सहकारीलाई उत्पादनमा जोडिन सुझाव

गोरक्ष समाचारदाता
दाङ, २१ चैत । ६६औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । दिवसको अवसरमा जिल्ला सहकारी संघ तथा घोराही उपमहानगरपालिकाको कार्यालयको आयोजनामा एक कार्यक्रमको आयोजा गरिएको हो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले सहकारी संस्थाहरू सहकारीको सिद्धान्तअनुसार अगाडि बढ्न सक्नुपर्ने बताइन् । सहकारी संस्थाहरू सहकारीको सिद्धान्तअनुसार अगाडि बढ्न नसक्दा समस्या हुने गरेको उनको भनाइ रहेको छ । ‘झोलामा सहकारी राख्ने काम गर्नु हुँदैन’, उनले भनिन् । सहकारी संस्था सबैको भावना समेटेर अगाडि बढनुपर्ने उनको भनाइ रहेको थियो । सहकारीका सदस्यले बचत गर्ने मात्र नभइ बचत गर्ने स्रोत सुनिश्चिता गर्नतर्फ लाग्नुपर्ने उनले बताइन् ।

घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले सहकारी संस्थाहरू उत्पादनमा जोडिनुपर्ने बताए । उत्पादनमा जोड्न नसक्दासम्म देश आत्मनिर्भर बन्न नसक्ने उनको भनाइ छ । ‘एक सहकारी एक उद्यमी उत्पादन गर्नतर्फ उपमहानगरपालिकाले नीति ल्याउँछ, त्यसमा सहयोग गर्नुस्’, उनले भने । व्यापार मात्र नभइ उद्यमी बनाउनतर्फ लाग्नुपर्ने उनको भनाइ रहेको थियो । उद्यमी निर्माण गर्न सकेमा आत्मनिर्भर बन्न सहयोग पुग्ने उनले बताए ।

सहकारी संस्थाहरू आप्mनो उद्देश्यअनुसार काम नगरेको भन्दै आप्mनो उद्देश्यअनुसार काम गर्न समेत आग्रह गरे । ‘उद्देश्य भन्दा फरक कारोबार गरेको पाइएको छ, त्यस प्रकारको काम रोकिनु पर्छ’, उनले भने । सहकारी संस्थाहरू प्रविधिको प्रयोग अगाडि बढ्न आग्रह गरे । कार्यक्रममा बोल्ने वक्ताहरूले सहकारी संस्थाहरू पारदर्शिता स्वनियम हुनुपर्ने बताए । यसले सहकारीको विकासमा सहयोग पुग्ने उनीहरूको भनाइ रहेको थियो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिमल अधिकारी, जिल्ला कृषि संघका अध्यक्ष पदमा आचार्य, जिल्ला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतम, राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख डिल्लीराज दाहाल, पत्रकार सविन प्रियासन, नेप्mस्कुन फिल्ड कार्यालय दाङका प्रमुख विष्णु जोशी, सहभागीहरू धनबहादुर केसी, पार्बती धिताललगायतले भनाइ राखेका थिए । कार्यक्रम जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतमको अध्यक्षतामा भएको थियो ।

जिल्ला सहकारी संघका उपाध्यक्ष माधव खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन संघका पूर्व अध्यक्ष गोविन्दप्रसाद शर्माले गरेका थिए । कार्यक्रमको सहजीकरण घोराही उपमहानगरपालिका सहकारी तथा रोजगारी प्रबद्र्धन शाखाका प्रमुख प्रेम केसीले गरेका थिए । कार्यक्रममा सहकारी दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिएको थियो ।