प्रमोद आचार्य
दंगीशरण,१९ चैत । दंगीशरण गाउँपालिकामा ३ दिने पत्रकारिता सम्वन्धी तालिम सुरु भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७९÷८० को बार्षिक स्वीकृत कार्यक्रम अनुसार आइतवारदेखि ३ दिने पत्रकारीता तालिम सुरु भएको हो ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै दंगीशरण पालिका अध्यक्ष शम्भु गिरीले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकार जगतले समाजको यथार्थ चित्रणलाई बाहिर ल्याउन सक्नुपर्ने बताएका थिए । समाजको ऐनका रुपमा रहेको पत्रकारिता क्षेत्रले बास्तविकतालाई बाहिर ल्याउन जोड दिनुपर्ने बताए ।
पत्रकार निस्पक्ष तथा स्वतन्त्र हुनुपर्ने बताउदै पत्रकारले राम्रोलाई राम्रो र नराम्रोलाइ नराम्रो भन्न सक्नुपर्ने बता बताए । ‘पत्रकारिता क्षेत्र राज्यको चौथो अंग हो । यो पेशामा लाग्नेहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्छ’,गाउँपालिका अध्यक्ष गिरीले भने,‘तव मात्रै जनताले यर्थात थाहा पाउँछन्,जवसम्म पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुन्छन् ।’
कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष पिमा वली खड्काले पत्रकारिता पेसामा लाग्नुपूर्व सवैले पत्रकारीताका बारेमा जानकारी लिन आवश्यक रहेको बताइन । उनले पत्रकारले चलाउने कलम समाजमा हुने राम्रा कामहरुको प्रशंसा र नराम्रा कामहरुमा सवैद खवरदारी आवश्यक रहेको भन्दै तयसले समाजलाई सही ढंगले अघि बढ्न मद्धत पुग्ने बताएकी थिइन ।
कार्यक्रममा बोल्दै पालिकाका प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराईले स्थानीय सरकारलाई जनताको पक्षमा काम गर्नका लागि अघि बढाउने गरी संचारको क्षेत्रबाट निरन्तर रुपमा खवरदारी आवश्यक रहेको बताएका थिए । साथै उनले पत्रकारले चलायको कलमले समाजमा सकारात्मक प्रभाव पार्नेगरी कलम चलाउनुपर्ने बाए ।
तालिमको पहिलो दिन प्रशिक्षकको रुपमा पत्रकार महासं दाङका उपाध्यक्ष सन्तोष सुबेदी रहेका छन् । दंगीशरण गाउँपालिकाका सुचना अधिकारी टेकबहादुर खत्रीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस संयोजक प्रमोद आचार्यले गरेका थिए ।