ग्रामीण क्षेत्रमा वित्तीय पँहुच पु¥याउदै आत्मनिर्भर लघुवित्तीय संस्था

अमरराज आचार्य
दाङ, ३० चैत । ग्रामीण क्षेत्रका नागरिकलाई वितीय पँहुच पु¥याउन लघुवित्तीय संस्थाको महत्वपूर्ण योग्दान गरेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

दाङको घोराहीमा केन्द्रीय कार्यालय रहेको आत्मनिर्भर लघुवित्तीय संस्थाको चौथो साधारणसभाको उद्घाटन कार्यक्रममा वोल्ने बक्ताहरुले यस्तो बताएका हुन । कार्यक्रम आत्मनिर्भर लघुवित्तीय संस्थाका अध्यक्ष मिरा चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पाण्डेले ग्रामीण क्षेत्रमा रहेका नागरिकहरुलाइ उद्यमी बनाउन लघुवित्तीय संस्थाहरुले सहयोग पु¥याएको बताए ।

‘लघु वित्तीय संस्थावाट नागरिहरुले घर मै ऋण पाउने गर्नु भएको छ यसले उहाहरुलाई उद्यमी बन्न सहयोग पुगेको छ’ अध्यक्ष पाण्डेले भने । नागरिकहरुलाइ राज्यको तर्फवाट गर्नुपर्ने सहयोग लघु वित्तीय संस्थावाट भएको उनको भनाइ रहेको थियो । देशको विकासका लागि सबै सहकार्य गरेर अगाडि वढनुपर्ने समेत उनले बताए । ‘साझा मुद्दामा सबै मिलेर अगाडि वढनु पर्दछ यसका लागि नागरिकले सकारात्मक दबाव दिनु पर्दछ’ उनले भने । पछिल्लो समय लघु वित्तीय संस्थाप्रति नकारात्मक प्रचार गर्न क्रम बढेको भन्दै यसका बारेमा नागरिकहरुलाइ सचेत बनाउन आवश्यक रहेको उनले बताए । यसतर्फ लाग्न समेत उनले आग्रह गरे ।

घोराही वडा नं १३ का वडाध्यक्ष डुल्लुराम पोख्रेलले आत्मनिर्भर लघुवित्तीय संस्थाहरुले पशु तथा कृषिको विकासमा सहयोग गरेको बताए । अउदा दिनमा उद्योगको विकासमा लाग्न सहयोग गर्न समेत आग्रह गरे । ‘उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरणमा सहयोग गर्न आवश्यक छ’ उनले भने यसले उद्यमीहरुलाई सहयोग पुग्ने उनको भनाइ रहेको थियो । आत्म निर्भर लघुवित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सोगतविर चौधरीले गरिवी निवारण गर्ने उदेश्यले लघुवित्तीय संस्थाहरुको स्थापना भएको बताए ।

उद्यम गर्न चाहने तर सहज रुपमा वित्तीय पँहुच पु¥याउन नसक्नेहरुलाइ ठुलो सहयोग पुगेको उनको भनाइ रहेको छ । केही व्यक्तिहरुको कारण अहिले लघुवित्तीयहरुको नकारात्मक प्रचार गर्ने गरेको उनको भनाइ रहेको छ । लघुवित्तीय संस्थाहरु राज्यको निती नियम अनुसार नै सञ्चालन भएको बताए । ‘राज्यको निती, नियम भन्दा बाहिर गएर काम गर्न कसैलाइ छुट छैन त्यसै अनुसार लघुवित्तीय संस्थाहरु पनि सञ्चालन भएका छन्’ प्रमुख चौधरीले भने ।

कार्यक्रममा नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष सन्तोष सुवेदी, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष वशुन्धरा गौतम, सेयर सदस्य अशोक चौधरी लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रममा अनुगमन अधिकृत निर्मल चौधरीले लघुवित्तीय संस्थाले गरेको कार्य तथा संस्थाको अवस्थाका वारेमा जानकारी गराएका थिए । सञ्चालक सदस्य मिना गिरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण कालिदास चौधरीले गरेका थिए ।