नारेवाङमा श्रीमद् भागवत धनधान्यञ्चल ज्ञान महायज्ञ हुने
दाङ, २१ बैशाख । घोराही उपमहानगरपालिका–१२ हापुर नारेवाङमा रहेको गढिटाकुरी देवस्थलमा श्रीमद् भागवत धनधान्यञ्चल ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ
। गढिटाकुरी देवस्थलालाई आध्यात्मिक क्षेत्रमा परिर्णतसँगै भौतिक विकासका लागि महायज्ञ आयोजना गर्न थालिएको आयोजक श्रीमत भागवत छनधान्यञ्जल ज्ञान महायत्र एवं सास्कृतिक महोत्स्व मुल आयोजक समितिले जानकारी दिएको छ ।
समितिका अनुसार महायज्ञ आउने जेष्ठ ७ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने छ । महायज्ञमा भागवत भाष्कर पंण्डित नारायण न्यौपाने बाचकका रुपमा रहेका छन् ।
