व्यावसायिक भाडा घटाउन घरधनीलाई नारायणपुर उवासंघकाे अनुराेध

 नायणपुर, ६ जेठ । नारायणपुर उद्योग वाणिज्य संघले व्यावसायिक घरभाडा घटाउन घरधनीलाई अनुराेध गरेकाे छ ।

आज शनिबार बसेकाे संघकाे बैठकले आर्थिक मन्दीले व्यापार व्यवसायमा ह्रास आएका कारण असहज अवस्था रहँदासम्म आफूले सक्दाे भाडादर घटाइदिन घरधनीलाई अनुराेध गरेकाे हाे । पछिल्लो चरणमा व्यापारमा देखिएकाे मन्दी तथा व्यवसायीहरू पलायन हुने अवस्था देखिएका कारण व्यावसायिक सहज परिस्थिति आउँदासम्म घरभाडा घटाइदिन संघकाे बैठकले अनुराेध गरेकाे हाे ।

बैठकले यही जेठ २७ गते शनिबारका दिन संघकाे १९ ओैँ साधारणसभा गर्ने निर्णय गरेकाे छ । साथै जेठ १४ गतेदेखि २९ गतेसम्म संघकाे आयाेजनामा सञ्चालित ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ लाई सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबैमा बैठकले धन्यवाद ज्ञापन गरेकाे छ । बैठक संघका अध्यक्ष अभियान बस्नेतकाे अध्यक्षतामा बसेकाे थियाे ।