दाङ,८ बैशाख । चेम्वर अफ कमर्श लमहीले कोभिड–१९ सँगसँगै पछिल्लो समय आर्थिक मन्दीका कारण व्यवसाय धारासायी अवस्थामा रहेको र कतिपय व्यवसायीहरु विस्तापित हुने क्रमसमेत बढेको भन्दै घरभाडामा छुटसँगै सहज रुपमा ऋण तिर्ने व्यवस्थालार्ई सहज बनाउन बैंकहरुसँग आग्रह गरेका छ ।
चेम्वर अफ कमर्श लमहीका अध्यक्ष सितल भुसाल र महासचिव केसशराज अधिकारीले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै बिगत केही बर्षदेखि राष्ट्रमा कोभिड १९ को प्रकोपका कारण व्यवसाय, व्यापार तथा उत्पादनमा आएको कमीलगायतका कारण ब्यापार ब्यबसाय उद्योग तथा कलकारखाना धरासायी हुँदै कर्मिक रुपमा बन्द हुने क्रम बढदो ्रहेको बताएका छन् । सार्थ बजारमा लगभग केही प्रतिशत उद्योगी तथा व्यवसायी बिस्थापित नै भैसकेको अबस्थामा थप व्यवसायीहरुलाई विस्तापित हुनबाट रोक्नका लागि सवैको पहल आवश्यक रहेको समेत बताएका छन् ।
‘देशभरका सहरमा उद्योग कलकारखाना तथा ब्यापार गर्दै आएका घर तथा सटरहरु खाली हुने क्रम तीब्र रुपमा बढी रहेका छन । बैंकलगायत बित्तिय संस्थाले धेरैका घर जग्गाहरु लिलाम बिक्रिका लागि प्रक्रियागत रुपमा अगाडि बढाएका छन’, विज्ञप्तिमा भनिएको छ,‘यस्तो भयावह अबस्थालाई मध्यनजर गर्दै उद्योग ब्यापार संगठन लमही चेम्बर अफ कमर्सले देशको संकटको विषयमा गम्भीर भइ अहिलेको जटिल अबस्थामा मुलुकको अर्थतन्त्र सुधार गरि चलायमान गर्न र गराउनका लागि संम्वन्धित पक्षको ध्यानाकर्षण गराउँदछौ ।’
साथै बढदो आर्थिक मन्दिबाट उद्योग ब्यापार नभैइ घरभाडा लिएर संचालन गरेका उद्योगी व्यवसायीहरु आफ्नो ब्यबसाय बन्द गर्ने अवस्था बढदै जादा बजार नै बिस्थापित हुने क्रम बढ्दो रहेको भन्दै यो स्थीतिलाई मनन गर्दै उद्योग ब्यापारलाई बचाएर आफुपनि चल्ने र सबैलाई चलायमान अबस्थामा बनाउनु आजको आबस्यकता भएकाले व्यवसायीको पिरमर्कालाई बुझिदिन आग्रह गरिएको छ ।
‘सम्पूर्ण घरधनी ज्युहरु साथै बैंक तथा बित्तीय संस्थाहरुलाई उद्योग व्यापार व्यावसाय क्रमिक बिस्थापित हुँदै गइरहेको अबस्थामा व्यवसायीहरुलाई स्थापित गरि बजार चलायमान गराउनका लागी बैंकको किस्ता रकमलाई २ बर्ष पछाडी लिने गरि कर्जाको ब्याज कर्मिक रुपमा लिदै जाने ब्यबस्था गर्न माग गर्दछौ’,अध्यक्ष भुसाल र महासचिव अधिकारीद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ,‘उद्योगी व्यावसायीलाई आतंककित बनाइ डर धम्की देखाइ कर्जा असुल गर्ने नीति तत्काल बन्दगरी लिलाम प्रकृयामा गएका सम्पूर्ण कार्यहरु स्थगीत गर्न अनुरोध गर्दछौ ।’
साथै उद्योग ब्यबसाय नै नरहेको खण्डमा आइरहेको घरभाडा बन्द हुने र थप आर्थिक मन्दी हुनेहुदा यो बिकराल अवस्थाको समयलाई मध्यनजर गरि लिइरहेको घरभाडामा सकेसम्म अधिकतम छुटदिइ उद्योगी ब्यापारी,व्यावसायीहरुलाइ चलायमान गराउनकालागि सक्दो सहयोगको अपेक्षा गर्दछौ ।