भुपेन्द्र सुवेदी
नेपालको गतिविधी दिन प्रतिदिन समस्या ग्रस्त हँुंदैछ, तर नेपाल सरकारमा रहेर विगत २०२७, ०२८ साल देखिको सरकारमा रहेर आ–आफ्नो जिम्मेवारीमा रहेका राजनिती नेतृत्वले आ–आफ्नो कार्यकालमा देशको विकास तथा, जनताको समस्या प्रति के–कति भूमिका निर्भाह गर्नु भयो र नेपालको सर्वप्रथम शिक्षा नीती आफ्नो पालामा कसरी ल्याईयो शिक्षा नीतीमा वर्ष पक्ष परिमार्जन गर्ने नीतीमा शिक्षा क्षेत्रमा अहम भूमिका निर्भाह गरेको छु, थिए भन्नेहरुमा समेत यो प्रश्न जान सक्ला तर आजको शिक्षाले नेपाललाई कुन दुनियार्मा पुरायो ?
यो आजको ज्वलन्त उधारण हुन नसक्ला तर बुझ्ने बुझिबुझि बुझ पचाएको अवस्था छ । किन हिजोको सस्कार, सस्कृति, रहन सहन घर व्यवहार नीति र हाम्रा, अग्रज पुर्खाले हामीलाई दिएको शिक्षा सवै गलत थिए ? गलत थिए भने आज पनि मानवको मृत्यु पश्चात किन ब्राहमण, साथ मालिएर मसान घाट सम्मपुगेका छाँै ? र मानिसको जन्म हँुंदा किन ब्राहमणले न्वारन गरिदिनुपर्ने सस्कारलाई हामीले आज सम्म त प्रयोग गर्दैआएकै छम त ? यो सस्कार किन छोड्न मिलेन ?
अव नेपालमा सस्कृति भाषा अफिम हो भन्नेहरुले पनि आज सस्कृतिक व्यवहार प्रति कति टाढा हुन सक्नुभयो ? तर हामी सानो ७, ८, वर्षको उमेरमा हाम्रा बुवा हजुरबुवाहरुले हामीलाई सिकाउदै आएको सस्कारको याद आउँछ हामी बिहान उठेर पहिला हात धोएर घरको आगो बालेको अगिनामा वरिपरि बस्न जादा पहिला हजुर बुवाहरुलाई सास्टङ्ग दण्वत गरेमा हामी बसेको याद आउँछ आज तर त्यहाँ हेर्दा सानो कुरा छ तर त्यसमा जीवनलाई सफल बाटोमा डोराउने अनुशासनको पहिलो खुड्किलो मानिन्थ्यो र हो पनि हामी अनुशासनहिनताको परिणाम आज हामी आफै भोग्दैछौ ।
अब आफ्नो अनुभव हामीले पढ्दा प्रा.वि. को ३ कक्षा देखि अनिवार्य सस्कृति विषयको पुस्तक पढेका थियौ । तस पश्चात कक्षा ५ देखि अनिवार्य कृषि विषयको पुस्तक पढेका हौ, तर आज नेपालमा नयाँ शिक्षाको बारम्बारको परिवर्तनले सस्कृति विषय मासियो, कृषि विषय आज कसैले लिनै चाहदैनन्, आजको शिक्षा प्रणाली नै लंगडो बनाइयो, आजआफ्नै घरको पुरेतको छोरालाईनै सस्कृति भाषा के होर कस्तो हुन्छ थाहा नै छैन कस्तो विडम्वना हाम्रो देशको शिक्षा काहाँ पुग्यो आज ?
आजको जमाना पनि कसैले माटो लागेको गोडा ढोगछन् ? जस्ता छाडा शब्दले गुञ्जिएको समाज कसले भित्रायो आज ? हामीले जानेको हाम्रो पछिल्लो पुस्तालाई कति हस्तान्त्रण गरियो ंत ? आज के तपाईले आफ्ना बुवाआमा हजुरबुवालाई गर्ने मान सम्मान, व्यवहार आज तपाईको छोरा नातिहरुबाट तपाईले पाउनु भएको छ त ? तपाईको घरको सस्कार हिजोको नै हुनुपर्छ भनिएको होईन , तर रहन सहन व्यवहार परिर्वतन हुनुमा कुनै शंका रहेन तर कस्तो परिवर्तन भयो त भन्ने नै ज्वलन्त उधारण हुनसक्ला, के हामी हिजोको हाम्रो नेपालमा ०२८ को शिक्षा नीति, सम्सोधनको परिणाम भोग्दैछौ ।
पुर्खाले बचाएको सस्कार बचाउन सकेका छौ ? हाम्रो सस्कारमा के–के खाने के–के नखाने भन्ने बारेमा हामीले जेको विषय हाम्रो बालबालिकाहरुलाई सानैदेखि सिकायौ कि सिकाएनौ ? यो कुरामा ख्याल गर्नु आवश्यक छ तर नेपालको शिक्षानीति नै कमजोर भएको अवस्था छ । जो समुदाय विद्यालयहरुमा विद्यार्थी भन्दा शिक्षाको सहभागिता बढि हुन गयो यसको विषयमा शिक्षा मन्त्रालयले यसको बारेमा कुनै सोच र चिन्ता राख्यो ? जस्ता नीजि विद्यालयको शिक्षाको प्रलोभनमा सरकारी शिव विद्यालय नै रित्तिन लाग्दासम्म नेपाल सरकारको शिक्षा मन्त्रालय बेखबर रहेको अवस्था छ ।
यहाँ के–के हुन नामले परिचित नीजि विद्यालयको अङग्रेजी शिक्षा पढ्न टाढाटाढा बाट शहरमा बोर्डस गरिव बसेर पढ्ने पढाउने निकै प्रतिशप्रदाको हो बाजी नै चलेको छ तर हिजो आफ्नो छोराछोरीको शिक्षामा राम्रो भन्ने अभिलासाले बावुआमाले जति महंगो भएपनि बोर्डस गराएर पढाउन थालेका छन् तर नर्सरी देखि दश कक्षासम्म स्कुलमै बोर्डस बसेको विद्यार्थी कति वर्षको हुन्छ तर उसले अव घरबाट आफ्ना गाउँ घरका भेषभुषा लगाएर छोराछोरी भेट्न र फिस बुझाउन आएका अभिभकहरुलाई बुझाउन आवश्यक छ ।