स्थापना दिवसका अवसरमा नेविसंघद्वारा सरसफाई

घोराही,६ बैशाख । नेपाल बिद्यार्थी संघको ५४ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल विद्यार्थी संघ अम्बिकेश्वरी इकाईले क्याम्पस र झिङ्गौरा चौतारीमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

इकाई सभापति संगम शर्माको सभापतित्व तथा नेपाल विद्यार्थी संघका जिल्ला सदस्य गुरुप्रसाद गौतमको प्रमुख आतिथ्यता एवं महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख राजसिंह जोरा, महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सभापति मनोज डिसी र अम्बिकेश्वरी क्याम्पस स्ववियु सभापति रणबहादुर खड्काको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सबैले नेबिसंघले प्रजातान्त्रिक गणतान्त्रिक ब्यबस्था लिन खेलेको भूमिकाको सबैले प्रसंशा गरेका थिए । कार्यक्रम संचालन इकाइ सचिब बिष्नु बैजाली पुनमगरले गरेका थिए ।

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका नेबिसंघ सभापति समिर केसी र घोराही उपमहानगरपालिका वडा न।३ का सभापति शरद बुढाथोकीलगायतको रहेका थिए । कार्यक्रममा करिव ४० जना बिद्यार्थी सहभागीता रहेको थियो ।