देउखुरी,२७ चैत । लुम्बिनी प्रदेश खानेपानी ग्रामीण तथा शहरी बिकास मन्त्रालयका सचिब जकी महमद अन्सारीले अब बन्ने खानेपानी सरसफाइ तथा स्वच्छताको नितिमा लैङगिक समानता र समाबेशितालाई प्राथमिकतामा राखिने बताएका छन ।
लुम्बिनी प्रदेश सरकार अहिले खानेपानी स्वच्छता र सरसफाइ को नीति निर्माण र योजना तर्जुमाको क्षेत्रमा कृयाशिल रहेको बताउदै अहिले नीति तर्जुमाका लागि परामर्श र राय सुझाब सकलनको काम जारि रहेको र अब बन्ने खानेपानी स्वच्छता र सरसफाइ नितिमा महिला सहभागीतालाई प्राथमिकतामा राख्छौ सचिब अन्सारीले भने । लुम्बिनी प्रदेशमा रहेका एक सय ९ स्थानीय तहहरुमा निर्माणको काम भैसकेको समेत उनले बताए ।
युनिसेफ नेपालको सहयोग तथा लुमन्तीको समन्वय र लुम्बिनी प्रदेश खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्रालयको आयोजनामा आइतवार आयोजना भएको खानेपानी सरसफाइ तथा स्वच्छताका लागि महिला सजाल निर्माण एबम् क्षमता अभिबृद्वी बैठकमा बोल्दै उनले यस्तो बताएका हुन ।
त्यस्तै लुमन्तीका कार्यक्रम प्रमुख उद्वब भट्टराईले खानेपानीको क्षेत्रमा महिला सहभागिताको बर्तमान अबस्थाको यथार्थ चित्रण गरि नितिगत रुपमा खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा महिला सहभागिता बढाउने कार्यक्रमको लक्ष्य रहेको बताए ।
लुमन्तिका कानुनी परामर्शदाता प्रतिभा न्यौपानेले महिला भयकै कारण खानेपानी जस्तो सम्बेदनशिल क्षेत्रमा भोग्नु परेको विभिन्न खाले विभेद र हिसाको अन्त्य गर्नका लागि महिलाको समान सहभागिता र पहुच अभिबृद्विको आवश्यकतामाथि जोड दिए । खानेपानी र स्वच्छताका लागि महिला पुरुष मात्र नभई तेस्रो लिङ्गीको समस्या समाधानमा पनि ध्यान दिन जरुरी रहेको बताए । लुमन्तिका रबिन बास्तोलाले महिला र बालबालिका अहिले पनि अन्य समुदायभन्दा बढि जोखिममा परेकाले जोखिन न्युनीकरणका लागि सहभागिता बढाउन जरुरी रहेको बताए ।
कार्यक्रममा सहभागी खानेपानी र सरसफाइको क्षेत्रमा कृयाशिल लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रका सहभागी महिलाहरुले कार्यक्षमता पुरुष सरह समान भयपनि महिलाको कार्क्षमतालाई अबमुल्यन गर्ने र सहजरुपमा स्वीकार गर्न नसक्ने परम्परागत सोच हाबि रहेको बताएका थिए । कार्यक्रममा युनिसेफका राकेश मल्लिक लगायतको सहभागिता थियो ।बैठकमा लुम्बिनी प्रदेशका ८ जिल्लाका खानेपानी सस्थामा आबद्व महिलाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको सचालन मन्त्रालयका ईन्जिनियर बिधान अर्यालले गरेका थिए ।
लुम्बिनी प्रदेशस्तरीय महिला सजाल गठन
खानेपानी सरसफाइ तथा स्वच्छताका लागि लुम्बिनी प्रदेश स्तरिय महिला सजाल तदर्थ समिति गठन गरिएको छ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा भएको महिलाहरुको भेलाले बाँके शम्सेरगज खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाका अध्यक्ष भगवती अधिकारीको अध्यक्षतामा प्रदेशका प्रत्येक जिल्लाबाट एक जना सदस्य रहने गरि १३ सदस्यिय तदर्थ समिति गठन गरिएको हो ।