दाङ,२५ चैत । घोराही उपमहानगरपालिका–६ मा गुरुवागाउँमा रहेको शुभ लक्ष्मी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले प्रकाशन गरेको २०८० को भित्रेपात्रोको विमोचन गरिएको छ । शनिबार सहकारीको सभाहलमा कार्यक्रमको आयोजना गरि नयाँ बर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि भित्रेपात्रोको विमोचन गरिएको हो ।
कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष श्रीधर शर्मा पौडेलले पछिल्लो समयमा अर्थतन्त्रमा देखिदै गएको समस्याको कारण सहकारीमा आर्थिक मन्दी रहेको बताउनुभयो । सहकारीका शेयर सदस्यको सहयोगका कारण सहकारी राम्रो हुँदै गयको बताउभुयो । सबैको सहयोग र हातेमालोका कारण सहकारी ले गति लियको बताउनुभयो ।
कार्यक्रममा सहकारीका कोषाध्यक्ष शरदकुमार आचार्यले सहकारीमा सबै शेयरसद्स्यले आफ्नो सम्झेर काम गर्नुपर्ने बताउनुभयो । भित्तेपात्रोमा तिथि मिति हेर्ने मात्र नभएर सहकारीको गतिविधि पनि झल्काउने गरेको बताउनुभयो । सहकारीका गतिविधिमा चासो राख्ने सल्लाह सुझाब दिने गर्नु बताउनुभयो ।
सल्लाहकार बिमल अधिकारीले सहकारीले नियमित प्रकाशन गर्दै आएको भित्तेपात्रोले इतिहास राख्ने र आगामी पुस्तालाई मार्ग निर्देशन हुने बताउनुभयो । लेखासमितिका सदस्य बिस्णु अधिकारीले सहकारीले आफ्नो पहिचान दिन र आफ्नो भूमिका देखाउनका भित्तेपात्रोले सहयोग गर्ने बताउनुभयो ।
शिक्षा उपसमितिका अध्यक्ष कृष्णकुमार न्यौपानेको अध्यक्षता भएको कार्यक्रममा सदस्य पूर्ण चौधरीले स्वागत गर्नुभएको थियोे भने कार्यक्रमको सहजीकरण सदस्य रञ्जिता अधिकारीले गर्नुभएको थियोे । कार्यक्रममा सहकारीका सदस्य , लेखा समिति , ऋण समितिका पदाधिकारी र सल्लाहकारहरुको उपस्थिति रहेको थियो । ।