्टिक निषेध भइ नियन्त्रण गर्न लाग्नु पर्ने बताएका थिए । उनीहरुले निषेध गर्न धेरै समस्या रहेको भन्दै यसको नियन्त्रण तर्फ लाग्न आग्रह गरेका थिए । प्लाष्ट्रिक व्यवसायीहरुलाइ बिकल्प दिनु पर्ने समेत सहभागिहरुको भनाइ रहेको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी वुढाथोकीले अहिले उद्योगी तथा व्यवसायीस्हरु विभिन्न समस्या भोग्दै अगाडि वढेको बताए । यस प्रकारको समस्या समाधान गर्न राज्यले सहयोग गर्नु पर्ने उनको भनाइ रहेको थियो । आर्थिक समस्याको कारण अहिले धेरै उद्योगी तथा व्यवसायीहरु विस्थापित भइ सकेको समेत उनले बताए ।

‘बजारमा सटर खाली हुने क्रम दैनिक वढी रहेको छ’ अध्यक्ष वुढाथोकीले भने । राज्यले निती वनाएर भाँडा नियन्त्रण गर्न लाग्नु पर्ने बताए । देशलाइ आत्म निर्भर बनाउन उत्पादनमा जोडिनु पर्ने उनको भनाइ रहेको थियो । ‘कृषि मार्फत देशको आर्थिक विकासमा अगाडि वढन सकिन्छ ’ उनले भने । यसकालागि कृषिलाइ आधुनिकरण गरिनु पर्ने उनले बताए । संघका पुर्व अध्यक्ष हेमराज वन्जाडेले व्यवसायीहरु सहक भएर अगाडि वढनु पर्ने बताए । यस तर्फ ध्यान दिन समेत उनले आग्रह गरे ।

संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले राज्यले निजी क्षेत्रको समस्या वुझन सकेको बताए । राज्यको हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्ने उनको भनाइ रहेको थियो । कार्यक्रममा संघका उपाध्यक्ष रामप्रसाद पोख्रेल, महासचिव महेन्द्र वुढाथोकी, विशिष्ट सदस्य मित्रदेव अधिकारी, दस्यहरु माधव खनाल, विकास वली, तरकारी व्यवसायी समितीका अध्यक्ष विष्णुप्रसाद रिजाल, गल्ला तथा किराना व्यवसायी समितीका अध्यक्ष विनोदप्रसाद पाण्डे, रेडिमेट कपडा तथा फेन्सी व्यवसायी समितीका अध्यक्ष एकराज खनाल लगाएतकाले भनाइ राखेका थिए ।

कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष मधुसुधन आचार्य र वार्षिक प्रतिवेदन सचिव द्रोणराज घिमिरेले प्रस्तुत गरेका थिए । समितीका उपाध्यक्ष प्रकास रेग्मीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण सहसचिव खेमराज भण्डारीले गरेका थिए ।