घोराही, २ बैशाख । दाङको घोराही–लमही सडक खण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
घोराहीबाट बुटवल जान लागेको मिनी बस आज दिउँसो करिव एक बजेतिर घोराही उपमहानगरपालिका–३ मसोट खोलाको ओरालोमा ब्रेकफेल भएर भित्तामा ठोक्किएर दुर्घटना हुँदा बसमा सवार दाङको बंगलाचुली गाउँपालिका–६ लापे निवासी ३० वर्षीय यमी घर्ती मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्र्भीर घाइते हुनुभएकी घर्तीको उपचारका क्रममा लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घोराहीबाट बुटवल जादै गरेको ना ४ ख ६९५० नम्बरको मिनी बस ब्रेकफेल हँुदा मसोटखोलाको नजिकै घुम्तीमा बस दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा बसमा सवार मृतककी घर्तीकी ५ वर्षीया छोरी आहाना घर्ती, प्युठान जिल्ला ऐरावती गाउँपालिका–२ निवासी सरस्वती आचार्य, लमही नगरपालिका–५ निवासी सुरज बस्नेत घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।