यातायात क्षेत्रको समस्याप्रति राज्य गम्भीर भएन : अध्यक्ष बुढाथोकी [अन्तर्वार्ता]

तुलसीपुर यातायात प्रालि तुलसीपुर दाङको प्रथम साधारणसभा तथा अधिवेशनले तुलसीपुर यातायात प्रालिको अध्यक्षमा पुनः पवनराज बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् । उनी यस अघि पनि अध्यक्ष भएर काम गरेका थिए ।
वि.सं. २०५६ सालमा स्थापित तुलसीपुर जिप तथा माइक्रो मिनीबस बस व्यवसायी समिति हाल रुपान्तरित भइ तुलसीपुर यातायात प्रालिले विसं २०७६ साल यतादेखि दाङ जिल्लामा मात्र सीमित रहेको यो संस्था हाल आएर काठमाडौं, नेपालगञ्ज, प्यूठान, रोल्पा, सल्यान, पश्चिम–रुकुम, पूर्वी–रुकुम, बुटवल, सुर्खेत, कृष्णनगरलगायत दाङ जिल्लाभरका अधिकांश गाउँपालिका, नगरपालिका, उपमहानगरपालिकाभित्र यातायात सेवा प्रदान गर्दै आएको छ ।
बुढाथोकी यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य समेत रहेका छन् । बुढाथोकी निर्वाचित भएसँगै अबको भावी योजना यातायातले भोग्दै आएका समस्या, यातायात क्षेत्रमा गर्नुपर्ने सुधार, यातायातको विकास र विस्तारका लागि प्रालिका अध्यक्ष तथा केन्द्रीय सदस्य पवनराज बुढाथोकीसँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानीको सार संक्षेप ।
तपाईँलाई सातावार्तामा स्वागत छ ।
धन्यवाद छ, यहाँ र पत्रिकालाई । तुलसीपुर यातायात प्रालिको अध्यक्षमा निर्वाचित भएसँगै एउटा जिम्मेवारी प्राप्त भएको छ । त्यो जिम्मेवारी र यातायात व्यवसायीको समस्याबारे पाठकसम्म पु¥याउन यो विचार राख्न दिनुभएकोमा पुनः धन्यवाद दिन चाहन्छु ।
पछिल्लो समय जिल्लाको यातायात क्षेत्रको अवस्था कस्तो छ ?
हामीले विगत २३ वर्षदेखि तुलसीपुर जिप तथा माइक्रो मिनीबस बस व्यवसायी समिति हाल रूपान्तरित भइ तुलसीपुर यातायात प्रालिले विसं २०७६ साल यतादेखि दाङ जिल्लामा मात्र सीमित रहेको यो संस्था हाल आएर काठमाडौं, नेपालगञ्ज, प्यूठान, रोल्पा, सल्यान, पश्चिम–रुकुम, पूर्वी–रुकुम, बुटवल, सुर्खेत, कृष्णनगरलगायत दाङ जिल्लाका अधिकांश गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका भित्र यातायात सेवा प्रदान गर्दै आएको छौँ । विगतको तुलनामा जिल्लाको समग्र यातायात क्षेत्रमा सुधार भएको छ ।
हामीलाई पछिल्लो समयमा विभिन्न यातायातमा सुधारका कामहरू पनि गरेका छौँ । अहिले विभिन्न सुविधा–सम्पन्न गाडीहरू पनि भित्रिएका छन् । सबै कुरा एकैपटक सुधार हुँदैन, विस्तारै सबै क्षेत्रमा सुधार हुन्छ । हामीलाई कोभिडले थिलो–थिलो पा¥यो र त्यसको असर अहिलेसम्म पनि छ । कति व्यवसायी पलायन भए, कतिले किस्ता तिर्न नसकेर घरखेत बेच्नुपर्ने अवस्था आयो । हामीले पहिले साना गाडी मात्र सञ्चालन गरेका थियौँ, अहिले डिलक्स गाडीजस्ता सुविधा–सम्पन्न गाडी पनि सञ्चालन गरेका छौँ । त्यससँगै हाम्रा समस्या पनि त्यत्तिकै छन् । हाम्रो समस्याप्रति राज्य अझै गम्भीर बनेको अवस्था भने छैन ।
समस्या छन् भन्नुभयो कस्तो खालका समस्या छन् ?
पहिलो समस्या त लाखौँ रकम लगानी गरेर यातायताका सधानलाई जोखिम मोलेर हामीले सडकमा गुडाउनुपर्ने अवस्था छ । सडकको अवस्था कस्तो छ, सबैलाई अवगत भएकै कुरा हो । साँझ काठमाडौंका लागि छुटेका गाडी कतिबेला पुग्ने हुन् भन्ने ग्यारेन्टी छैन । बाटोको अवस्था नाजुक छ । त्यसमा पनि अत्यन्त प्रतिस्पर्धा छ । त्यससँगै स्थानीय रुटहरूमा हाम्रो गाडीले यात्रु पाउने अवस्था छैन । नगर क्षेत्रमा मात्र सञ्चालन गर्ने भनेर साना अटो–रिक्सा तथा अटोहरूले रुट पर्मिट गराउँछन्, २५ किलोमिटर पर पुग्छन् । यसमा हामीले राज्यका निकायलाई जानकारी गराउँदा पनि समस्या ज्यूँका त्यूँ नै छन् ।
हामीलाई चाहिने यातायातका साधन कति हो ? कति भए पुग्छ भन्ने केही सीमा छैन । जसले जे गरे पनि भाएको छ । यसको दीर्घकालीन समस्या कसले समाधान गर्ने ? यसतर्फ कोही गम्भीर भएको देखिँदैन । अहिले बैंकको व्याज कति बढ्यो, व्यवसायीले कसरी किस्ता तिर्ने ? त्यसैमाथि हिजो ८० रूपैयाँ पर्ने डिजेल अहिले कति पुगेको छ, आफै विचार गर्नुस् ? यसतर्फ राज्य जिम्मेवार हुने कि नहुने ? समस्या धेरै छन्, यातायात व्यवसायीका । अर्कोतर्फ सडको अवस्था पनि जोखिमपूर्ण छ । अधिकांश सडकहरूको अवस्था दयनिय नै छ ।
राम्रा यातायातका साधनहरू सञ्चालन गरेर के गर्ने, सडकमा परेका खाल्टैखाल्टा र ठाउँठाउँमा हुने सडक जामका कारण तोकिएको समयमा यात्रुलाई गन्तव्यसम्म पु¥याउन सकेका छैनौँ । यात्रुहरूका गुनासालाई सम्बोधन गर्न सकिएको छैन । त्यस्ता गुनासोको समाधान गर्न समन्वय गर्ने सरकारी निकाय पनि मन्दको अवस्थामा छ ।
राज्यबाट तपाईँहरूको अपेक्षा र अबको लक्ष्य के हो ?
हाम्रो लक्ष्य भनेको समृद्ध, स्वच्छ र यात्रुमैत्री गुणस्तरीय यातायात सेवा जनतालाई सहज रूपले दिने हो । पछिल्लो समयमा हामी सुविधा सम्पन्न अनि अहिले भाइरल भएजस्तै स्मार्ट यातायात सेवा दिने हाम्रो लक्ष्य हो तर पछिल्लो समयमा राज्यबाट हामीप्रतिको व्यवहार राम्रो भएन । हाम्रो अपेक्षा भनेको सहज रूपले व्यवस्थित र नीतिनियमभित्र रहेर यातायात सञ्चालन गर्न पाउनुपर्ने हो ।
राज्यले सहज सडक निर्माण गरी सुरक्षित र शान्त यातायात सञ्चालन गर्ने वातावरण मिलाउनुपर्छ भन्ने हाम्रो अपेक्षा हो । आधुनिक तथा सुविधासम्पन्न यातायातका साधनहरू हामीसँग छ भनेर मात्र के गर्नु । ती महँगा तथा सुविधासम्पन्न यातायातका साधनहरू चल्ने सडक, ती गाडीमैत्री सडक तथा यातायात व्यवसायीमैत्री नीतिनियमलगायतका सुविधा भएन सञ्चालन गर्ने हो ।
यातायात क्षेत्रमा यात्रु तानातानको अवस्था एकातिर छ भने अर्कोतिर गन्तव्यसम्म नपु¥याएर बीचैमा छोड्नेछ भन्छन् नि ?
तपाईँले राम्रो प्रश्न गर्नुभयो । हो, यी गुनासाहरू आउने गरेका छन् । म केन्द्रीय सदस्यको नाताले पनि यो समस्यालाई गम्भीर रूपमा लिनुपर्छ । यात्रु तानातानको अवस्थालाई रोक्न हामीले धेरै कुराहरू गरेका थियौँ तर पछि समयमा त्यो रोकिएन । यो हुनु हँदैन मैले त्यसका लागि कर्मचारी स्टापलाई यस्तो गर्नु हुँदैन भनेर काउन्सिलिङ गरेको छु । अर्को कुरा गन्तव्यमा नपु¥याएको भन्ने गुनासोमा यात्रुहरूलाई जहाँसम्म पु¥याउनका लागि टिकट काटिएको हो, त्यसलाई गन्तव्यमा पु¥याउनु पर्छ । यस्ता व्यवसायीलाई कारबाही हुन्छ । यात्रुलाई अलपत्र पार्न पाइँदैन उनीहरूलाई सुरक्षित स्थानमा पु¥याउनु हाम्रो दायित्व हो ।
यहाँहरूको कार्यकालमा नयाँ–नयाँ थप योजनाहरू के बनाउनुभएको छ ?
मेरो तथा हाम्रो पहिलो कुरा त व्यवसायीमुखी योजनामै बढी ध्यान केन्द्रित छ । व्यवसायीको हितका विभिन योजनाहरू सञ्चालन गर्ने छौँ । साथै सवारी चालक, सहचालक, कर्मचारी तथा सवारीधनीका लागि स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न व्यवस्थापन गर्ने, विभिन्न स्थानमा सहज यातायात सेवा विस्तारका साथै यात्रुमैत्री र नयाँ सुविधा सम्पन्न गाडीहरू सञ्चालन गर्ने, साथै नेपालका विभिन्न स्थानमा सहज सेवाका लागि विरगञ्ज, विराटनगर पूर्व काँकटभित्ता, पोखरा र भारतको नयाँ दिल्लीसम्म गाडी सञ्चालन गर्ने लक्ष्य लिएका छौँ । त्यस्तै हाम्रो व्यवसायीलाई परको समस्यालाई हल गदै यात्रुमैत्री वातावरणका साथै गुणस्तरी यातायात सेवा प्रवाह गराउँदै एउटा यस क्षेत्रको अब्बल यातायात संस्थाको रूपमा विकास गर्ने हाम्रो योजना छ ।
अन्त्यमा केही भन्नु छ कि ?
सबै कुरा आइसकेको छ । म केन्द्रीय सदस्य तथा यस प्रालिको अध्यक्षको रूपमा भर्खरै पुनः निर्वाचत भएको छु । सबैको साथ सहयोग र आशीर्वादले मलाई फेरि जिम्मेवारी दिइएको छ । यसलाई मैले अवसर र चुनौती दुवै रूपले लिएको छु । सर्वप्रथम त मलाई निर्विरोध र मेरो टिमलाई निर्वाचित गर्नुहुने गाडी मालिक, यातायात मजदुर, कर्मचारी, शुभेच्छुक सबैलाई धन्यवाद दिन चाहन्छु ।
तपाईँहरूले दिएको जिम्मेवारी पूरा गरेर एउटा सभ्य स्वच्छ र राम्रो हाम्रो यातायात सेवा दिनेमा म सधै लाग्नेछु । यो संस्थालाई यहाँसम्म ल्याउन सधैँ सकारात्मक सुझाव दिएर हामीलाई घच्घच्याइराख्ने सम्पूर्णप्रति विशेष धन्यवाद दिन चाहन्छु । हामीलार्ई साथ सहयोग गर्नुहुने र हाम्रो देवता यात्रुहरूलाई पनि धन्यवाद दिँदै सबै पक्षको सधँै साथ र सहयोगको अपेक्षा गर्दछु । यसरी नै सधै साथ सहयोगको पाउनेछु भन्ने पनि आसा राखेको छु ।