नेपाल गोजुरियो कराते दो संघको प्रदेश अध्यक्षमा घिमिरे
लक्ष्मण बस्नेत
दाङ, २७ चैत । नेपाल गोजुरियो कराते दो संघ लुम्बिनी प्रदेशको अध्यक्षमा उमाशंकर घिमिरे चयन हुनु भएको छ ।
नेपाल गोजुरियो कराते संघ लुम्बिनी प्रदेशको आईतवार सम्पन्न प्रथम अधिवेशनले घिमिरे अध्यक्ष रहेको ९ सदस्यीय संघको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा निशाना रोकामगर,सचिव ताराबहादुर वली, कोषाध्यक्ष तेजबिक्रम वली रहनुभएको छ ।
त्यसैगरी संघको सदस्यमा एमेसन चौधरी,सत्यदेव थापा,अस्मिता बोगटी, सरोज थापा, पुजा राना रहनुभएको छ । अधिवेशनको उद्घाटन समारोह नेपाल गोजुरियो कराते दो संघका केन्द्रिय महासचिव प्रमुख प्रशिक्षक एवं नेपाल कराते महासघका सचिव बिआर मित्रको अध्यक्षता तथा लुम्विनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो ।
नेपाल कराते महासघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी, श्याम शेर्पा, पवन पौडेललगायतको उपस्थीति रहेको थियो । तेजबिक्रम वलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन कराते प्रशिक्षक केशव विकले गर्नुभएको थियो ।