भुवन पोख्रेल
अधिकार प्राप्त पदाधिकारीले आफ्नो स्वार्थ अनुकुल हुने गरी वा आफू संलग्न संस्थाको निर्णय दिई सार्वननिक हानी नोक्सानी पु¥याउँछ र स्वार्थको संघर्ष तथा स्वार्थ बाझिने सबै प्रकारका शासकीय संरचनामा हुने गरेको छ । यो समकालीन समाजको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार देखिएको छ ।
समाजले अवलम्वन गर्दै आएका मूल्य मान्यता रितिरिवाज तथा संस्कृतिले भ्रष्टाचारलाई प्रेरित गरिरहेको देखिन्छ । व्यक्ति कस्तो सामाजिक परिवेशमा हुर्किएको छ र त्यो समाज कस्ता मूल्य मान्यतामा विश्वास गर्छ भन्ने कुराले व्यक्तिको प्रवृति, व्यवहार, चाहना, लोभ जस्ता सवाललाई निर्धारण गर्दछ । सामान्यतया भ्रष्टाचार भन्नाले गलत एवम् अनियमित तरिकाले गरेको लेनदेन घुस, श्वित वा आर्थिकसँग जोडिएको अवैध सम्पतिवा लेनदेनलाई मात्र बुझ्ने आम बुझाइ छ तर यो व्यक्तिको आचरण र व्यवहारसँग पनि जोडिएको हुन्छ ।
नेपालमा यस प्रकारको भ्रष्टाचार संस्थागत जस्तै भइसकेको छ । भन्नुमा अतिसयोक्ति नहोला । भ्रष्टाचार झाँगिदै जानुको पछाडि भ्रष्टाचार भइरहने तर भ्रष्टाचारीलाई कारवाहि नहुने प्रवृत्तिले भ्रष्टाचारको श्रृङ्खला रोकिन सकेको छैन । भ्रष्टाचारले राष्ट्रियलाई धामिराको गीलो जस्तै खाक्रो पारिसकेको छ । नेपाली नागरिकलाई भुटानी शरणर्थी बनाएर विदेश पठाउने भन्दै अरबौँ रकम असुल गर्ने यो घटना विगतका अन्य भ्रष्टाचारमा सानामाछालाई पक्रेर सजाय दिलाउने तर ठूला माछा भुत्कने विगतका दृष्टान्तबाट प्रष्ट छ ।
यो शरणार्थी बनाएर विदेश पठाउने घटनामा अरबौँको चलखेल भएको छ । यो गम्भीर प्रकृतिको फौजदारी अपराध हो । यसमा ठूला माछा पक्रेर सजाय पाएको हेर्ने प्रतिक्षामा जनता छन् । यसरी सजाय दिलायन सक्ने हो भने भ्रष्टाचारको लामो श्रृङ्खला टुट्छ । नेपालमा विगतमा भ्रष्टाचारका ठूलाठूला काण्डहरु भए तर अख्तियारदेखि अदालतसम्म हुने सेटिङका कारण केही अपवाद बाहेक अधिकांश दोषिले उन्मुक्ति पाएका छन् ।
यस्ता अनैतिक कर्म गर्ने व्यक्ति मुलुक बदल्न हिडेका होइनन् अकूत सम्पति कमाएर अवैध तरिकाले आफूलाई बदल्न नीतिगत भ्रष्टाचारमा मुछिएका छन् । विधिको शासन नेपालमा सायद भइदिएको भए यस्ता गम्भीर प्रकृतिका अपराध गर्ने आँट कसैले पनि गर्ने थिएनन् । जसले जे गरेपनि हुन्छ भन्ने गलत मानसिकताका कारण भ्रष्टाचारको श्रृङ्खला बढ्दै वेथितिका चाङ लागेका छन् ।
नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहमाथि प्रहरी अनुसन्धान सुरु भएको एक महिनापछि यस प्रकरणमा जोडिएका राजनीतिकर्मी र उच्चपदस्थ सरकारी अधिकारी पनि छानबिनको दायरामा तानिएका छन् । यस अघि ठगी तथा संगठित अपराधका केही नाइके मात्रै परेकामा अहिले सरकारका बहालवाला सचिव नै प्रक्राउ परेका छन् । सांसद तथा पूर्वमन्त्री विरुद्ध पक्राउ पुर्जीजारी भएको छ । एक महिनामा नै आठ जना नाइके पक्राउ परेका छन् भने थप दुई जना विरुद्ध पक्राउ पुर्जीजारी हुनुलाई प्रहरीको सक्रियतालाई सकारात्मक ठान्न सकिन्छ । यसमा संलग्न राजनैतिक तथा प्रशासनिक जालो निकै डर लाग्दो देखिन्छ ।
आज सयौँ सर्वसाधरण यस जालोमा फसिसकेको अवस्थामा र एक वर्षदेखि प्रहरीको टेबलमा उजुरी चाङ थुप्रिए पछि बल्लतल्ल अनुसन्धान प्रक्रिया सुरु भएको छ । तैपनि उच्च राजनैतिक तहमा भइरहेको चलखेलका कारण ढुक्क भइहाल्ने अवस्था छैन । नेपालको राजनीतिक र प्रशासनिक सञ्चालन कतिसम्म विकृत छ र कुन हदसम्म गिरेर मिलोमतो गरी कमाउ धन्दामा लिप्त हुन्छन् । यस प्रकरण सम्बन्धी खोजले सप्रमाण खुलासा गरेको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने गिरोहलाई सांगठित अपराधको घेराभित्र पारी प्रहरीलृ अनुसन्धान प्रक्रिया सक्रिय ढंगले अघि बढाएको छ ।
नेकपा एमालेका सचिव एवम् सांसद टोपबहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न विहीवार सिंहदरबार आफै पुग्नुलाई पक्के पनि रहस्यमय ठान्न सकिन्छ । त्यहाँ पुगेर केपी ओलीले यसमा निर्दोष पर्नु हुँदैन, तर दोषी उम्कनु हुँदैन भन्ने बोलेपनि पटकपटक सांसद, मन्त्री र उपप्रधानमन्त्री भइसकेका बहालवाला सांसदलाई बाटाबाटै हतकडी लगानी अनावश्यक भनेर बोल्नुको पछाडि आफैमा रहस्यमयर हास्यास्पद ठान्न सकिन्छ ।
दण्डहीनतालाई प्रोत्साहन शासनको उपहास गर्ने गरी प्रधानमन्त्री भइसकेका जिम्मेवारी नेताले मन्तव्य दिँदै हिड्नु र कानुनी राज्यको उपहास हो । यस संगठित गिरोहको लहरो तान्दा पहरो गर्जिने भएपछि डोकोही पनि मुछिन सक्ने अशिकाका कारण शीर्षस्थ नेताहरु अर्को राजनीति कर्मीलाई उन्मुक्ति दिने प्रपञ्च पनि यस प्रकरणमा हुन सक्छ । तसर्थ यसमा पनि कुनै त्यस्तो चलखेल हुन नदिन गृहप्रशाुन द्दढ रहनुपर्छ । राजनीतिक नेताहरुले पनि अनावश्यक चलखेल गर्नु हुँदैन ।
दण्डहिनतालाई निरन्तरता नदिई भ्रष्टाचारको श्रृङ्खला तोड्न सरकारले यस काण्डको सुक्ष्म अनुसन्धान अघि बढाई संलग्न सबै पक्षलाई कारबाहीको दायरामा ल्याउनु पर्छ । गृह र प्रहरी प्रशासनलाई आफ्नो स्वच्छ, छवी बनाउने यो सही अवसरमा चुक्नु र घुँडा टेक्नु कदापि हुँदैन । यो अपराधको गिरोहमा जति सुकै माथिल्लो र शक्तिशाली ओहदिमा रहेका पात्र मुछिएका भएपनि कारबाहीको दायरामा ल्याउनै पर्छ ।
अपराधमा संलग्न जोको हो दण्डित हुने वातावरणमा सबैले सुघाउनु पर्छ । आफुनालाई जगाउन शीर्ष राजनीतिक नेता आफै प्रधानमन्त्री कार्यालय, मन्त्रालय तथा अड्डा निकाय धाउनुलाई पक्के पनि लज्जाको विषय ठान्न सकिन्छ । नेपालमा सत्ताको आडमा हुने गरेको बजेट विचलन, ठेक्कापट्टा घोटाला, घुस कमिसन प्रकरणलगायतका घटनाहरुले संगठित आर्थिक अपराधको निकै बलियो जालो बनाएको पुष्टि गर्दछ ।
गिरोह फरकफरक भएपनि संरक्षक उनै छन् तीन ठूला दलका ठूला नेता निरन्तर सत्ताको आडभरोसामा बस्ने साना दलहरु पनि कुनै न कुनै रुपमा यस्ता प्रकरणमा जोडिएका छन् तर उनीहरु कमाउधन्दाको हिस्सेदार बमहेक यसका निर्णायक शक्ति होइनन् । अपराधको यस दृश्चक्रमा राजनीति जकडिएका उदाहरण छ्यापछ्याप्ती छन् । पछिल्लो पटक नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पडाउने ठगी प्रकरणले राज्य र राजनीतिमा अपराधको यो दृश्चक्र अरु उजागर भएको छ ।
राजनीति फोहरको मुहान सफा भए पो अन्य पक्ष चोखो हुन्छ । राजनीतिमा सुद्दिकरण नहुँदासम्म यो क्रम चलिरहन्छ । सत्ता समिकरणका फेरबदलसँग अपराधका नयाँ प्रकरणहरु पनि बाहिर आउने गर्छन् । प्रधानमन्त्री, मन्त्रीसम्म पार्टी प्रमुखदेखि कार्यकर्तासम्म सबै व्यस्त छन् । तीनको व्यस्तता मुलुकको काममा कम र विभिन्न सेटिङमा बढि हुन्छ । सिंहदरवारदेखि निजी निवाससम्म पार्टी कार्यालयदेखि कार्यक्रम स्थलसम्म पनि मानिस लामबद्द छन् । आफ्ना काम गराउन सकियो भने रातारात अवैध न भित्रयाउन सकिन्छ भन्नेमा सबै आतुर छन् । राजनीतिक संलग्नता बिना कुनै पनि काम गर्ने सम्भव छैन ।
देशमा कसैले कुनै असल काम गर्न थालनी गर्दा जतासुकैबाट अवरोधमात्र आउँछ । राजनीतिक व्यक्तिलाई प्रयोग गर्ने हो भने जस्तो सुकै काम पनि सजिलै फत्ते गर्न सकिन्छ । सरकारी कार्यालयमा सहजै काम निकै कम ठाउँमा मात्र हुन्छ । जनसम्पर्कका कार्यालयमा सार्वजनिक दवाव पर्ने भएर मात्र केही हदसम्म काम हुन्छ । देशको आवश्यकता बुझेर काम गर्ने र गराउने प्रवृत्ति निकै कम छ ।
त्यही भएर पनि राजनीतिक जोड घटाउ मिलाएर मात्रै हुने नहुने सबै किसिमका काम गराइन्छ । त्यही भएर केही वर्षयता ठूला अनियमिततामा दलका मानिस जोडिएका छने । वास्तवमा २०४६ सालको जनआन्दोलनपछि दलहरुको सक्रियता छ तर त्यस यताका जति पनि अनियमितताका काण्ड सार्वजनिक भएका छन् त्यसमा कुनै न कुनै रुपमा राजनीतिक संलग्नता छ । यस्ता घटनाले आम नागरिक निराश देखिएका हुन् ।
जनताको दैनिकी निकै कष्टकर बन्न पुगेको छ । आर्थिक उन्नति गर्न नसक्ने लोकतन्त्र लामो समय जान सक्दैन । धनी र गरिब बीचको खाडल झन फराकिलो भइरहेको धनी झन धनी भइरहेका छने । गरिब झन गरिब छन् । विगतका निरन्तर आन्दोलन, भुकम्प, नाकाबन्दी, कोभिड १९ जस्ता घटनाक्रमले व्यक्तिको जीवन झनझन कठिन भइरहेका छन् । आफू यस्तो अवस्थामा पुग्नुको कारण भ्रष्टाचार र कुशासन हो भन्ने आम बुझाइ छ । यथार्थ पनि यही हो देशमा लोकतन्त्र पछि सुशासन स्थापना हुन सकेको भए अहिले यो अवस्था मुलकमा आउने थिएन ।
यसरी भ्रष्टाचार गरी कमाउने गर्नाले जनताले सरकार र नेतालाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको छ । समाज, परिवार र बालबालिकाको समेत नकारात्मक सोच र अवधारणा सरकार जनताको मनमुटमा रही समर्थन र प्रशंसा पाउनु पर्नेमा बिडम्वना अलोकाप्रिय भयो । पाँच वर्ष टिक्न सकेन र सत्ता पक्ष नै पाटी फुटाएर विपक्षको रुपमा माइतीघर मण्डलमा कुर्लिन पुग्यो । प्रतिपक्ष दलले सरकारलाई सही मार्गमा ल्याउन सकेन । जनमत र जनभावनाको कदर नगर्ने हो भने फेरि जनतालाई चरित्रको कारण अहिले भ्रष्टाचार बढेको छ ।
भ्रष्टाचार आधुनिक संस्कृतिको अङ्ग हो । अहिलेको संस्कृतिमा परिवर्तन नगरेसम्म यसलाई नियन्त्रण र निर्मूल पनि सकिन्न । भ्रष्टाचारको बारेमा कौटिल्यले जसरी पानीमा रहने माछाहरुले पानी पिएको देखिँदैन । त्यस्तै गरी आर्थिक कार्यमा नियुक्त कर्मचारीले पनि धनको अपहरण गरेको जान्न सकिँदैन भनेका छन् । भ्रष्टाचारीहरुलाई कारवाही र सदाचारीलाई पुरस्कारको व्यवस्थाको थालनी थर्नुपर्छ ।
चुनावमा आउने सहयोग पारदर्शी स्रोतबाट नभई अपारदर्शी स्रोतबाट प्राप्त हुन्छ । जब त्यो स्रोतको प्रयोग हुन्छ । निःसन्देह त्यसले भ्रष्टाचारको बीजारोपण गरिदिएको छ । कतिपय अवस्थामा मान्छेलाई समाजले नै भ्रष्ट बनाइरहेको हुन्छ । जब समाजले कसैले एकाएक गर्ने आर्थिक प्रगतिलाई सफलताको मानक मानिदिन्छ । मान्छेलाई दृव्य र प्रसिद्धि आर्जन गर्ने रहर जाग्दछ । कुनैपनि व्यक्तिले आफूमा निहित अख्तियारको दुरुपयोग गरी आर्जन गरेको सम्पति वा अन्य लाभ नै भ्रष्टाचार हो । भ्रष्टाचारले नैतिकता र इमान्दारीतासँग सम्बन्ध विच्छेद गरेको हुन्छ ।
अनि व्यक्ति आफ्नो पदीय जिम्मेवारी विपरित अपारदर्शी तरिकाले अख्तियारको दुरुपयोग गर्दै आयआर्जन र आर्थिक लाभजन्य गतिविधिमा संलग्न हुन्छन् । नियम, कानुन मिचेर वा आयआर्जन भ्रष्टाचार हो । राजनैतिक दलहरुको नेतृत्वका कारण जनताले राजनैतिक दलप्रति नै वितृष्णा जागेको छ । लोकतन्त्र, प्रजातन्त्र र संविधान खराब भएर होइन राजनैतिक नेतृत्व नसच्चिएका कारण मुलुक भ्रष्टाचारको दलदलमा फसेको छ । सुशासनको पक्ष र भ्रष्टाचारको अन्त्यका लागि राजनीतिक दलका नेतृत्व गम्भीर भएर अघि बढ्नुपर्छ । अख्तियार प्राप्त अधिकारीहरुले सेवा प्रवाहका क्रममा लिने अनुचित लाभ नै भ्रष्टाचार हो ।
अनि भ्रष्टाचार वित्तिय अपराध त हुँदै हो तर यो एक सामाजिक एवम् सांस्कृतिक कुलत पनि हो । वास्तवमा भन्ने हो भने भ्रष्टाचार एक सोच हो, जुन सोचले अनियमित र अपारदर्शी क्रियाकलापबाट आफू वैभवशाली बन्ने आकांक्षा उर्माछ । यो एक महारोग हो, जसले आर्थिक एवम् सामाजिक विकासको निर्धारित उद्देश्य हासिल हुन दिँदैन । निजी हितका लागि सार्वजनिक स्रोतको दोहन हुन्छ भने उत्पादनशील क्षेत्र धराशयी हुँदै जान्छन् । जब त्यस्तो अनियमितता र भ्रष्टाचारलाई राजनीतिक संरक्षण हुन्छ । त्यसले राजनीतिक शासन प्रणालीलाई नै धराशयी बनाइदिन्छ ।
अहिलेसम्मको राजनीतिक अभ्यास हेर्दा नारामा भ्रष्टाचार र हित, सुशासित, चरित्रवाज आदर्श राजनीति अनि व्यवहारमा प्रदूषित, स्खालित राजनीतिकै संरक्षण गर्ने द्दैध चरित्रको प्रदर्शन भइरहेको छ । यो दोहोरो चरित्र अन्त्य नभएसम्म मुलुकमा विकास समृद्धि सम्भव छैन । ट्रान्सपेरेन्सी इन्टरनेसनलको भ्रष्ट मुलुकको सूचीमा प्रत्येक वर्ष नेपालको स्थान खस्कनुको पछाडि गलत आचरण भएका व्यक्तिहरुको नियुक्ति र तिनले भ्रष्टाचारको संस्थागत गरेको कारणले हो । नीतिगत भ्रष्टाचारको चंगुलमा राजनीतिक तह र प्रशासनिक निकाय भएका कारण मुलुकमा सुशासन कायम हुन सकेको छैन । मुलुकको सुशासन र समृद्धिकालाई सफा भयो भने पानी सफा बहाक हुन्छ ।