मृत्युसँग हुँदैन जित

युवराज शर्मा
मान्छे जन्मिन्छ, हुर्कन्छ र विकास पनि शारीरिक, मानसिक र भौतिक रुपमा गर्छ । वास्तविक विकास देखिने भौतिक विकास हो । घर, गाडी, धन, दौलतको व्याख्या मानव समाजमा हुन्छ । त्यस्तो मानिसको मान, मर्यादा मानव समाजमा हुन्छ । उसको प्रशंसा, सम्मान, आदर गर्नेहरु निर्धनवर्ग नै हो तर धनवान्वर्गले आपसमा तुलना गर्छ र आफ्नो औकात सम्झन्छन् । उसले आफूलाई धनवान्वर्गको श्रेणीमा आफै राख्छ ।

अहिले नेपाली धनवान्वर्गका सांसद् कति छन् ? उनीहरु किन सांसद् बनेका हुन् । आफूले नागरिकका लागि के योगदान दिने सोचाइमा छन् ? यस्ता विषयहरुमा कसैलाई ज्ञान छैन । धन कमाउने र सबैभन्दा धनी हुने सोचाइ भएकाहरु छन् । उनीहरुको तडकभडक हदै सम्मको छ । के सांसद भवनमा धनको महत्व देखाउने थलो हो र ? त्यहाँ नागरिकका जीवन यापन गर्ने वातावरणका नियम कानुन बनाउने हो । आफ्नो जीवनकालमा इतिहास बनाउने हो । राम्रो कामकार्यको इतिहास बनाउनु भन्दा धन कमाउने धन्दा भयो । मानिस जन्मेपछि मृत्यु हुन्छ । उसको इतिहास बन्नुपर्छ । जीवन्त हुने इतिहासले मानिसको व्यक्तित्व अमर रहन्छ । मृत्युसँग हुने जित नै जीवन्त इतिहास हो ।

नेपालका सुधारकहरु पूर्वराजा पृथ्वीनारायण शाहदेखि वर्तमान कार्यकारिणी प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डसम्म आइपुग्दा नागरिकले भोग्नु परेका समस्याहरु छन् । ती इतिहासका पानाहरु हुन् । मृत्युसँग लडेकाहरु मृत्युमा परिणत भए । उनीहरुको इतिहास भएन । त्यस्ता व्यक्ति, जसले इतिहास रच्न सकेनन् । उनीहरुको मृत्यृसँग मृत्यु भएन । जसले इतिहास रचेर मृत भए उनीहरुले इतिहास बनाउन सकेनन् । राष्टिूयताका सन्दर्भमा धेरै विभूतिहरु छन् ।

राष्टूका लागि पूर्वराजा पृथ्वीनारायण शाह थिए । जसले नेपाललाई एकीकरण गरेर विशाल राष्टू निर्माण गरेका थिए । वीर योद्धा र साहसी प्रधानमन्त्री बन्न सफल जङ्गबहादुर राणा थिए । जसलाई एलिजावेथ ब्रिटिसकी महारानीले दर्शनभेटमा भनेकी थिइन् – नेपालका साहसी प्रधानमन्त्री जङ्गबहादुर राणा उनकै वीरता र साहसी कदमले गोर्खाली फौजले पनि बेलायतमा स्थानमान पायो । एउटा इतिहास बन्यो । त्यस्तै पूर्वराजा महेन्द्र शाहले नेपाललाई विदेशी हस्तक्षेपबाट बचाए ।

नेपाली भाषाको अनिवार्य अध्ययन गर्नुपर्ने वातावरण स्कुलहरुमा गराए । उनले नेपाली भाषालाई सरकारी भाषाका रुपमा प्रयोग गर्न अनिवार्य बनाएका थिए । जो आज पनि छ । विद्यार्थीहरुलाई नेपाल र नेपाली भाषाको प्रयोग विधिलाई व्यापक बनाएका थिए । जो यद्यपि पनि निरन्तरतामा छ । उनको शासनकालमा २१ ओटा उद्योगधन्दा चलाए । जहाँ हजारौँ युवाहरुले काम पाएका थिए । अहिले ती कारखानाहरु र उद्योगहरु बन्द गराएर युवाहरुलाई मुग्लान पठाइएको छ । उनीहरुले पठाउने रेमिटेन्सबाट सरकारी खर्च चलेको वातारण भयो ।

प्रत्यक्ष रुपमा युवाहरु वैदेशिक रोजगारमा ८० लाख नाघेका छन् तर अनुमान गरिन्छ कि करिब ४० लाख युवाहरु होलान् । जो भारतका राज्यहरुमा धेरै छन् । उनीहरुले मृत्युसँग लड्दै आफ्नो जितमा आशावादी छन् । नेपाली शिक्षा र स्वास्थ्यमा कमजोर छन् । कक्षा १२ र कक्षा ५ पढेर विदेशिनेहरुको संख्या धेरै बढ्दै छ । सामुदायिक स्कुलको पढाइमा सुधार भएको छैन । आफूले पढाउने स्कुलमा पढाएको सुधार गर्नुपर्ने शिक्षकहरुको कर्तव्य हो तर राजनीतिको प्रभावका कारण हुनसकेको छैन । यसको दोष सरकारलाई छ ।

दलगत राजनीतिको प्रभावले गर्दा शिक्षण क्षेत्रहरु मृत्युसँग लडिरहेको छ । निजी स्रोतबाट चलेका अस्पतालहरु धन कमाउने धन्दामा निपुण भए । नेपालको शिक्षा र स्वास्थ्यमा व्यापक बजारीकरण भयो । राज्यमा यस्तो वातावरण २०३६ सालदेखि सुरु भए तापनि महामारीको रुपमा २०४६ देखि बढेको हो । यो अहिले ठूलो क्यान्सरको रोग भयो । दक्ष जनशक्ति र स्वस्थ व्यक्ति खोज्नु पर्छ । त्यसमा पनि कोरोनाका कारण बिगँ्रदो अवस्थामा शिक्षा र स्वास्थ्य भएको नेतृत्ववर्गलाई चिन्ता छैन ।

युवाहरुलाई वैदेशिक रोजगारमा पठाए रेमिटेन्सबाट सरकार चलाउने नेताहरुले नागरिकलाई पीडा दिएको २०५२ सालदेखि २०६५ सालसम्म देखियो । २०६५ सालदेखिको लोकतान्त्रिक गणतन्त्र ल्याएपछि देशमा नेतृत्व परिवर्तन भइरहेको छ । नागरिक मृत्युसँग लडिरहेका छन् । राजनीति गर्नेहरुले देशमा सुशासन गर्नु भन्दा स्वार्थ सिद्ध गर्ने अवसरको खोजीमा छन् । देशले आर्थिक संकटको सामना गर्नुपरेको छ । किसानहरु खेतीपाती छोडेर विदेशतर्फ लाग्दैछन् । अब देशको अवस्था कस्तो हुने हो ? नागरिकले चिन्ता गर्छन् । मृत्युसँग हँुदैन जित भन्छन् ।

राजनीतिज्ञहरुले राज्य गर्ने शासन पद्धतिको गणतन्त्र भएपछि यो व्यवस्था मैले ल्याएको भन्छन् । वर्तमान प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड तर व्यवस्था ल्याउने संविधान निर्माण गरेर लागू गर्नेहरु नै नेपाली कांगे्रस र बामपन्थी दलहरु थिए । त्यस समयमा उनी शान्ति सम्झौताबाट सत्तामा आएर तीनपटक प्रधानमन्त्री पनि भएका हुन् । कहिले कांग्रेसको बुर्इँ चढ्छन्, कहिले एमालेको छायाँमा पर्छन् । देश विकासमा उनको सम्झने इतिहास के भयो र ? मुद्रा संकट, खाद्य समस्या, किसानवर्ग उपेक्षित र शिक्षा, स्वास्थ्यलाई व्यापारीकरण भएको अवस्था नेपालमा छ ।

राजनीतिज्ञमध्ये अधिकांशमा मै खाउँ, मै लगाउँको बढ्दो भावना छ । भ्रष्टाचार, पापाचार र दुराचार बढेको छ । के यस्तै हुन्छ, गणतन्त्र ? बोल्न नपाइने गरी प्रहरीहरु लगाएर युवाहरुको मुख थुन्ने ? राणा शासन, पञ्चायती व्यवस्थाभन्दा कठोर विधि र शासन हो, गणतन्त्र ? राजनीतिज्ञहरुले स्पष्ट जवाफ दिनुपर्छ । प्रहरीहरु लगाएर बोल्ने मुख थुन्नु हुँुदैन । के मृत्युसँग जित ल्याउने अवसर हो ? अमेरिकी राष्टूपतिको विरोध गर्दा युवाहरुलाई बोलाए विरोधको समस्या सुने तर नेपालमा युवाहरुको मुख थुनेर मृत्युसँग जित खोजियो । सत्ता चलाउनेहरुले सोच्नु, सम्झनु पर्छ ।