शिवराज खनाल
दाङ,५जेठ। दाङको देउखुरीमा आज बिहान दुई बस एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन । पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तरगत बिहान करिब ५ :३० बाजेको समयमा भएको थियो ।
मृत्यु हुनेमा रोल्पा रुन्टीगढी -७ कि ४२ वर्षिया सोभा परियार रहेकी छन । सोभाका दुई छोरा पनि दुर्घटना घाइते भएका छन ।
लमहीबाट भालुवाङतर्फ जादै गरेको लु २ ख ७८५ नम्बरको बस र विरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका-३ फल्कापुरमा एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
बारा जिल्लाबाट ईटा भट्टामा काम गरेर घर रोल्पा फर्किदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो । लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन । दुर्घटनामा करिब दुई दर्जन बढी घाइते भएका छन ती मध्य ११ जनाको अवस्था गम्भीर रहेको दाङ प्रहरीले बताएको छ ।
घाइतेहरुलाई उपचारका लागि बुटवल, भैरहवा, नेपालगन्ज तर्फ रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो । घाइतेहरुलाई बुटबल र नेपालगन्ज रिफर गरिएको छ ।