Goraksha

National Daily

शान्ति क्षेत्र घोषणा गर्न माग

गोरक्ष समाचारदाता
दाङ, २३ बैशाख । नागरिक समाज दाङले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने माग गरेको छ । नागरिक समाज दाङ सहित, विपश्यना केन्द्र दाङ, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय

दाङ, पतञ्जली योग समिति दाङ र गुरुकुल एकेडेमी दाङले संयुक्त रूपमा आयोजना गरेको २५६७औँ बुद्ध जयन्ती विशेष कार्यक्रममा यस्तो माग गरेको हो । समाजका संयोजक केबी मसालले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पास समेत गरेको छ । उक्त निर्णय नेपाल सरकार समक्ष पेश गर्ने निर्णय गरेकोे नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

कार्यक्रम नागरिक समाज दाङका संस्थापक अध्यक्ष एवम् विपश्यना ध्यान केन्द्र घोराहीका अध्यक्ष नारायणप्रसाद शर्माको अध्यक्षतामा भएको हो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो ।