दाङ,८ बैशाख । विद्यार्थीको सहजताका लागि पद्मोदय क्याम्पसले बस सेवा सुरु गरेको छ । लामो समयदेखि बिद्यार्थीको माग र प्रशासनको आवश्यकतालाई मध्यनजर गर्दै पद्मोदय क्याम्पसले बिधिवत रुपमा पूजापाठ गरेर शुक्रवार आजबाट बस सेवा सञ्चालनमा ल्याएको हो ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहजताका लागि धेरै मेहनत र लामो समयपछि क्याम्पसको आफ्नै भवन र बस सेवा सञ्चालनमा ल्याउन सफल भएको निवर्तमान क्याम्पस प्रमुख निश्चल आचार्यले जानकारी दिएका छन् । व्बस्थापन समितिको बैठकले रुटप्रमिट गर्ने र समितिको निर्णयपछि बिद्यार्थीहरुले बस सेवा उपभोग गर्न पाउने निमित्त क्याम्पस प्रमुख किरण पौडेलले जानकारी दिएका छन् ।
क्याम्पस बजार क्षेत्र भन्दा बाहिर (घोराही–१७ चौघेरा हरिद्वार) मा रहेको र विद्यार्थी बजारसँगै ग्रामीण क्षेत्रमा बसोवास गर्ने भएकाले अव बिद्यार्थीहरुलाई क्याम्पससम्म सहजता हुने पद्मोदय क्याम्प्स स्ववियु सभापति बिष्णु गोराथोकी बताउँछन् ।