उच्च अदालत तुलसीपुरले शिक्षक सरुवाको बिषयमा २१ गते छलफलमा बोलायो

दाङ, १५ चैत । उच्च अदालत तुलसीपुरल शिक्षक सरुवाको बिषयमा २१ गते छलफलमा बोलाएको छ ।

दाङको घोराही उपमहानगरपालिकाले ऐन नियम बिपरित दरवन्दी मिलान भन्दै गरेको शिक्षकहरुको सरुवाको कार्यान्वयन तत्काल नगरी चैत २१ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

मंगलवार उच्च अदालत तुलसीपुरका न्यायाधीस बविता उप्रतीको एकल इजलाशले घोराही उपमहानगरपालिकालाई तत्काल सरुवाको निर्णय कार्यान्वयन नगर्न भन्दै छलफलमा बोलाएको हो ।

दरबन्दी मिलानको नाममा १ सय १ जनाको सरुवा गरेको बिरोधमा शिक्षकहरु तर्कबहादुर बस्नेत, गुरुप्रसाद डिसीलगायतका ७ शिक्षकले उच्च आदलत तुलसीपुर दाङमा सो सरुवाको बिरुद्धमा सोमवार उत्प्रेषण, परामदेश र निषेधाज्ञा जारी गराई पाउँ भनी मुद्धा दिएका थिए । गैर कानुनी रुपमा गरिएको सरुवाको बिरोधमा घोराही उपमहानगरपालिका सामाजिक बिकास महाशाखा बिरुद्ध शिक्षकहरुले मुद्धा दायर गरेका थिए ।

गत चैत ८ गते शिक्षकहरुको पेशागत साझा संगठन नेपाल शिक्षक महासंघ घोराहीका अध्यक्षलगायत शिक्षकका पेशागत संघ, संगठनहरुसँग समन्वय र छलफल नै नगरी सरुवा गरिएको भन्दै शिक्षकरुले चरणबद्ध आन्दोलन शुरु गरेका छन ।